• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
शुक्रबार, मङि्सर ०४, २०८३
☰
    • समाचार
    • राजनीति
    • नारायणी
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U
    • English

भर्खरै

जापानमा प्रधानमन्त्री ताकाइचीको सुरक्षा नीतिविरुद्ध १३ हजारको प्रदर्शन, संविधान संशोधनको विरोध

बंगलादेशमा अवामी लिगको हड्तालले हिंसात्मक रूप लियो, चार जनाको मृत्यु

चलचित्र ‘छायाँको जीत’ को छायांकन सुरु, ३५ दिनभित्र सक्ने लक्ष्य

हङकङबाट प्रधानमन्त्री बालेनलाई आकाश बञ्जाराको भावुक पत्र : ‘पदभन्दा माथि उठेर भाइ भनेको हुँ’

जुटपानी एकेडेमी स्काउट ट्रुपमा पाककला प्रतियोगिता तथा दीक्षान्त समारोह सम्पन्न, ४० जना स्काउट विद्यार्थी दीक्षित

व्यक्तिगत लगानीमा चिस्यान केन्द्र निर्माण

कैलालीमा बाघको आक्रमणबाट एक जनाको मृत्यु

धानखेती भरपर्दो नहुँदा महोत्तरीका किसान अन्योलमा

परम्परागत आरनबाट आधुनिक उद्योगसम्म

लोकप्रिय समाचार

  • १. चलचित्र ‘छायाँको जीत’ को छायांकन सुरु, ३५ दिनभित्र सक्ने लक्ष्य

  • २. बंगलादेशमा अवामी लिगको हड्तालले हिंसात्मक रूप लियो, चार जनाको मृत्यु

  • ३. जापानमा प्रधानमन्त्री ताकाइचीको सुरक्षा नीतिविरुद्ध १३ हजारको प्रदर्शन, संविधान संशोधनको विरोध

  • ४. हङकङबाट प्रधानमन्त्री बालेनलाई आकाश बञ्जाराको भावुक पत्र : ‘पदभन्दा माथि उठेर भाइ भनेको हुँ’

हङकङबाट प्रधानमन्त्री बालेनलाई आकाश बञ्जाराको भावुक पत्र : ‘पदभन्दा माथि उठेर भाइ भनेको हुँ’



  •   शुक्रबार, मङि्सर ०४, २०८३
  • A
  • A+
  • A++

काठमाडौँ । प्रवासमा रहेर पनि मातृभूमिको राजनीति र विकासक्रमलाई नजिकबाट नियालिरहेका हङकङ निवासी आकाश बञ्जाराले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) लाई सम्बोधन गर्दै भावुक खुला पत्र लेखेका छन्। उनले प्रधानमन्त्री पदको गरिमाप्रति उच्च सम्मान व्यक्त गर्दै उमेरको सम्बन्ध र आत्मीयताका आधारमा ‘प्रिय भाइ बालेन’ भनेर सम्बोधन गरेका छन्।

सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक गरिएको पत्रमा बञ्जाराले प्रधानमन्त्री शाहप्रति आफ्नो सम्मान, विश्वास र आत्मीयता व्यक्त गरेका छन्। उनले पद र प्रतिष्ठाभन्दा माथि मानवीय सम्बन्ध, माया र आत्मीयता हुने उल्लेख गर्दै भाइ भनेर सम्बोधन गर्नुमा कुनै अनादर नभई एउटा दाइको मनमा रहेको गर्व र सद्भाव लुकेको बताएका छन्।

‘प्रधानमन्त्रीको त्यो उच्च पद र गरिमाप्रति मेरो सधैँ शिर निहुराएर उच्च सम्मान छ। तर आज म त्यो पदभन्दा माथि उठेर, उमेरमा मभन्दा सानो भएको नाताले र आत्मादेखिको शुद्ध प्रेमले तिमीलाई प्रिय भाइ बालेन भनेर यो चिठी लेख्दै छु,’ उनले पत्रमा लेखेका छन्।

आफू कुनै राजनीतिक दलको झण्डा बोक्ने व्यक्ति नभएको र कसैको अन्धभक्तसमेत नरहेको स्पष्ट पार्दै बञ्जाराले स्वतन्त्र नागरिकका रूपमा प्रधानमन्त्री शाहका कामलाई मूल्यांकन गरिरहेको बताएका छन्। उनले आफ्नो जीवनमा कहिल्यै राजनीतिमा नलाग्ने घोषणासमेत पत्रमार्फत गरेका छन्।

