Narayani Dainik skip
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
शनिबार, चैत ०४, २०७९
☰
    • समाचार
    • राजनीति
    • नारायणी
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U
    • English

भर्खरै

पिएनजीविरूद्ध युएई ९७ रनमै अलआउट नजिकको

विवाह गर्दै लोकगायिका भूमिका गिरी

जीप दुर्घटना : दुई जनाकाे ज्यान गयाे, ९ जना घाइते

बिहानै दुई स्थानमा भूकम्प

एमबाप्पे बने पीएसजीको सर्वाधिक गोलकर्ता

नारायणगढ–मुग्लिन सडक आजबाट नियमित सञ्चालनमा

चितवनमा सूर्यमुखीको व्यावसायिक खेतीतर्फ आकर्षण, टिकटक बनाउने र फोटो खिच्नेको भिड

राष्ट्रिय आधारभूत बिधालय सिरकोटमा सर–सफाई तथा फोहोर ब्यबस्थापन सचेनता कार्यक्रम सम्पन्न

सर्वोच्चले दिएन सन्दीपलाई विदेश जाने अनुमति

लोकप्रिय समाचार

“सरकारको बिरोध केवल अङ्गुर खान नपाउदाको अमिलो”:निर्मल घिमिरे



  •   बिहिबार, फागुन २२, २०७६
  • A
  • A+
  • A++

निर्मल घिमिरे/झण्डै दुइ साल अघी यानिकी २०७५ जेठ ३ गते जुन दिन आफ्ना सर्वोच्च नेता मदन भण्डारीको स्वर्गारोहण भएको थियो, सोही दिनको साइत पारी नेपालमा पहिलो र तेस्रो राजनीतिक दलको एकीकरणले ‘संसारका कुनै पनि कम्युनिस्टहरू कदापी एकै ठाउँमा बस्न सक्दैनन्, योे कम्युनिस्टको आचरण नै हो’ विश्वका राजनीतिक विश्लेषकको समीक्षालाई गलत सावित गरिदिएको छन् । नेपालका २ वटा वामपन्थी दलहरु एक ठाउँमा आई पार्टी एकिकरण र सो भन्दा अगाडि सँगै निर्वाचन मिलेर जाने सार्वजनिक घोषणा गरी जब दुई दलहरु एक ठाउँमा आएर चुनावमा जाने निश्चित भए तब साना–साना अस्तित्वमा रहेका बाम इतरका पृष्ठभूमिबाट आएका अधिकांश दलहरु गोलवद्ध भई निर्वाचनमा जान सकिएमा मात्र आफ्नो अस्थित्व बचाउन सकिन्छ भन्ने ठानी प्राय सवै दलहरु बामपन्थी धु्रविकरणमा गोलवद्ध हुन आएका थिए र निर्वाचन आचार संहितामा उल्लेख थ्रेसहोल्डको रेलिगेशनबाट सुरक्षित अवतरण हुन सकेका थिए भन्न म कदापी हिच्किचाउदिन। यदि त्यसो नगरेका भए साना दाहरुको अस्तित्व समाप्त हुने निश्च्ति प्राय थियो । नेपाली जनताले राजनैतिक कार्यव्यवस्थता र राजनैतिक दलहरुको आचरण राम्रोसँग बुझिसकेका कारण अब साना इतरका दलहरुले मसिनो अस्तित्व देखाएर हरेक सरकारमा केही न केही मन्त्रालयको वार्गेनिङ गर्ने दिन गएको महशुस गरी आ–आफ्ना डम्फु थन्काई सिंगो बामपन्थी छहारीमा ओत लाग्न आई आफ्नो अस्तित्व सुरक्षित गर्न सफल भएको देखियो । बामपन्थी पृष्ठभूमीबाट आएका देखि हिजोका दिन बामहरुको कट्टर विरोध गर्ने मधेशवादी दलहरुका हस्तिहरु समेतले आफ्नो विग्रदो छवि सुधार गर्ने र झण्डै–झण्डै कोमामा पुग्नै लागेको आफ्नो राजनीतिक भविष्य बचाउन सफल भएका छन् ।

