• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
आइतबार, जेठ १७, २०८३
☰
    • समाचार
    • राजनीति
    • नारायणी
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U
    • English

भर्खरै

उद्यमशीलता विकासमा ‘नाफल ५.०’ को योगदान : नारायणगढ जेसीजको पहलमा सफलतापूर्वक सम्पन्न

इला कम्फर्टमा झरीसँगै गुञ्जियो सङ्गीत र खुशी, पानीको अनौठो संगम, उर्लियो भीड

चितवनमा नयाँ इलेक्ट्रिक एसयूभी MG S6 EV Trophy Long Range को औपचारिक शुभारम्भ

बजेट र नीति कार्यक्रममा जनसहभागिता बढाउन सुझाव संकलन पोर्टल सुरु

टाटा पेन्ट्सद्वारा प्रदेश १ का डिलरहरूका लागि सौरहामा डिलर मिट सम्पन्न

घरघरमा पानी पुर्‍याउँदै रत्ननगर खानेपानी: शुल्क घटाएर सेवा विस्तार

सर्वनाम थिएटरमा चैत २७ र २८ गते मदन श्रेष्ठ निर्देशित नाटक ‘१२ दुर्वासा’ मञ्चन हुने

अमलाचौर सम्पर्क समाजको प्रथम अधिवेशन सम्पन्न, नयाँ नेतृत्व चयन

राप्तीमा फोटो पत्रकार महासंघको तेस्रो महाधिवेशन सम्पन्न, नयाँ नेतृत्व चयन

लोकप्रिय समाचार

  • १. उद्यमशीलता विकासमा ‘नाफल ५.०’ को योगदान : नारायणगढ जेसीजको पहलमा सफलतापूर्वक सम्पन्न

दक्ष ट्रेकिङ गाइड सधैं अभाव



  •   सोमबार, साउन १९, २०८२
  • A
  • A+
  • A++

१९ साउन, पोखरा । सन् २०१४ को अक्टोबरमा ‘हुदहुद’ नामको आँधी आएर नेपालको अन्नपूर्ण पदयात्रामा ठूलो मानवीय क्षति पुर्‍यायो । बंगालको खाडीबाट सुरु चक्रवाती तुफानका प्रभावले आएको हुदहुद आँधीमा मुस्ताङ, मनाङ, म्याग्दी र डोल्पाको हिमाली क्षेत्रमा ४३ जनाले ज्यान गुमाए । विश्वकै अग्लो पदमार्गका रुपमा प्रख्यात थोरङ पास गर्ने क्रममा मात्रै २५ जनाले ज्यान गुमाए ।

अन्तर्राष्ट्रिय मापदण्डअनुसार दक्ष ट्रेकिङ गाइड (पथप्रदशक) का रुपमा स्थापित तथा सन् १९९८ देखि निरन्तर ट्रेकिङ गाइडकै रुपमा काम गर्दै आएका शेषकान्त शर्माका अनुसार ‘मौसमको पूर्वानुमान, बाटो, बास र यात्राको हिसाब ठिक ढंगले गर्न सकेको भए त्यति ठूलो मानवीय क्षति नहुन पनि सक्थ्यो ।’पहिले नै हुदहुद आँधीको चेतावनी हुँदासमेत ठिक ढंगले मौसम र सम्भावित खतराको विश्लेषण गर्ने दक्ष ट्रेकिङ गाइडको अभावले पनि त्यति ठूलो क्षति हुन पुगेको निश्कर्ष यो क्षेत्रका विज्ञहरुको छ । अहिले पनि बर्सेनि पदयात्रामा प्राकृतिक विपत्ति तथा मानवीय कमजोरीका कारण पर्यटकले ज्यान गुमाइरहेका छन् तर दक्ष जनशक्तिको अभाव भने सधैं खड्किरहेको नेपाल पर्वतारोहण संघ गण्डकी प्रदेशका सचिव मनशान्त घिमिरे बताउँछन् ।२६ सेप्टेम्बर २०२१ मा ११ देशका राजदूतसहित विभिन्न कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधि पोखरा निम्त्याइएका थिए । कोरोनाले थलिएको विश्वमा पोखरा अब भने चलायमान भइसक्यो भन्दै पर्यटकलाई सन्देश दिनका लागि विश्व पर्यटन दिवसमा उनीहरुलाई निम्त्याइएको थियो । पोखरा आउने अधिकांश पर्यटकको प्रमुख रोजाइ पदयात्रा नै हुने भएकाले राजदूतसहित कूटनीतिक क्षेत्रका प्रमुख तथा प्रतिनिधिहरुलाई यहाँको आसपासका क्षेत्रमा हिँडाउने योजना थियो ।