परदेशमा बसेर देशको अवस्था नियाल्दा नेतृत्वमा देखिएको सक्रियता र देशप्रतिको समर्पणले आफू भावुक भएको उनको भनाइ छ। प्रधानमन्त्री शाहको आँट, निःस्वार्थ कर्म र देश परिवर्तनप्रतिको प्रतिबद्धताले आफ्नो मन जितेको उल्लेख गर्दै उनले खुलेर प्रशंसा गरेका छन्।

‘परदेशको भूमिमा बसेर टाढाबाट देशलाई नियाल्दा, जब एक इमानदार भाइले देशको मुहार फेर्न रातदिन पसिना बगाएको देख्छु, तब मन भक्कानिएर आउँछ,’ बञ्जाराले लेखेका छन्।

उनले प्रधानमन्त्री शाहको नेतृत्वमा देशले सकारात्मक परिवर्तनको दिशा समातोस् भन्ने कामना गर्दै कठिन यात्रामा कहिल्यै विचलित नहुन शुभकामना दिएका छन्।

पत्रको अन्त्यमा उनले लेखेका छन्, ‘I really love you मेरो डियर भाइ बालेन!’ साथै प्रधानमन्त्रीका हरेक पाइलामा करोडौँ नेपालीको आशीर्वाद र साथ रहिरहोस् भन्दै देशको सान बनेर चम्किरहन शुभकामना व्यक्त गरेका छन्।

राजनीतिक दलगत आबद्धताभन्दा माथि उठेर व्यक्त गरिएको बञ्जाराको यो पत्रले प्रवासमा रहेका नेपालीको देशप्रतिको भावनात्मक सम्बन्ध र नेतृत्वप्रतिको अपेक्षालाई उजागर गरेको छ। :आकाश बञ्जारा, हङकङ::

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

जापानमा प्रधानमन्त्री ताकाइचीको सुरक्षा नीतिविरुद्ध १३ हजारको प्रदर्शन, संविधान संशोधनको विरोध

बंगलादेशमा अवामी लिगको हड्तालले हिंसात्मक रूप लियो, चार जनाको मृत्यु

चलचित्र ‘छायाँको जीत’ को छायांकन सुरु, ३५ दिनभित्र सक्ने लक्ष्य

ट्रेन्डिङ

सबै

जापानमा प्रधानमन्त्री ताकाइचीको सुरक्षा नीतिविरुद्ध १३ हजारको प्रदर्शन, संविधान संशोधनको विरोध

बंगलादेशमा अवामी लिगको हड्तालले हिंसात्मक रूप लियो, चार जनाको मृत्यु

चलचित्र ‘छायाँको जीत’ को छायांकन सुरु, ३५ दिनभित्र सक्ने लक्ष्य

हङकङबाट प्रधानमन्त्री बालेनलाई आकाश बञ्जाराको भावुक पत्र : ‘पदभन्दा माथि उठेर भाइ भनेको हुँ’

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

चलचित्र ‘छायाँको जीत’ को छायांकन सुरु, ३५ दिनभित्र सक्ने लक्ष्य

बंगलादेशमा अवामी लिगको हड्तालले हिंसात्मक रूप लियो, चार जनाको मृत्यु

जापानमा प्रधानमन्त्री ताकाइचीको सुरक्षा नीतिविरुद्ध १३ हजारको प्रदर्शन, संविधान संशोधनको विरोध

चलचित्र ‘छायाँको जीत’ को छायांकन सुरु, ३५ दिनभित्र सक्ने लक्ष्य

बंगलादेशमा अवामी लिगको हड्तालले हिंसात्मक रूप लियो, चार जनाको मृत्यु

जापानमा प्रधानमन्त्री ताकाइचीको सुरक्षा नीतिविरुद्ध १३ हजारको प्रदर्शन, संविधान संशोधनको विरोध

जुटपानी एकेडेमी स्काउट ट्रुपमा पाककला प्रतियोगिता तथा दीक्षान्त समारोह सम्पन्न, ४० जना स्काउट विद्यार्थी दीक्षित

चलचित्र ‘छायाँको जीत’ को छायांकन सुरु, ३५ दिनभित्र सक्ने लक्ष्य

बंगलादेशमा अवामी लिगको हड्तालले हिंसात्मक रूप लियो, चार जनाको मृत्यु

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
प्रेस काउन्सिल दर्ता नं.
१९६३/०७६-०९-१६

सम्पर्क

विज्ञापन
9806752475

ई–मेल
narayanidainik@gmail.com

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2026 Narayani Dainik | All rights Reserved.