• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
बिहिबार, जेठ १४, २०८३
☰
    • समाचार
    • राजनीति
    • नारायणी
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U
    • English

भर्खरै

उद्यमशीलता विकासमा ‘नाफल ५.०’ को योगदान : नारायणगढ जेसीजको पहलमा सफलतापूर्वक सम्पन्न

इला कम्फर्टमा झरीसँगै गुञ्जियो सङ्गीत र खुशी, पानीको अनौठो संगम, उर्लियो भीड

चितवनमा नयाँ इलेक्ट्रिक एसयूभी MG S6 EV Trophy Long Range को औपचारिक शुभारम्भ

बजेट र नीति कार्यक्रममा जनसहभागिता बढाउन सुझाव संकलन पोर्टल सुरु

टाटा पेन्ट्सद्वारा प्रदेश १ का डिलरहरूका लागि सौरहामा डिलर मिट सम्पन्न

घरघरमा पानी पुर्‍याउँदै रत्ननगर खानेपानी: शुल्क घटाएर सेवा विस्तार

सर्वनाम थिएटरमा चैत २७ र २८ गते मदन श्रेष्ठ निर्देशित नाटक ‘१२ दुर्वासा’ मञ्चन हुने

अमलाचौर सम्पर्क समाजको प्रथम अधिवेशन सम्पन्न, नयाँ नेतृत्व चयन

राप्तीमा फोटो पत्रकार महासंघको तेस्रो महाधिवेशन सम्पन्न, नयाँ नेतृत्व चयन

लोकप्रिय समाचार

  • १. उद्यमशीलता विकासमा ‘नाफल ५.०’ को योगदान : नारायणगढ जेसीजको पहलमा सफलतापूर्वक सम्पन्न

अख्तियार प्रमुखसहित १० जनालाई ज्यान मार्ने धम्की: मुख्य अभियुक्त फिलिपिन्समा, ३ सहयोगी पक्राउ

  •   शुक्रबार, मङि्सर १९, २०८२
  • A
  • A+
  • A++

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख प्रेमकुमार राईसहित १० जनालाई ज्यान मार्ने धम्की दिने समूहको मुख्य अभियुक्त प्रकाश पाठक फिलिपिन्समा रहेको खुलेको छ। धम्कीसहितको पत्र अख्तियारमा प्राप्त भइसकेको छ भने भिडिओसमेत सार्वजनिक भएपछि अख्तियारले जिल्ला प्रहरी परिसर काठमाडौँमा जाहेरी दिएको छ।

चार दिनअघि जाहेरी परेपछि काठमाडौँ प्रहरीसहित विभिन्न युनिटले अनुसन्धान सुरु गरेका छन्। धम्कीपूर्ण पत्र पठाउने प्रकाश पाठक फिलिपिन्समा रहेको पत्ता लागेको छ भने उनका तीन जना सहयोगी प्रहरीको नियन्त्रणमा छन्। पक्राउ परेकाहरूले आफूहरू पाठकका बडिगार्ड भएको बताएका छन्।

प्रकाशले भिडिओ रेकर्ड गर्दै अख्तियार प्रमुख राईसहित १० जनाको ज्यान लिने चेतावनी दिएका थिए। भिडिओमा उनका बडिगार्डहरू पनि देखिएका थिए। प्रहरीको दाबी अनुसार, पक्राउ परेकाहरूले धम्कीमा संलग्नता नरहेको दाबी गरेका छन्।

पाठकले आफूलाई उग्रवादी समूह **‘एक्स्ट्रिमिस्ट ग्रुप अफ नेपाल’**को अध्यक्ष भन्दै पठाएको पत्रमा धम्की सूचीमा अख्तियारकै पूर्वप्रमुख लोकमानसिंह कार्की, नेपाल आयल निगमका पूर्वकार्यकारी निर्देशक गोपाल खड्का, कांग्रेस नेता एवं पूर्वगृहमन्त्री रमेश लेखक, सुडान काण्डमा जोडिएका पूर्वप्रहरी प्रमुख ओमविक्रम राना, हेमबहादुर गुरुङ, रमेश चन्द ठकुरी, कांग्रेस सभापति शेरबहादुर देउवाकी पत्नी आरजु राणा, पूर्वगृहमन्त्री बालकृष्ण खाँण र मेडिकल व्यवसायी दुर्गा प्रसाईँ रहेका छन्।

उक्त व्यक्तिहरूको सुरक्षा सतर्कता बढाइएको छ। प्रहरी प्रधान कार्यालयको निर्देशनमा काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीले तीनवटै जिल्लामा उनीहरूको निवास, हिँडडुल र औपचारिक कार्यक्रममा निगरानी बढाएको छ।

धम्की पत्र नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक प्रदीप अधिकारीविरुद्धको मुद्दासँग सम्बन्धित रहेको शंका गरिएको छ। अधिकारीसहित ७ जनाविरुद्ध बुधबार भ्रष्टाचार मुद्दा दायर भएको छ।

यसअघि पत्रकारहरूमाथि समेत ज्यान मार्ने धम्की आएको थियो। यस विषयमा अन्तर्राष्ट्रिय पत्रकार संगठन IFJ ले पनि नेपाल सरकारको ध्यानाकर्षण गराएको थियो।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

उद्यमशीलता विकासमा ‘नाफल ५.०’ को योगदान : नारायणगढ जेसीजको पहलमा सफलतापूर्वक सम्पन्न

इला कम्फर्टमा झरीसँगै गुञ्जियो सङ्गीत र खुशी, पानीको अनौठो संगम, उर्लियो भीड

चितवनमा नयाँ इलेक्ट्रिक एसयूभी MG S6 EV Trophy Long Range को औपचारिक शुभारम्भ

ट्रेन्डिङ

सबै

उद्यमशीलता विकासमा ‘नाफल ५.०’ को योगदान : नारायणगढ जेसीजको पहलमा सफलतापूर्वक सम्पन्न

इला कम्फर्टमा झरीसँगै गुञ्जियो सङ्गीत र खुशी, पानीको अनौठो संगम, उर्लियो भीड

चितवनमा नयाँ इलेक्ट्रिक एसयूभी MG S6 EV Trophy Long Range को औपचारिक शुभारम्भ

बजेट र नीति कार्यक्रममा जनसहभागिता बढाउन सुझाव संकलन पोर्टल सुरु

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

उद्यमशीलता विकासमा ‘नाफल ५.०’ को योगदान : नारायणगढ जेसीजको पहलमा सफलतापूर्वक सम्पन्न

टाटा पेन्ट्सद्वारा प्रदेश १ का डिलरहरूका लागि सौरहामा डिलर मिट सम्पन्न

बजेट र नीति कार्यक्रममा जनसहभागिता बढाउन सुझाव संकलन पोर्टल सुरु

चितवनमा नयाँ इलेक्ट्रिक एसयूभी MG S6 EV Trophy Long Range को औपचारिक शुभारम्भ

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
प्रेस काउन्सिल दर्ता नं.
१९६३/०७६-०९-१६

सम्पर्क

विज्ञापन
9806752475

ई–मेल
narayanidainik@gmail.com

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2026 Narayani Dainik | All rights Reserved.