• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
आइतबार, जेठ १७, २०८३
☰
    • समाचार
    • राजनीति
    • नारायणी
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U
    • English

भर्खरै

उद्यमशीलता विकासमा ‘नाफल ५.०’ को योगदान : नारायणगढ जेसीजको पहलमा सफलतापूर्वक सम्पन्न

इला कम्फर्टमा झरीसँगै गुञ्जियो सङ्गीत र खुशी, पानीको अनौठो संगम, उर्लियो भीड

चितवनमा नयाँ इलेक्ट्रिक एसयूभी MG S6 EV Trophy Long Range को औपचारिक शुभारम्भ

बजेट र नीति कार्यक्रममा जनसहभागिता बढाउन सुझाव संकलन पोर्टल सुरु

टाटा पेन्ट्सद्वारा प्रदेश १ का डिलरहरूका लागि सौरहामा डिलर मिट सम्पन्न

घरघरमा पानी पुर्‍याउँदै रत्ननगर खानेपानी: शुल्क घटाएर सेवा विस्तार

सर्वनाम थिएटरमा चैत २७ र २८ गते मदन श्रेष्ठ निर्देशित नाटक ‘१२ दुर्वासा’ मञ्चन हुने

अमलाचौर सम्पर्क समाजको प्रथम अधिवेशन सम्पन्न, नयाँ नेतृत्व चयन

राप्तीमा फोटो पत्रकार महासंघको तेस्रो महाधिवेशन सम्पन्न, नयाँ नेतृत्व चयन

लोकप्रिय समाचार

  • १. उद्यमशीलता विकासमा ‘नाफल ५.०’ को योगदान : नारायणगढ जेसीजको पहलमा सफलतापूर्वक सम्पन्न

५० वर्षको पर्खाइपछि भुम्लुवासीले पाए लालपुर्जा



  •   बुधबार, भदौ ०४, २०८२
  • A
  • A+
  • A++

४ भदौ, काभ्रेपलाञ्चोक । आफ्नै जग्गा–जमिन हो भनेर पुष्टि गर्ने एउटै आधार हो, लालपुर्जा । यति मात्रै होइन लालपुर्जा पहिचान, अधिकार र भविष्य पनि हो । जुन प्राप्त गर्न भुम्लु गाउँपालिकाका- ७ र ८ का नागरिकहरुले ५० वर्ष कुर्नुपर्‍यो । मंगलबार उनीहरुको हातमा लालपुर्जाको प्रमाणपत्र परेको छ ।

लालपुर्जा पाउनेमध्येका एक थिए भुम्लु-८ का ८४ वर्षीया योगमाया खरेल । आफ्नो जीवनको उत्तरार्धमा पुग्दासमेत लालपुर्जाविहीन उनी मंगलबार प्रमाणपत्र हात परेपछि हर्षित देखिन्थिन् । ‘जग्गाको भोगचलन गर्दै आएको भएपनि पुर्जा थिएन् । मेरो एउटै चाहाना लालपुर्जा पाउन पाए छोरानातीलाई सजिलो हुने थियो भन्ने थियो । यो उमेरमा पाए खुशी छु’, योगमायाले भनिन् ।भुम्लु-७ का ७८ वर्षीय तोराणबहादुर क्षेत्रीको लालपुर्जा नहुँदाका समस्या धेरै भए । लालपुर्जा नहुँदा आफूहरुले अनेकन समस्याहरु झेल्दै आएको उनको भनाइ छ । ‘जग्गा छ तर पुर्जा थिएन, हामी सुकुमबासी जस्तै थियौं । आफूसँग लालपुर्जा नहुँदा केही लगानी तथा व्यापार/ व्यवसाय गर्न पाइएन । हातमा सीप हुनेहरुले पनि काम गर्न पाएनन’, क्षेत्रीले विगत सम्झिंदै भने, ‘कर तिरेको रसिद त थियो तर त्यसले बैकमा नहुने रहेछ, मेरो मात्र हैन, धेरैको समस्या थियो, जग्गा बैकमा राखेर कलकारखाना, गाडी किन्न, सानो तिनो व्यवसाय गर्न सहज थिएन, अव लालपुर्जा पाएपछि ऋण लिएर काम गर्न सक्छौं ।’

