• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
बुधबार, असोज ०७, २०८३
☰
    • समाचार
    • राजनीति
    • नारायणी
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U
    • English

भर्खरै

नेपाल वादरियो कराते चितवनमा नयाँ नेतृत्व, अध्यक्षमा निशान्त धमला

थ्री एन्जल नेपाल,चितवनको पहलमा १० दिनपछि धादिङमा फेला परिन राक्सिराङकी १५ बर्षीय किशोरी

मलेसिया रोजगारीको सिन्डिकेट तोड्न प्रधानमन्त्री शाहको निर्देशन

भरतपुर महानगर सभापतिका दाबेदार बुद्धिकान्त न्यौपाने वडा–६ बाट सर्वसम्मत प्रतिनिधि चयन

धनकुटामा सुमो दुर्घटना, एक जनाको मृत्यु

सञ्चारमन्त्रीसँग कोरियाका राजदूतद्वारा शिष्टाचार भेट

मानव-वन्यजन्तु द्वन्द्व घटाउन ४० करोडको लगानिमा कंक्रिट वाल,तर निर्माण अझै अपुरो – मानबहादुर स्याङ्बो

६५औँ जन्मदिनमा राप्तीका दिपक थपालियाद्वारा विपन्न परिवारलाई घर हस्तान्तरण

बाढीबाट भएको धनजनको क्षतिको अध्ययन गर्न जिल्लामा २५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. ६५औँ जन्मदिनमा राप्तीका दिपक थपालियाद्वारा विपन्न परिवारलाई घर हस्तान्तरण

  • २. मानव-वन्यजन्तु द्वन्द्व घटाउन ४० करोडको लगानिमा कंक्रिट वाल,तर निर्माण अझै अपुरो – मानबहादुर स्याङ्बो

  • ३. धनकुटामा सुमो दुर्घटना, एक जनाको मृत्यु

  • ४. मलेसिया रोजगारीको सिन्डिकेट तोड्न प्रधानमन्त्री शाहको निर्देशन

  • ५. सञ्चारमन्त्रीसँग कोरियाका राजदूतद्वारा शिष्टाचार भेट

  • ६. भरतपुर महानगर सभापतिका दाबेदार बुद्धिकान्त न्यौपाने वडा–६ बाट सर्वसम्मत प्रतिनिधि चयन

  • ७. नेपाल वादरियो कराते चितवनमा नयाँ नेतृत्व, अध्यक्षमा निशान्त धमला

  • ८. थ्री एन्जल नेपाल,चितवनको पहलमा १० दिनपछि धादिङमा फेला परिन राक्सिराङकी १५ बर्षीय किशोरी

कुखुरापालन व्यवसायमा रमाउँदै युवा



  •   बिहिबार, जेठ ०९, २०७६
  • A
  • A+
  • A++

वैदेशिक रोजगारीमा ठूलै लगानी गर्न तयार हुने तर गाउँमा व्यवसाय नगर्ने धेरै युवा भेटिन्छन् । अरब र खाडी मुलुकमा दिनहुँ हजारौँ युवाहरु रोजगारीका निम्ति बाहिरिने गर्छन् । गाउँमा सानो लगानीमा व्यवसाय गरियो भने प्रशस्त आम्दानी गर्न सकिने सम्भावनाहरु छन् । यति हुँदाहँुदै पनि युवा जनशक्ति विदेश पलायन हुने क्रम घट्नेभन्दा झन् बढ्ने क्रममा छ ।

पाल्पा रामपुरका तीन युवाहरुले भने एक उदाहरणीय कामको थालनी गरेका छन् । रामपुर नगरपालिका क्षेत्रलाई अण्डामा आत्मनिर्भर बनाउन रामपुर एग्रोफार्म दर्ता गरी समूहमा व्यवसाय चलाउँदैछन् । रामपुर नगरपालिका–८ बस्ने युवा भुवन अर्याल, आशीष अर्याल र गणेश अर्यालले एक वर्षअघि देखि रु एक करोडभन्दा बढीको लगानीमा कुखुरापालन व्यवसाय शुरु गर्नुभएको हो ।

यो व्यवसाय रामपुर नगरपालिका क्षेत्रकै ठूलो लगानीमा सञ्चालन भएको नमूना व्यवसाय हो । वार्षिक रु ५० हजार बुझाउने गरी २७ रोपनी जग्गा भाडामा लिएर व्यवसाय चलाएको सञ्चालक भुवन अर्याल बताउनुहुन्छ । “गाउँमै बसेर कृषिमा काम गर्ने योजनाका साथ साथीसँग सहकार्य गर्दै व्यवसाय सञ्चालन गरेका छौँ, राम्रै भइरहेको छ” उहाँले भन्नुभयो । बाहिरबाट उत्पादित अण्डा दिनहुँ रामपुर बजारमा भित्रँदा स्थानीय उत्पादनले बजार पाउन सहज नभएको आशीष अर्याल बताउनुहुन्छ । फार्ममा हाल पाँच हजार कुखुरा रहेका छन्, अबको पाँच वर्षभित्र पन्ध्र हजार कुखुरा पु¥याउने लक्ष्य रहेको अर्यालले बताउनुभयो ।

युवाहरुले सरकारले उपलब्ध गराएको सहुलियत ऋण लिएर व्यवसायमा लगानी गरेका हुन् । व्यवसायमा ऋण सहयोग पाएपछि उनीहरुमा उत्साह र हौसला बढेको छ । अहिले दुई हजार कुखुराबाट दैनिक दुई हजार ४०० अण्डा उत्पादन भइरहेको छ । मासिक रु चार लाख ८० हजार बराबरको आम्दानी र एक लाखभन्दा बढी खर्च भइरहेको गणेश अर्यालले बताए ।

