काठमाडौं । ऋषिराम सिग्देलको ‘हो कसम हो’ बोलको नयाँ गित सार्वजनिक भएको छ । गीतमा सीडी विजय अधिकारी र समीक्षा अधिकारीको स्वर रहेको छ । गीत ऋषिराम सिग्देलले लेखेका हुन् । गीतमा सिडी, सुदीप श्रेष्ठ, कृति श्रेष्ठ र चेतना काफ्लेको अभिनय रहेको छ । गीतको एरेञ्ज राजु कार्कीले गरेका हुन् ।
त्यस्तै, रेकर्डिङ, मिक्सिङ तथा मास्टरिङको जिम्मेवारी राजकुमार बगरले गरेका छन् ।



