• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
आइतबार, असार २८, २०८३
☰
    • समाचार
    • राजनीति
    • नारायणी
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U
    • English

भर्खरै

मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणमा मन्त्री चौधरीको जोड

अल्भारेजको निर्णायक गोलमा अर्जेन्टिना विश्वकप सेमिफाइनलमा

राष्ट्रियसभाबाट ‘राष्ट्र ऋण उठाउने’ विधेयक स्वीकृत

निर्माण क्षेत्रका समस्या समाधान गर्न सरकार सकारात्मक छः प्रधानमन्त्री

लमजुङ कारागार बजेट अभावमा रोकियो

सवारीसाधन दुर्घटनामा मृत्यु

विषादीको व्यवसाय जथाभावी गर्न नपाइने

बिमा कार्यक्रम बन्दः सेवाग्राही समस्यामा

अर्जेन्टिनाको रोमाञ्चक जित

लोकप्रिय समाचार

  • १. बिमा कार्यक्रम बन्दः सेवाग्राही समस्यामा

  • २. मेक्सिकोलाई पराजित गर्दै इङ्ग्ल्यान्ड विश्वकपको क्वाटरफाइनलमा

  • ३. भूमिहीन र सुकुमवासीलाई लालपुर्जा वितरण जारी रहन्छ : मन्त्री रावल

  • ४. सरकारका १०० दिन : आन्तरिक रोजगारको सिर्जना र वैदेशिक रोजगार व्यवस्थितमा केन्द्रित श्रममन्त्रालय

  • ५. पहिरोका कारण सडक अवरुद्ध

  • ६. सडक सुरक्षाका लागि सबै राजमार्गमा ‘अन्डरपास’ र ‘ओभरपास’ बनाइने : मन्त्री लम्साल

  • ७. गृहमन्त्री गुरुङ झापाको सीमा सुरक्षा र हात्ती प्रभावित क्षेत्रमा

  • ८. सवारीसाधन दुर्घटनामा मृत्यु

  • ९. विज्ञान र प्रविधिका क्षेत्रमा नयाँ कार्यक्रम तय हुँदैछ : मन्त्री पुन

  • १०. फोहर व्यवस्थापनमा वित्तीय साझेदारी खोज्दै महानगरपालिका

मुटु सुन्निएर जान सक्छ ज्यान



  •   बिहिबार, जेठ ०९, २०७६
  • A
  • A+
  • A++

मुटु सुन्निएर ज्यान नै जान सक्छ । तर, मुटु पनि सुन्निएला र ज्यान जाला भन्ने कमैले सोचेको हुन सक्छ । चस्किनु र ढुकढुक हुनु मात्रै मुटुको समस्या हो भन्ने सोचाइ अधिकांशको हुन्छ । तर, मुटु सुन्निनु पनि गम्भीर समस्या हो । मुटु सुन्निँदा देखिने लक्षण र यसले निम्त्याउने खतरा यस्ता छन् ।

कस्ता लक्षण देखिन्छन् ?
थोरै मात्रै हिँडे पनि निकै नै स्याँ–स्याँ भयो भने मुटु सुन्निएको लक्षण हुन सक्छ । फोक्सोमा समस्या भयो भन्ने अनुमान धेरैको हुन सक्छ, तर समस्या मुटु सुन्निएर भएको हुन सक्छ । सुन्निएर मुटुको आकार नै ठूलो भएको अवस्थामा यस्तो लक्षण देखिन्छ । मुटु धेरै नै सुन्निएपछि र केही दिनपछि हातगोडा पनि सुन्निने, पेट फुल्ने, पूरै शरीर नै फुल्नेजस्ता लक्षण देखिन्छन् । त्यसो त अधिकांशलाई धेरै वर्षसम्म पनि यसको लक्षण नै देखिँदैन ।

कस्तोखाले समस्या हो ?
मुटु सुन्निने समस्यालाई मेडिकल भाषामा कार्डियोमायोप्याथी भनिन्छ । मुटु सुन्निने कारण धेरै हुन सक्छ । यसमध्ये डाइलेटेड कार्डियोमायोप्याथी एउटा हो । यो मुटुको मांसपेशीमा लाग्ने रोग हो । यो समस्याको मुख्य कारण त अहिलेसम्म पनि विश्वका मुटुरोगविज्ञहरूका लागि खोजीकै विषय बनिरहेको छ ।

मुटु सुन्निएपछि के हुन्छ ?
सुन्निने समस्या छिप्पिँदै गएपछि मुटुको पम्प गर्ने क्षमतामै कमी आउँछ । जब मुटुले रगत पम्प गर्न सक्दैन, तब सफा भएर फोक्सोमा आउनुपर्ने रगत कम हुन्छ । शरीरको तल्लो भाग अर्थात् खुट्टातिरबाट मुटुमा आउनुपर्ने रगतको गति पनि कम हुन जान्छ । यसैगरी, मुटुको पम्प सुस्त भएपछि शरीरका विभिन्न अंगबाट मुटुमा फर्किनुपर्ने रगतको गतिमा पनि सुस्तता आउँछ । यस्तो समस्या भएपछि नै सास फेर्न असहज हुनेजस्ता लक्षण देखिने हो ।