“लगानी ठूलो रहेकोले व्यवसाय शुरुआतको चरणमा छौँ, अहिले नै आम्दानीभन्दा पनि लगानी गर्ने क्रममा नै छौँ र यस क्षेत्रलाई अण्डा उत्पादनको क्षेत्रका रूपमा पहिचान गराउने योजनाका साथ काम गरिरहेका छौँ”, उहाँले भन्नुभयो । यस व्यवसायबाट यहाँका दुई युवाले रोजगारी गर्ने अवसर पाएका छन् भने अर्कोतर्फ बाझिएका जमीन सदुपयोगमा आएको छ । दीर्घकालीन सोच बनाएर यही व्यवसायमा रमाउने योजनाका साथ शुरुमै ठूलो लगानी गरेको युवाको भनाइ छ ।

युवालाई यही बसेर व्यवसाय गर्ने वातावरण सिर्जना गर्न युवा स्वरोजगारका कार्यक्रममा जोड दिइएको रामपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बाबुराम अर्यालले बताउनुभयो । “व्यवसायका लागि प्रशस्त जमीन, सिँचाइ, यातायातको राम्रो सुविधा भएको यस क्षेत्रमा कुखुरापालनलगायत विभिन्न कृषि तथा पशुपालन व्यवसायबाट आर्थिक लाभ लिन सकिन्छ”, उहाँले भन्नुभयो ।

युवालाई सकेसम्म विभिन्न सरसामान दिनुभन्दा व्यवसायमा ऋण सहयोग गर्न सकियो भने उपलब्धिमूलक हुने प्रमुख प्रशासकीय अधिकृत अर्याल बताउनुहुन्छ । यस क्षेत्रकै ठूलो र नमूना व्यवसाय भएकाले पनि फार्म अवलोकन गर्र्नेको चहलपहल दिनहुँ बढ्दो छ । यहाँ उत्पादित अण्डा पाल्पा, स्याङ्जा, तनहुँ र नवलपुरका विभिन्न बजारमा खपत भइरहेको छ । उत्पादित वस्तु गुणस्तरको भए पनि स्थानीय उत्पादनलाई उपभोक्ता र व्यापारीले महत्व नदिँदा बजार पाउन समस्या परेको छ । बाहिरबाट बजारमा भित्रिएका कमसल खालका वस्तुले बजार पाइरहेको छ ।

पाल्पा जिल्ला अण्डामा आत्मनिर्भर भए पनि उपभोक्ता र व्यापारीले गुणस्तरभन्दा पनि सस्तो वस्तु खरीद गर्ने परपाटीले स्थानीयले उत्पादनले बजार लिन नसकिरहेको अवस्था छ । उत्पादित वस्तुको बजार व्यवस्थापनमा स्थानीय तहले भूमिका खेल्न सक्यो भने कृषकलाई ठूलो राहत मिल्नेछ । स्थानीय तहले व्यवस्थापन गरिदिएको खण्डमा युवाहरुले व्यवसायलाई बढाउँदै जाने बताएका छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

थ्री एन्जल नेपाल,चितवनको पहलमा १० दिनपछि धादिङमा फेला परिन राक्सिराङकी १५ बर्षीय किशोरी

मानव-वन्यजन्तु द्वन्द्व घटाउन ४० करोडको लगानिमा कंक्रिट वाल,तर निर्माण अझै अपुरो – मानबहादुर स्याङ्बो

६५औँ जन्मदिनमा राप्तीका दिपक थपालियाद्वारा विपन्न परिवारलाई घर हस्तान्तरण

ट्रेन्डिङ

सबै

नेपाल वादरियो कराते चितवनमा नयाँ नेतृत्व, अध्यक्षमा निशान्त धमला

थ्री एन्जल नेपाल,चितवनको पहलमा १० दिनपछि धादिङमा फेला परिन राक्सिराङकी १५ बर्षीय किशोरी

मलेसिया रोजगारीको सिन्डिकेट तोड्न प्रधानमन्त्री शाहको निर्देशन

भरतपुर महानगर सभापतिका दाबेदार बुद्धिकान्त न्यौपाने वडा–६ बाट सर्वसम्मत प्रतिनिधि चयन

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

थ्री एन्जल नेपाल,चितवनको पहलमा १० दिनपछि धादिङमा फेला परिन राक्सिराङकी १५ बर्षीय किशोरी

नेपाल वादरियो कराते चितवनमा नयाँ नेतृत्व, अध्यक्षमा निशान्त धमला

६५औँ जन्मदिनमा राप्तीका दिपक थपालियाद्वारा विपन्न परिवारलाई घर हस्तान्तरण

मानव-वन्यजन्तु द्वन्द्व घटाउन ४० करोडको लगानिमा कंक्रिट वाल,तर निर्माण अझै अपुरो – मानबहादुर स्याङ्बो

धनकुटामा सुमो दुर्घटना, एक जनाको मृत्यु

न्युजिल्यान्डले बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने

भाल्चेको भेडा फार्मः नश्ल सुधारदेखि पर्यटन प्रवर्द्धनसम्म

पोखरा महानगरद्वारा बाढी प्रभावितका लागि ४५ लाख सहयोग

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
प्रेस काउन्सिल दर्ता नं.
१९६३/०७६-०९-१६

सम्पर्क

विज्ञापन
9806752475

ई–मेल
narayanidainik@gmail.com

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2026 Narayani Dainik | All rights Reserved.