चाणक्य परिभाषित गरेका ‘‘चतुर राजनीतिज्ञले समयानुकुल परिवर्तन हुनुपर्छ’’ भन्ने सिद्धान्तलाई मनन् गरी ठूलो बाढि पहिरो, असिना, पानी आउँदा ठूलै दलको छहारीमा ओत लाग्दा सुरक्षित भइन्छ भन्ने ठानी नेपालका मौलिक एवम् भिमकाय ‘बोधिवृक्ष’ को छहारीमा आएका छन् । उनीहरु यदि सो समयमा “राइट डिसिजन” गर्न नसकेका भए उनीहरु यतिबेला वाग्लुङ्गमा गाइ पालन, नवलपरासीमा माछा पालन र सर्लाहीमा धान गोडि रहेका हुन्थे । बोधिवृक्षकै छहारीमा तिनीहरुले आफ्नो राजनैतिक धरातल बचाउन सफल भएको देखिन्छ । जसरी आसन्न स्थानीय तह र प्रतिनिधि एवम् प्रादेशिक सभाको निर्वाचनमा वोधिवृक्षको नेृत्वमा नामावली गठवन्धनले वहुमत प्राप्त गर्‍यो, फलतः उत्तरदक्षिणका छिमेकका ‘महारथी’ हरुले मित्रताको हात मात्र होइन, अँगालो हाल्न ह्याकुलो नै तेस्र्याए ।

ओली र प्रचन्ड आफैमा बलिया राजनीतिज्ञ हुन् । ओली र प्रचन्ड नेतृत्वमा इतिहासमै नेकपा बलियो भएको छ । त्यसको मुख्य कारण उनीहरूको खरो रूपमा प्रस्तुत हुने र जनतालाई कन्भिन्स गर्न सक्ने  शैलीले गर्दा नै यो सिद्द भइसकेको छ कि  खड्गप्रसाद ओली र प्रचन्ड नेपाली राजनीतिका कुशल खेलाडी हुन् । केही वर्षदेखि नेकपा एमालेको अध्यक्षतामा सम्हालेका केपी ओलीको पहिलो प्रधानमन्त्री कार्यकाल नेपालको इतिहासकै कठिन अवस्थाबाट गुज्रेको थियो । एकातिर विनासकारी भूकम्पले थिलथिलो बनाएको पीडा थियो भने अर्कातिर छिमेकीले आगोपानी बन्द गराई काकाकुल बनाइरहेको थियो । त्यस्तो कठिन परिस्थितिको सामना गरी ओली सरकारले गरेको राष्ट्रवादी चिन्तनले दर्दनाक अवस्थामा पनि नेपाली जनताको मुहारमा मुस्कान देख्न सकिन्थ्यो । ‘कुशल राजनीतिज्ञ समयानुकूल परिवर्तन हुनुपर्छ’ भन्ने सिद्धान्तलाई मनन् गरी अहिले दुवै दल एक भए।

के पि ओली यानिकी जनताले सुशोभित गरेको उपमा एक  ‘बोधिवृक्षलाई’ हिजो सवैभन्दा वर्ग सत्रु किटान गर्ने र बैरी ठान्नेहरु, उसको सुवासित छवि देख्दा अत्यन्तै इश्र्यालु भई घोषणा पूर्व नै प्रधानमन्त्रीको रुपमा स्वीकार गरी छिमेकी महारस्ट्रहरुले निमन्त्रणा दिन र अगृम बधाइ आएको पनि  हिजो हामीले देखेकै हो । यो न त यस भन्दा अघी कुनै इतिहासमा भएको थियो न त हुने नै छ ।  भने एसियाका मुख्य मुख्य माहारथी राष्ट्र प्रमुख स्वयम् आई बधाई दिनु, नजिकिन खोज्नु जस्ता दृष्टान्तबाट पनि यो प्रष्ट हुन्छ बोधिवृक्षको विकल्प यो ५ वर्षका लागि मात्र सिमित हुन सक्दैन । यसलाई संयोग नमान्दा हुन्छ की, यो वोधिवृक्षले बनाएको एक इतिहास नै हो की, संविधानसभाका सभासदहरुले ध्वनीमतले पारित गरेर लागु गरेको वर्तमान संविधानको दुवै अवस्थामा पहिलो सरकार प्रमुख हुने सौभाग्य पाए । अन्त्यमा मत विभाजन गरेर पारित गरिएको भएता पनि यसका धाराहरु, धारा माथिका संशोधनहरु सवै ध्वनि मतले पारित भएका थिए । जुन संविधानलाई एसियाकै उत्कृष्ट एवम समसामयिक भएको मानिन्छ ।