कस्ता व्यक्ति निसानामा ?
मुटु सुन्निने अर्थात् कार्डियोमायोप्याथी समस्या खासगरी हार्टअट्याक भएका तथा लामो समयदेखि हाई ब्लडप्रेसरको सामना गरिरहेका व्यक्तिलाई देखिन्छ । त्यसो त लामो समयसम्म रक्सी सेवन गर्नेलाई पनि यसको खतरा हुन्छ । गर्भवती भएको अवस्थामा महिला यसको निसानामा पर्न सक्छन् । केहीमा भने मुटु सुन्निने समस्या वंशाणुगत पनि हुन सक्छ । निसानामा यस्ता व्यक्ति बढी परे पनि सामान्य व्यक्तिलाई भने समस्या हुँदै हुँदैन भन्नेचाहिँ होइन । यो रोगको सुगरसँग पनि कुनै प्रत्यक्ष सरोकार छैन । सुगर र प्रेसरका बिरामीलाई हृदयाघातको खतरा भने सधैँ उच्चचाहिँ रहन्छ । यस्ता बिरामीले डाक्टरले भनेअनुसार आफ्नो स्वास्थ्यजाँच नियमित गराउनुपर्छ । यस्तै, सामान्य व्यक्तिले पनि कोलेस्ट्रोल र मिर्गौलाको कार्यक्षमता बुझ्न रगत जँचाउनुपर्छ ।

कसरी जान्ने सुन्निएको ?
कतिपय व्यक्तिमा लक्षण नै नदेखिने र लक्षण देखिए पनि अन्य रोगसँग मिल्दोजुल्दो देखिने भएकाले मुटु सुन्निएकै हो÷होइन भनेर बुझ्न केही जाँच गर्नुपर्ने हुन्छ । पहिलो जाँच इसिजी नै हो, तर इसिजीमा मात्रै समस्या नदेखिन पनि सक्छ । इको, टिएमटीजस्ता जाँच पनि गर्नुपर्ने हुन्छ । मुटुको सुरक्षाका लागि कम्तीमा हरेक ६ महिनामा इसिजी, इको, टिएमटीजस्ता जाँच गर्नु राम्रो हुन्छ । रोग लागिसकेको भए पनि उपचार गरेर भविष्यमा निम्तिन सक्ने क्षतिबाट जोगिन सकिन्छ । मुटु सुन्निने समस्या निम्तिसकेको छ भने केही औषधि सेवन गर्नुपर्छ । एक हप्तामै औषधिले पूर्ण असर देखाउँछ । नयाँ पत्रिकाबाट

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

इला कम्फर्टमा झरीसँगै गुञ्जियो सङ्गीत र खुशी, पानीको अनौठो संगम, उर्लियो भीड

लामो समय पिसाब रोकिरहनु खतरनाक, विशेषज्ञले चेतावनी

पर्सामा जापनिज इन्सेफ्लाइटिसका बिरामी भेटिए

ट्रेन्डिङ

सबै

मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणमा मन्त्री चौधरीको जोड

अल्भारेजको निर्णायक गोलमा अर्जेन्टिना विश्वकप सेमिफाइनलमा

राष्ट्रियसभाबाट ‘राष्ट्र ऋण उठाउने’ विधेयक स्वीकृत

निर्माण क्षेत्रका समस्या समाधान गर्न सरकार सकारात्मक छः प्रधानमन्त्री

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

अल्भारेजको निर्णायक गोलमा अर्जेन्टिना विश्वकप सेमिफाइनलमा

मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणमा मन्त्री चौधरीको जोड

बिमा कार्यक्रम बन्दः सेवाग्राही समस्यामा

मेक्सिकोलाई पराजित गर्दै इङ्ग्ल्यान्ड विश्वकपको क्वाटरफाइनलमा

भूमिहीन र सुकुमवासीलाई लालपुर्जा वितरण जारी रहन्छ : मन्त्री रावल

उनन्चालिस लाख ठगीको अभियोगमा पक्राउ

ट्रकको ठक्करबाट एक महिलाको मृत्यु

बिमा कार्यक्रम बन्दः सेवाग्राही समस्यामा

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
प्रेस काउन्सिल दर्ता नं.
१९६३/०७६-०९-१६

सम्पर्क

विज्ञापन
9806752475

ई–मेल
narayanidainik@gmail.com

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2026 Narayani Dainik | All rights Reserved.