उनले धेरै समस्या झेलेर लालपुर्जा लिने दिनसम्म पुगेको बताए । ‘जति सम्पति छ त्यो आफ्नो नाममा आयो । एकदम खुशी छु । तर मैले मात्र भन्दा पनि यहाँका शतप्रतिशत व्यक्तिहरुले लालपुर्जा पाउनुपर्छ । लालपुर्जा नभएकै कारण हिजो कुनै व्यवसाय गर्न चाहँदा पनि मन खुम्चाएर बस्नुपर्ने अवस्था थियो,’ उनले भने, ’अहिले ढिलै भएपनि लालपुर्जा पाउँदा खुसी लागेको छ, जग्गा भएर पनि सुकुमबासी हुनुपर्ने स्थितिको अन्त्य भएको छ । ’स्थानीय ७२ वर्षीय नारायण खरेलले लालपुर्जा पाउने आशा मारिसकेको बताउँदै अहिले अहिले खुसी लागेको बताए । ‘मैले मात्र पाएर हुँदैन, पुर्जा नभएकाहरु सबैले पाएपछि योभन्दा पनि धेरै खुशी हुन्थे’, खरेलले भने ।

आफूले घर बनाएको जग्गाको पनि पुर्जा नभएपछि सधैं चिन्तित हुने गरेको सम्झिंदै उनले भने, ‘जमिन हाम्रो हो भन्ने त सबैलाई थाहा थियो, कर पनि तिरिरहेका थियौं । यति वर्षसम्म नपाउँदा धेरै दुःख लागे पनि ७२ वर्षको हुँदा लालपुर्जाको प्रमाण हातमा आयो ।’

वडा नं ७ का ८३ वर्षीय जयकुमारी तामाङ पनि वर्षौंपछि लालपुर्जा पाउँदा खुशीको सीमा नरहेको बताउँछिन् । आफूले धेरै दुःख पाए पनि सन्ततीहरुलाई घर व्यवहार तथा अरु कारोबार गर्न सहज हुने उनको विश्वास छ । ‘लालपुर्जा नहुदाँ धेरै दुःख पाएका थियौं, केही कारोबार गर्न पनि सकिएको थिएन, अब त दुई चार दिनै कुरा रहेछ, यसले हामीलाई धेरै सजिलो हुनेछ, धेरै वर्षपछि लालपुर्जा पाउने भयौं, हाम्रो लागि यहीँ नै ठूलो कुरा हो’, उनले भनिन् ।

यो समस्या उनीहरुको मात्रै थिएन । यी प्रतिनिधि पात्र हुन । भुम्लु-७ का ४७३ र वडा नं ८ का ७०४ नागरिकको समस्या एउटै थियो ।

वि.सं. २०३२ सालमा तत्कालीन भुम्लु र फलाँटे गाउँविकास समितिबीच सिमाना विवाद भएपछि त्यहाँका बासिन्दाले जग्गा नापी भए पनि लालपुर्जा पाउन सकेका थिएनन् ।लालपुर्जा नभएका नागरिकहरुलाई एक कार्यक्रमका बीच वितरण गरिएको छ । मंगलबार पहिलो चरणमा प्रक्रिया पूरा गरेका वडा नम्बर ७ का १७४ र वडानम्बर ८ का २०४ जना नागरिकलाई लालपुर्जा वितरण गरिएको भुम्लु गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णबहादुर खत्रीले जानकारी दिए ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले स्थानीय जग्गाधनीलाई लालपुर्जा वितरण कार्यको सुरु गरेका हुन् ।

लालपुर्जा वितरण गर्दै मन्त्री अधिकारीले राम्रो जग्गा आफ्नोतर्फ पार्ने सिमित व्यक्तिको स्वार्थको लागि वितरण हुन नसकेको लालपुर्जा विभिन्न समितिको प्रतिवेदनका आधारमा वितरण गरिएको बताए ।

कार्यक्रममा मन्त्री अधिकारीले वर्तमान सरकार जनताको समस्या समाधान गर्नका लागि अग्रसर रहेर काम गरिरहेको बताए ।