पोखराको नौंडाँडा, कास्कीकोट हुँदै पोखरा झार्ने र उनीहरुलाई त्यहाँबाट देखिने विभिन्न हिमाल, फेवाताल, डाँडाकाँडा, बस्ती र पर्यटनबारे जानकारी गराउन ८ जना दक्ष ट्रेकिङ गाइको खाँचो पर्‍यो । तर, वर्षौंदेखि पदयात्रालाई केन्द्रमा राखेर पर्यटकीय गतिविधि गरिरहेको पोखरामा यी सबै ज्ञान भएका गाइड पाउनै मुश्किल पर्‍यो ।

पर्वतारोहण संघ गण्डकी प्रदेशका तत्कालीन अध्यक्ष शेषकान्त शर्मा आफैंले यसको नेतृत्व गरे र अन्य ७ जना गाइडसमेत खोजेर उनीहरुलाई हाइकिङ गराइयो । ‘त्योबेला दक्ष गाइड पोखराबाटै ल्याउनुपर्ने अवस्था सिर्जना भइसकेको थियो तर हामीले म्यानेज गर्‍यौं,’ शेषकान्तले सुनाए ।

यी दुई प्रसंग त उदाहरणमात्रै हुन् । अहिले पनि पदमार्गको क्षेत्रमा जनशक्तिकै अभाव रहेको र त्यसमा पनि हिमालय क्षेत्रमा दक्ष गाइडको अभाव रहेको पर्वतारोहण संघ गण्डकीका अध्यक्ष विकास गुरुङको भनाइ छ ।

गाइड उत्पादन भइरहन्छन् तर टिक्दैनन्

पदयात्राका क्षेत्रमा गाइड उत्पादन नै नभएका भने होइनन् । सन् १९९८ यतामात्र पोखरामा मात्र ३ हजारको हाराहारीले तालिम लिइसकेका छन् । तर, अहिले गण्डकीमा करिब ३ सयका हाराहारीमा टे«ेकिङ गाइड रहेको तथ्यांक यो क्षेत्रमा काम गरिरहेका संस्थाले दिने गरेका छन् ।

अहिलेसम्म तालिम लिएका ३ हजार ट्रेकिङ गाइडहरु कहाँ छन् त ? ‘बर्सेनि तालिम लिएर उत्पादन भएकाभयै छन् । यो भनेको नयाँ नयाँ जनशक्ति आइरहेका छन् भन्ने हो । तर, ट्रेकिङ गाइडको अभाव सधैं खड्किरहेकै छ । किनकि यो क्षेत्रमा आए तर अधिकांश टिक्नै सकेनन्,’ शेषकान्तले सुनाए ।

दक्ष ट्रेकिङ गाइड अभाव हुनुका केही कारण पनि उनले सुनाए । पहिलो त उनीहरुलाई टिकाउने खालको श्रमको मूल्य छैन । अहिले पनि दिनको १ हजार ५०० देखि २ हजार रुपैयाँसम्म गाइडले पारिश्रमिक पाउने गरेका छन् ।

फुतफुते पदमार्ग ।
‘हामीले कम्तीमा ४ हजार रुपैयाँ दिनको हुनुपर्छ भनेर पर्यटन बोर्डलगायतसँग आवाज उठाएको केही वर्ष भइसक्यो,’ उनले भने, ‘तर, उपलब्धि हुन सकेको छैन, कम्तिमा गाइडलाई यहीँ जीवनयापन गर्न सकिन्छ भन्ने विश्वास दिलाउनुपर्ने पहिलो आवश्यकता हो ।’

कोभिड अगाडि सबैभन्दा धेरै १० लाख पर्यटक आएको भनिएका बेला ३ सय गाइडले करिब ४५ दिनसम्म लगातार काम पाएको उनी बताउँछन् । उनीहरुले वर्षमा कम्तिमा पनि सय दिन काम गर्न पाए भने उनीहरु टिक्ने, नत्र जीवनयापनमै समस्या पर्ने शर्माको अनुभव छ ।

