• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
आइतबार, जेठ १७, २०८३
☰
    • समाचार
    • राजनीति
    • नारायणी
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U
    • English

भर्खरै

उद्यमशीलता विकासमा ‘नाफल ५.०’ को योगदान : नारायणगढ जेसीजको पहलमा सफलतापूर्वक सम्पन्न

इला कम्फर्टमा झरीसँगै गुञ्जियो सङ्गीत र खुशी, पानीको अनौठो संगम, उर्लियो भीड

चितवनमा नयाँ इलेक्ट्रिक एसयूभी MG S6 EV Trophy Long Range को औपचारिक शुभारम्भ

बजेट र नीति कार्यक्रममा जनसहभागिता बढाउन सुझाव संकलन पोर्टल सुरु

टाटा पेन्ट्सद्वारा प्रदेश १ का डिलरहरूका लागि सौरहामा डिलर मिट सम्पन्न

घरघरमा पानी पुर्‍याउँदै रत्ननगर खानेपानी: शुल्क घटाएर सेवा विस्तार

सर्वनाम थिएटरमा चैत २७ र २८ गते मदन श्रेष्ठ निर्देशित नाटक ‘१२ दुर्वासा’ मञ्चन हुने

अमलाचौर सम्पर्क समाजको प्रथम अधिवेशन सम्पन्न, नयाँ नेतृत्व चयन

राप्तीमा फोटो पत्रकार महासंघको तेस्रो महाधिवेशन सम्पन्न, नयाँ नेतृत्व चयन

लोकप्रिय समाचार

  • १. उद्यमशीलता विकासमा ‘नाफल ५.०’ को योगदान : नारायणगढ जेसीजको पहलमा सफलतापूर्वक सम्पन्न

संगठित मिलेमतोमा पौने ३ करोड गायब, अनलाइन बेटिङको शंका



  •   सोमबार, साउन २६, २०८२
  • A
  • A+
  • A++

२६ साउन, काठमाडौं । दार्चुलाको शैल्यशिखर नगरपालिका–९ मा गोकुलेश्वरमा रहेको महालक्ष्मी विकास बैंक लिमिटेडको रकम हिनामिनाको सूचना केन्द्रीय कार्यालयसम्म पुग्यो ।

दरबारमार्गस्थित अन्नपूर्ण आर्केडमा केन्द्रीय कार्यालय रहेको महालक्ष्मी विकास बैंकले अनुगमनका लागि सुक्ष्म रुपमा टोली खटायो । गोकुलेश्वर शाखालाई जानकारी नै नदिई काठमाडौंबाट सुटुक्क अनुगमन टोली २३ साउनमा दार्चुला पुग्यो ।‘काठमाडौंबाट अनुगमनका लागि आएको बताएपछि केही कर्मचारी भने सुरुमै हच्किएका थिए । त्यसपछि झनै हाम्रो सूचना सत्य हुनसक्ने विश्वास बढ्यो,’ एक अधिकृतले भने ।

काठमाडौंबाट अनुगमनका लागि गएको टोलीले छानबिन गर्दै गयो । अनि खुल्यो ठूलो मात्रामा रकमको हिनामिना । दुई करोड ८४ लाख ७६ हजार ९०२ रुपैयाँ हिनामिना भएको छानबिनका क्रममा भेटियो ।अहिलेसम्मको छानबिनले चार जनाको मात्रै संलग्नता देखाएकाले उनीहरूलाई मात्रै पक्राउ गरिएको प्रहरीको भनाइ छ । अनुसन्धानका क्रममा अन्य व्यक्तिको संलग्नता देखिएमा कारबाही अघि बढाउने डीएसपी दाहाल बताउँछन् ।

पक्राउ परेकी निर्मला साउदकै घरमा बैंकको कार्यालय रहेको पाइएको छ । निर्मलाको आफ्नै माइतीघरमा रहेको कार्यालयमा उनी काम गर्थिन् । जहाँ उनीमाथि पौने तीन करोड हिनामिनाको आरोप लागेको छ ।

बैंकले हेमराज जोशीलाई शाखा प्रबन्धकको जिम्मेवारी दिएर शाखा सञ्चालन गरिरहेको छ । उक्त बैंकको कामकाज आजदेखि निरन्तर रुपमा चलेको बताइएको छ । बैंकले ग्राहकको रकम भने सुरक्षित रहेकाले ढुक्कले काम गर्न भनेको छ ।

संगठित रुपमा मिलेमतो गरेर रकम हिनामिना

पक्राउ परेकाहरूले संगठित रुपमा मिलेमतो गरेर बैंकको रकम हिनामिना गरेको देखिएको प्रहरीले बताएको छ । प्रारम्भिक अनुसन्धानका क्रममा पक्राउ परेका चार जनाको मिलेमतो देखिएको दार्चुलाका प्रहरी प्रमुख दाहालले बताए ।