मन्त्री अधिकारीले विभिन्न समितिले दिएको प्रतिवेदनको आधारमा भुम्लुको जग्गाको समस्या समाधान गरिएको बताए ।

सरकारले आगामी पुस मसान्तभित्र भुम्लुका लालपुर्जाविहीन नागरिकलाई लालपुर्जा दिनेगरी काम अघि बढाइएको उनको भनाइ छ ।

भुम्लु गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर भुजेलले पाँच दशकदेखिको स्थानीयको पीडा अन्त्य भएको बताए । ‘यो केवल लालपुर्जा वितरण मात्र होइन, भुम्लुवासीको जीवनमा कानूनी पहिचान, आत्मविश्वास र आर्थिक सुरुवातको नयाँ अध्याय हो’, उनले भने ।

उनले कुनै पनि नागरिक लालपूर्जाविहीन हुनु नपर्ने बताउँदै नागरिकलाई लालपुर्जा प्रदान र पहिचानका लागि गापालिकाले लाखौंको बजेट खर्च गरिरहेको जानकारी दिए ।

भुम्लु गाउँपालिकाका उपाध्यक्ष जितेन्द्रमान तामाङ (दावा) ले लालपुर्जा वितरण भुम्लुवासीको अधिकार मात्र नभएर न्याय दिलाउने ऐतिहासिक कदम भएको बताए । यसलाई अभियानको रुपमा लगेर हरेक परिवारसम्म लालपुर्जा पुर्‍याउन आवश्यक भएको उनको भनाइ छ ।

कार्यक्रममा प्रदेश सभा सदस्य रुकु चौलागाईं, नापी विभागका महानिर्देशक प्रकाश जोशी, गाउँपालिकाका पूर्वअध्यक्ष गुमानध्वज कुँवर, विभिन्न वडाका अध्यक्षहरुले लालपुर्जा नहुँदा नागरिकले पाएको सास्तीको बारेमा आफ्नो भनाइ राखेका थिए ।

भुम्लु–७ बाट लालपुर्जा प्राप्त गर्नका लागि ६२७ जनाले निवेदन दिएका थिए भने ८ बाट ८७० जनाको निवेदन परेको थियो । निवेदन दिएकामध्ये हालसम्म लगत भिडाउनका लागि मालपोत कार्यालयमा ४७३ वटा निवेदन पठाइएको थियो । तीमध्ये हालसम्म १८५ वटा निवेदनको लगत भिडेर आएको नापी कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख नापी अधिकृत अशोककुमार भुसालले जानकारी दिए ।

वडा नं ७ मा परेको निवेदनमध्ये हालसम्म लगत भिडेर आएकामध्ये सात वटा सरकारी र १७७ वटा घरपरिवारको लालपुर्जा तयार भएको छ । त्यस्तै ८ बाट आएको निवेदनमध्ये ७०४ वटा निवेदनको लगत भिडाउनका लागि मालपोत कार्यालय पठाइएकोमा ४२८ वटा निवेदनको लगत भिडेर आएको छ ।

लगत भिडेर आएकामध्ये हालसम्म २४६ वटाको लालपुर्जा तयार भएको र हालसम्म १७ वटा निवेदनको लगत नभिडेको उनले जानकारी दिए ।

साविकको पिपलटार गाविस हुँदादेखि नै कमाइ गर्दै आएको खेतियोग्य जमिन पिपलटार गाविस फुट्दा भुम्लुटार र फलाँटे गाविस दुवैमा परेपछि त्यो खेतियोग्य जमिन कुन गाविसले लिने भन्ने विषयमा विवाद हुँदा वि.स. २०३२ सालमा नापी गर्न गएको टोली र दुई गाविसका नेतृत्वको विवादका कारण नापी टोली फर्किएपछि स्थानीयवासीले लालपुर्जा पाउन सकेका थिएनन् ।

वि.स. २०३२ सालमा विवाद भएपछि २०३५ सालमा पुनः नापी टोली उक्त गाविसमा नापीका लागि गएको थियो । उक्त समयमा पनि दुई गाविसबीच उक्त जग्गाको विषयमा विवाद चर्किएपछि नापी टोली काम नगरी फर्किएको थियो ।