‘एक त सय दिन पनि काम पाउँदैनन्, दोस्रो, जीवन धान्ने पैसासमेत नपाएपछि यहाँ भविष्य देखेनन् र गाइडहरु पलायन भए,’ शर्माले भने, ‘यो क्षेत्रमा जनशक्ति टिकाउने हो भने श्रमको मूल्य बढाऔं, सम्मान दिऔं ।’

उनका अनुसार ट्रेकिङ गाइडहरुलाई पर्याप्त तालिम छैन भने पर्याप्त उपकरणहरुसमेत छैनन् । बर्सेनि पदयात्राको क्षेत्रमा काम गरिरहेका संस्थाहरुसँगको समन्वयमा तालिम दिने काम गरिरहेको भए पनि त्यो पर्याप्त नभएको नेपाल पर्यटन बोर्ड गण्डकीका प्रमुख मणि लामिछाने पनि स्वीकार्छन् ।

अन्तर्राष्ट्रिय मापदण्डअनुसार दक्ष बनाउनेतिर कोर्ष नै बनाएर उनीहरुलाई तालिम दिने, अभ्यास गराउने काममा ध्यान नगएको गाइडहरु नै बताउँछन् । ‘पर्याप्त ज्ञान र अनुभव भयो भनेमात्रै हामीले पर्यटकलाई यहाँको भौगोलिक वस्तुस्थितिसहित बुझाउने, मौसमको पूर्वानुमान गर्दै यात्रालाई रोचक बनाउन सक्छौं,’ ट्रेकिङ गाइड विष्णु देवकोटा भन्छन्, ‘तर, हामीमा पर्याप्त तालिम र अभ्यासहरु छैनन् ।’

२००६ मा बेलायतमा विश्वका ट्रेकिङ गाइडका लागि अन्तर्राष्ट्रियस्तरको तालिममा सहभागी हुन शेषकान्त पुगेका थिए । नेपालबाट सहभागी भएकै कारण ३ वटा विषयमा उनलाई फाइदा भए पनि २ वटा विषयमा उनले प्रतिस्पर्धामा भाग लिनुपर्‍यो ।

‘कम्पास र नक्सा लिएर ठाउँ, भूगोल पत्ता लगाउने, नक्साबाटै पत्ता लगाएर लुकाएर राखिएको सामान बुझाउन त सफल भएँ, तर विपद्का विषयमा सफल हुन सकिनँ । विपद्मा के गरी जोगिने र घाइते व्यक्तिमध्ये कसलाई पहिले उद्धार गर्ने भन्ने विषयमा म चुकें र दोस्रोमात्र भएँ,’ शेषकान्तले सुनाएँ, ‘यहाँ पनि हाम्रा गाइडहरुलाई भौगोलिक अवस्थिति, मौसम, सम्भावित जोखिम र त्यसपछिका कार्यका विषयमा सिकाइएकै छैन ।’

ट्रेकिङ क्षेत्रमा लाग्ने, सम्बन्ध बढाउने र आफू पनि विदेश पलायन हुने क्रमले पनि यो क्षेत्रमा दक्ष जनशक्तिको अभाव हुने गरेको सो क्षेत्रका जानकारहरु बताउँछन् । गण्डकी प्रदेशभित्रै अन्नपूर्ण, धवलागिरि र मनासलु गरी ८ हजार मिटरमाथिका हिमाल छन् । संसारमा कहीँ नभएको यो वैभव गण्डकीले पूर्ण उपयोग गर्न सकिरहेको त छैन तर भएका पदमार्ग भने अधिकांश त्यसकै वरिपरी घुमेका छन् ।

दक्ष जनशक्तिका लागि विशेष तालिम

पर्यटन बोर्ड तथा विभिन्न तहको सरकारसँगको समन्वयमा बर्सेनि २ सयका हाराहारीमा ट्रेकिङ गाइड सम्बन्धी तालिम गण्डकीमा हुने गरेको छ । तर बजारमा भने ती जनशक्ति परिचालित देखिँदैन ।

अहिले बजारमा भइरहेका ३ सय जना गाइडमध्ये पनि धेरैमा पनि पर्याप्त भौगोलिक तथा सांस्कृतिक ज्ञान, हिमालहरुको महत्व र नाम, मौसम पूर्वानुमान जस्ता विषयमा पर्याप्त ज्ञानको अभाव देखिएको छ । गाइडलाई दक्ष बनाउनकै लागि तिनै ३ सय जनाबाट छनोट गरेर ३० जनालाई अहिले पोखरामा विशेष खालको तालिम उपलब्ध गराइएको छ ।