सुविधाजनक रुपमा रहेको बाम गठवन्धन सरकारको नेतृत्व गरेका उनै वोधिवृक्षलाई संविधान निर्माणका वखत एमालेसँग तिक्त सम्वन्धमा देखिएका संघिय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टीले पनि समर्थन गरेपछि तिन चौथाई विश्वासको मत सम्भव भएको हो । वर्तमान नीति अनुरुप प्रधानमन्त्री बनेको १ महिना भित्र विश्वासको मत लिनु पर्ने प्रावधान अनुरुप भएको मतदानमा पक्षमा २०८ र विपक्षमा केवल ६० मात्र मत पर्नुको अर्थ यस सरकार प्रतिको विश्वास र भरोषाको मापन गर्न सकिन्छ । सरकारमा कहिले बाम गठवन्धनका २ मूख्य दलहरु नेकपा एमाले र नेकपा माओवादी केन्द्र मात्र सहभागी छन् । केहि समय अघी मात्र समाजबादी दल जो मधेसका जनताका नाम भजाएर आफ्नो दुनो सोझाउने अवसरबादी नेताजीले सराकार छोडेर पुन : अर्को बार्गेनिङ गर्न निस्केका छन । र राजपाले विश्वासको मत एवम् सरकारमा सहभागि हुने सम्भावनाले तराई मधेश केन्द्रित दलको मुद्दा ४  वर्ष अगाडि देखि अल्झिएको संविधान संशोधनको आकांक्षा पनि समुदायमा व्युँतिएको हुँदा यसलाई संवोधन गरी मधेशका वहूसंख्यक जनसमुदायको मत जित्न थप नयाँ अवसर प्राप्त भएको भन्ने निक्र्यौल निकाल्न सकिन्छ ।

आफुले पाएको बहुमतले अब मुलुक एकजुट भएर अगाडि बढ्न लागेको सकारात्मक सन्देशका लागि रहेको र यस सरकार विकासको अग्रणी, भ्रष्टचारी विरोधी र सदाचारको अभियन्ता हुने प्रतिवद्धता व्यक्त गरेका विधिवृक्षले यि प्रतिवद्धता र दाविलाई एक/एक गरी प्रमाणित गर्दै गरिरहेका छन।

संविधान अनुसार तिनै तहको निर्वाचन पश्चात् मुलुक  औपचारिक रुपमा संघियतामा प्रवेश गरिसकेको परिप्रेक्षमा संघिय संरचना अनुसार प्रदेश सभाको गठन भएको र सात ओटै प्रदेशको प्रादेशिक सरकारले आफ्ना–आफ्ना प्रदेशका काम द्रुत गतिमा अगाडि बढि सकेका छन् र नियमित समयमा वैठक बसी जनताको पक्षमा काम शुरु भईसकेको छ । सरकारले सातै वटा प्रदेशमा मन्त्रालयको संरचना तयार पारी हाम्रो मुलुकलाई संघिय संरचना अनुरुप ढाल्दै आम नागरिकको हक, अधिकार प्रदान गर्ने तर्फ अघि बढि रहेको छ ।

मुलुकले सम्भवतः पहिलो पटक दुइ तिहाइ समर्थनको शक्तिशालि सरकार पाएको छ । बोधिवृक्षले निर्वाचन अघी जारी गरेको घोशणापत्र अनुरुप जन चाहना अनुसार देश बिकाश गर्न का लागी आवास्यक पर्ने अपरिहार्य कानुनहरु एक पछी अर्को धमाधम निर्माण गरी बिकाश निर्माणको काम तिर्न रुपमा अगाडी बढिरहेको अवस्थामा हाल नेपालमा देखिइ रहेको राजनैतिक तण्डव नृत्य एबम यानिकी ऊनै भरोसा गरिएका एक सारथी हाम्रा अर्का श्रदेय कमरेड प्रचण्डको बिसयका बारेमा । फुटाउ र राज गरौ भन्ने मानसिकतामा रुमल्लिरहेका प्रचण्ड कमरेडको नियती नै हो , जुन कुरा यस अघी शेर बहादुर देउवालाई उचालेर लास्टमा फेद काट्न चालेका कदम होस वा के पि ओलि नेतृत्वको पहिलो सरकार गठन र बिघठनमा खेलेको खुरापातीपनको बारेमा जनता एबम कार्यकर्ता ले लगाउदै आएका आरोप के कत्ती सत्य हुन वा होईनन त्यो सबैले मनन गरेकै छन ।