विवाद समाधान गर्नकै लागि भनेर २०७५ माघ १० गते भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयका उपसचिव अनिल मरासिनीको संयोजकत्वमा समिति, २०८० माघ २ गते नापी कार्यालयका नापी अधिकृत जयराम तामाङ नेतृत्वमा समस्या समाधान अध्ययन समिति गठन गरेको थियो ।

त्यस्तै २०८१ जेठ ३१ गते कार्यालयले तयार पारेको प्रतिवेदन र मन्त्रालयले तयार पारेको प्रतिवेदन कार्यान्वयन गर्ने प्रयोजनका लागि कार्य योजना तयार गरी पेस गर्न नापी अधिकृत ग्रिष्म प्रधानको अध्यक्षतामा कार्यदल गठन गरी प्रतिवेदन तयार गरिएको थियो ।

सोही प्रतिवेदन र भुम्लु गाउँपालिकाले गत वर्ष मङ्सिरमा निवेदन छुटेका स्थानीयसँग पुनः निवेदन माग गरेपछि गत पुस २ गतेदेखि स्थानीयको जग्गासम्बन्धी पुनः छानबिन, नापी हुनुभन्दा अघि भोगचलन तथा त्यसअघिको कागजातका आधारमा अहिले लालपूर्जा वितरण गरिएको हो ।

अहिले लालपूर्जा वितरणका लागि नापी, मालपोत र गाउँपालिकाको टोलीले काम गरिरहेको छ । लालपुर्जा दिनका लागि गाउँमा खटिएको नापी टोली लालपुर्जा वितरण भएको १२० दिनसम्म अर्थात् चार महिनासम्म सम्बन्धित क्षेत्रमा नै खट्ने भएकोले यो अवधिमा प्रमाण पुगेका सबै परिवारलाई लालपूर्जा वितरण गरिसक्नेछन् ।

लालपूर्जा विरतण गरिसकेपछि जग्गा सम्बन्धित सबै स्रेस्ता मालपोत कार्यालय, नक्सा, फिल्ड बुकहरू नापी कार्यालयमा बुझाएपछि जग्गा प्रशासनको नयाँ काम सुरु हुनेछ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

उद्यमशीलता विकासमा ‘नाफल ५.०’ को योगदान : नारायणगढ जेसीजको पहलमा सफलतापूर्वक सम्पन्न

इला कम्फर्टमा झरीसँगै गुञ्जियो सङ्गीत र खुशी, पानीको अनौठो संगम, उर्लियो भीड

चितवनमा नयाँ इलेक्ट्रिक एसयूभी MG S6 EV Trophy Long Range को औपचारिक शुभारम्भ

ट्रेन्डिङ

सबै

उद्यमशीलता विकासमा ‘नाफल ५.०’ को योगदान : नारायणगढ जेसीजको पहलमा सफलतापूर्वक सम्पन्न

इला कम्फर्टमा झरीसँगै गुञ्जियो सङ्गीत र खुशी, पानीको अनौठो संगम, उर्लियो भीड

चितवनमा नयाँ इलेक्ट्रिक एसयूभी MG S6 EV Trophy Long Range को औपचारिक शुभारम्भ

बजेट र नीति कार्यक्रममा जनसहभागिता बढाउन सुझाव संकलन पोर्टल सुरु

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

उद्यमशीलता विकासमा ‘नाफल ५.०’ को योगदान : नारायणगढ जेसीजको पहलमा सफलतापूर्वक सम्पन्न

टाटा पेन्ट्सद्वारा प्रदेश १ का डिलरहरूका लागि सौरहामा डिलर मिट सम्पन्न

बजेट र नीति कार्यक्रममा जनसहभागिता बढाउन सुझाव संकलन पोर्टल सुरु

चितवनमा नयाँ इलेक्ट्रिक एसयूभी MG S6 EV Trophy Long Range को औपचारिक शुभारम्भ

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
प्रेस काउन्सिल दर्ता नं.
१९६३/०७६-०९-१६

सम्पर्क

विज्ञापन
9806752475

ई–मेल
narayanidainik@gmail.com

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2026 Narayani Dainik | All rights Reserved.