भदौ २३–२४ को जेनजी आन्दोलनमा भएको घटनाको छानबिन गर्न बनेको जाँचबुझ आयोगले आज पूर्वप्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङ र तत्कालीन गृहसचिव गोकर्णमणी दुवाडीसँग बयान लिँदैछ। आयोगका अध्यक्ष गौरीबहादुर कार्की र सदस्यहरूले प्रश्न सूची तयार पारेका छन्।
आयोगले मंगलबार सशस्त्र प्रहरीका आईजी राजु अर्यालसँग सोधपुछ गरिसकेको थियो। खापुङलाई आन्दोलनका बेला अत्यधिक बल प्रयोग भएको भन्दै आलोचना भइरहेको थियो। आयोगले खापुङबाट स्पष्टीकरण मागेको थियो।
पूर्वगृहसचिव दुवाडीलाई पनि आयोगले विदेश वा उपत्यकाबाहिर जान रोक लगाएको छ। आन्दोलन दमनमा उनको पनि भूमिका रहेको भन्दै आयोगले कडाइ गरेको हो।
आज बयान लिएपछि आयोगले वर्तमान प्रहरी महानिरीक्षक दानबहादुर कार्कीलाई बोलाउनेछ। उनले आन्दोलनको पहिलो दिन मानवस्रोत विभागमा कार्यरत थिए भने २४ गते काठमाडौँ उपत्यका प्रहरी प्रमुखमा खटाइएका थिए।
त्यसपछि तत्कालीन गृहमन्त्री रमेश लेखक र प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि बयानका लागि बोलाइनेछ। लेखकले अहिलेसम्म कुनै औपचारिक सूचना पाएको छैन भने ओली बयान दिन नजाने अडानमा छन्।