‘प्रारम्भिक अनुसन्धानका क्रममा एक्लाएक्लै रुपमा रकम हिनामिना भन्दा पनि चारै जना मिलेर रकम हिनामिना गरेको देखिन्छ,’ डीएसपी दाहालले भने, ‘हिनामिना गरिएको रकम समेत उनीहरूले बाँडफाँड गरेर बुझेको खुलेको छ ।’

संगठित रुपमा मिलेर बैंकको रकम हिनामिना गरेको पाइए पनि प्रहरीले उनीहरूविरुद्ध अहिले भने बैंकिङ कसुरमा मात्रै म्याद लिएर अनुसन्धान अघि बढाएको छ ।

पक्राउ परेकाहरूविरुद्ध हिजो आइतबार दार्चुला जिल्ला अदालतबाट ७ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको डीएसपी दाहालले बताए । पछि अनुसन्धान गर्र्दै जाँदा अन्य कसुर पनि आकर्षित हुने देखिएमा थपिँदै लगिने उनी बताउँछन् ।

अनलाइन बेटिङको आशंका
पौने तीन करोड रुपैयाँ हिनामिना गरेको बताइए पनि उनीहरूबाट भने उक्त रकम बरामद भएको छैन । हिनामिना गरिएको रकम उनीहरूले कहाँ लगे, कसलाई दिए, के मा खर्च गरे भन्ने अनुसन्धानकै पाटो रहेको प्रहरीले बताएको छ ।

यो रकम कहिलेदेखि हिनामिना गरियो, भन्नेबारे अहिलेसम्म यकिन हुन बाँकी नै रहेको प्रहरीको भनाइ छ । हिनामिनाको रकम नभेटिए पनि प्रारम्भिक सोधपुछ गर्दा अनाइन बेटिङ खेलेको बताएको एक प्रहरी अधिकृत बताउँछन् ।

तर उनीहरूको बताएको उक्त कुरालाई प्रहरीले पुष्टि गरिसकेको छैन । ‘उहाँहरूको भनाइ एउटा होला । त्यसलाई प्राविधिक जाँच गरेर पुष्टि नगरी भन्न सक्ने अवस्था छैन । यसका लागि भर्खर हाम्रो अनुसन्धान सुरु भएको छ,’ डीएसपी दाहालले अनलाइनखबरसँग भने । ठूलो रकम कहाँ लगेर लगानी गरे भन्ने चासो प्रहरीले राखेको छ ।

बेटिङ नै खेलेको भए पनि हिनामिना गरिएको सबै रकम भने नखेलेको हुनुपर्ने बुझाइ प्रहरीको छ । यद्यपि यो पाटोको अनुसन्धान भने सुरु हुन बाँकी नै छ ।

आरोपितहरू भर्खर पक्राउ परेका विस्तृत रुपमा अनुसन्धान हुन बाँकी नै रहेकाले अहिले नै सबै कुरा खुल्न बाँकी रहेको प्रहरीले बताएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

उद्यमशीलता विकासमा ‘नाफल ५.०’ को योगदान : नारायणगढ जेसीजको पहलमा सफलतापूर्वक सम्पन्न

इला कम्फर्टमा झरीसँगै गुञ्जियो सङ्गीत र खुशी, पानीको अनौठो संगम, उर्लियो भीड

चितवनमा नयाँ इलेक्ट्रिक एसयूभी MG S6 EV Trophy Long Range को औपचारिक शुभारम्भ

ट्रेन्डिङ

सबै

उद्यमशीलता विकासमा ‘नाफल ५.०’ को योगदान : नारायणगढ जेसीजको पहलमा सफलतापूर्वक सम्पन्न

इला कम्फर्टमा झरीसँगै गुञ्जियो सङ्गीत र खुशी, पानीको अनौठो संगम, उर्लियो भीड

चितवनमा नयाँ इलेक्ट्रिक एसयूभी MG S6 EV Trophy Long Range को औपचारिक शुभारम्भ

बजेट र नीति कार्यक्रममा जनसहभागिता बढाउन सुझाव संकलन पोर्टल सुरु

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

उद्यमशीलता विकासमा ‘नाफल ५.०’ को योगदान : नारायणगढ जेसीजको पहलमा सफलतापूर्वक सम्पन्न

टाटा पेन्ट्सद्वारा प्रदेश १ का डिलरहरूका लागि सौरहामा डिलर मिट सम्पन्न

बजेट र नीति कार्यक्रममा जनसहभागिता बढाउन सुझाव संकलन पोर्टल सुरु

चितवनमा नयाँ इलेक्ट्रिक एसयूभी MG S6 EV Trophy Long Range को औपचारिक शुभारम्भ

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
प्रेस काउन्सिल दर्ता नं.
१९६३/०७६-०९-१६

सम्पर्क

विज्ञापन
9806752475

ई–मेल
narayanidainik@gmail.com

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2026 Narayani Dainik | All rights Reserved.