नेपाल पर्वतारोहण संघ गण्डकी र नेपाल पर्यटन बोर्ड प्रदेश कार्यालयले पर्यटन गाइडका लागि वाइल्डनेस, प्राथमिक उपचार, नक्साको प्रयोग, पर्वतीय पदयात्रा र नेभिगेसन तालिम दिएको हो । तालिमका निम्ति गण्डकी अल्पाइन क्लब र काठमाडौं वातावरणीय शिक्षा परियोजना (किप)ले सहयोग गरेको पर्वतारोहण संघका सचिव मनशान्त घिमिरेले जानकारी दिए ।

‘दक्ष गाइडको त्यही अभाव पूरा गर्नकै लागि ६ दिनसम्म यो विशेष खालको तालिम आयोजना गरेका हौं । कोर्ष नै तयार गरेर ६ दिनसम्म सैद्धान्तिक तथा व्यवहार ज्ञान प्रदान गर्ने र दक्ष बनाउने योजना हो,’ घिमिरेले भने ।

नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका निर्देशक मणिराज लामिछानेले पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्ने, पोखरा भ्रमण वर्ष घोषणा गर्ने तर दक्ष जनशक्ति नहुने स्थिति आउन नदिन यो तालिम सहयोगी बन्ने बताए । अन्तर्राष्ट्रिय मापदण्डअनुसार गाइड उत्पादन गर्नुपर्ने अहिलेको आवश्यकतामा थोरै भए पनि पूरा गर्न यो तालिममा सहकार्य गरिएको उनको भनाइ थियो ।

तालिममा डा. अभिमन्यु श्रेष्ठ, डा. राजेन्द्रमान कर्माचार्य, उदयमान श्रेष्ठ लगायतले सहजीकरण गर्ने छन् । पर्वतारोहण संघ प्रदेश अध्यक्ष विकास गुरुङ गण्डकी प्रदेशको पर्यटन भनेकै हिमालयमा आधारित भएको बताउँछन् । ‘पोखराबाट हिमाल हेरेर रमाउनेमात्रै होइन, त्यसलाई बेच्न सक्यौं भनेमात्र आर्थिक उन्नति गर्न सक्छौं । बेच्नका त्यसका लागि दक्ष जनशक्ति चाहिन्छ,’ गुरुङले भने, ‘हामी चाहन्छौं, दक्ष जनशक्ति उत्पादन होउन् र उनीहरुले यहीँ भविष्य देखुन् ।’

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

उद्यमशीलता विकासमा ‘नाफल ५.०’ को योगदान : नारायणगढ जेसीजको पहलमा सफलतापूर्वक सम्पन्न

इला कम्फर्टमा झरीसँगै गुञ्जियो सङ्गीत र खुशी, पानीको अनौठो संगम, उर्लियो भीड

चितवनमा नयाँ इलेक्ट्रिक एसयूभी MG S6 EV Trophy Long Range को औपचारिक शुभारम्भ

ट्रेन्डिङ

सबै

उद्यमशीलता विकासमा ‘नाफल ५.०’ को योगदान : नारायणगढ जेसीजको पहलमा सफलतापूर्वक सम्पन्न

इला कम्फर्टमा झरीसँगै गुञ्जियो सङ्गीत र खुशी, पानीको अनौठो संगम, उर्लियो भीड

चितवनमा नयाँ इलेक्ट्रिक एसयूभी MG S6 EV Trophy Long Range को औपचारिक शुभारम्भ

बजेट र नीति कार्यक्रममा जनसहभागिता बढाउन सुझाव संकलन पोर्टल सुरु

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

उद्यमशीलता विकासमा ‘नाफल ५.०’ को योगदान : नारायणगढ जेसीजको पहलमा सफलतापूर्वक सम्पन्न

टाटा पेन्ट्सद्वारा प्रदेश १ का डिलरहरूका लागि सौरहामा डिलर मिट सम्पन्न

बजेट र नीति कार्यक्रममा जनसहभागिता बढाउन सुझाव संकलन पोर्टल सुरु

चितवनमा नयाँ इलेक्ट्रिक एसयूभी MG S6 EV Trophy Long Range को औपचारिक शुभारम्भ

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
प्रेस काउन्सिल दर्ता नं.
१९६३/०७६-०९-१६

सम्पर्क

विज्ञापन
9806752475

ई–मेल
narayanidainik@gmail.com

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2026 Narayani Dainik | All rights Reserved.