अब केहि प्रसङ्ङ परिवर्तन गरी मैले यहाँ उल्लेख गर्न लागेको मुख्य कुरा भनेको अहिले का प्रधानमन्त्री अनि सरकारलाई अरु ले त गरे गरे तर आफ्नै भनाउदा हितैसी मित्रहरुले पनि उछिटो खनेको र बर्तमान सरकारलाई अफ्ठ्यारोमा पारेर असफल सिद्द गर्ने ध्याउन्नमा हाम्रा आफ्नै ठुला नेताज्युहरु दगुरिरहेको देख्दा सारा जग हसाइ भएको भान भइरहेको कुरा यत्र तत्र सर्बत्र गसिप बनिरहेको छ । लगभग दुइ साल अघी मैले नेपालको एक प्रमुख रास्टृय दैनिक मा “बिसाल जेट बिमानको दुइ जना पाइलट “ शिर्शक मा एक आलेख प्रकाशित गरेको थिए । जहाँ अर्का अध्यक्ष कमरेड प्रचण्ड प्रती धेरै आशा र बिस्वास गरेर भरोसायोग्य कुरा उल्लेख गरेको थिए र अझै पनि त्यो छ पनि । तर जनताले कमरेड प्रचण्डलाई भन्ने गरेको यि र यस्ता आरोप लाई असत्य साबित गर्नु पर्छ । किनकि तपाइ प्रती धेरै आशा र भरोसा गरेका छन जनता अनि हामी कार्यकर्ताहरुले । जनता एबम कार्यकर्ताहरुले लगाउने आरोप मध्य पारिवारिक स्वार्थ मोहमा रास्ट्र बाट प्राप्त स्रोत साधन हरुको दोहन केवल एकाघरका सदस्यहरुले मात्र गर्ने गरेको अनि कहिल्यै स्थिर हुन नसक्ने बिचलित मानसिकता तथा ताली पाउने स्थानमा के पनि बोल्ने र बोलीको टुङ्गो नहुने कुरालाई असत्य साबित गर्न र सो को प्रमाणित गराउन ब्यबहारिक रुप मै यानिकी एक्सनले नै साबित गर्नै पर्छ ।

कहिलेकाही किन किन त्यत्ती ठुला कदका प्रचण्ड दिवालियापनमा रमाउन लागेको देख्दा केवल सदासयता प्रकट गर्न मन लाग्छ । सत्तामा बस्ने वा त्यसै इतरको खेलमा रमाइरहन मन लाग्ने स्वभाव हो वा खै कुन्नी उनले प्रत्यक महिना केहि न केहि नया गसिप छिकेर भाइरल भइरहन मन लागेको देख्दा सारा जनमानस ले कुरीकुरी भन्दै छन । कहिले नाययण काजी कमरेडलाई उम्मेदवार बनाउने देखी बैठक माइन्युटमा पहिलो हस्ताक्षर आफ्नै हुने गरी आफुलाई कार्यकारी अधिकार चाहियो भन्दै मिडियाबाजी गर्छ न त कहिले अब आफुलाई फेरी झट्टै प्र म हुन मन लागिसक्यो भनेर कोकोहोलो गर्छन ।  कुन कार्ड फाल्दा चाही आफु सबैभन्दा सुपरहिट एबम सुपर पावर बन्न सकिन्छ केवल त्यो मात्र ध्याउन्नमा तल्लिन हुँदै गर्दा ऊनी जस्तो चतुर राजनीतिक खेलाडीले पक्कै आफ्नो बिगत पृस्ठभुमी भुलेका छैनन जस्तो लाग्छ मलाई चाही । मणी थापा, मोहन बैध्य, मातृका यादव , बिप्लब्, बाबुराम भट्टराइ लगाएत का मुख्य मुख्य नेताहरुले हजारौ लाखौ कार्यकर्ता आफु सँग लिएर उहालाई छोडेर गैसकेको बेला त्यो बेला मा केवल के पि ओलि ले नै हो गालामा हात राखी चिन्ता नगर्नुस्, तपाइ एक्लो हुनुहुन्न, हामी सङ्गै यात्रा गरौला भनेर हात समाएर जगार तारिदिने । हिजो ओली ले हात समाएर बैतरणी खोला नतारिदिएको भए यत्ती बेला कमरेड प्रचण्ड कि त सि पि कमरेड जसरि बिरोधै मात्र गरी बस्थे होलान कि त एक्लो भइ के.सी. कमरेडले जसरि ताइ न तुइले बेसुरमा बर्बाराइरहनु सिबाय अरु माथिल्लो अवस्था रहदैन थियो, हिजो उपरास्ट्रपती लाई निरन्तरता दिने काम देखि, सभामुख बनाउने सम्म अनि प्र. म. बन्न मन लागेको आशय देखी बामदेब कमरेडलाई प्रयोग गरी सरकारलाई कालन्तरमा बिघठन गर्नलाई माधब कमरेडलाई शक्तीको आसारुपी हरियो घास , जे.एन. कमरेडलाई रास्ट्रपती बनाइदिने लालिपप्, अनि बर्ष वर्श आफै शक्ती केन्द्र मै बसिरहने कुचेस्टाको दिवास्वप्न देख्न पो फेरी थाले कि जस्तो च र्चा यतिबेला भाइरल भएको छ ।

हिजो माधब कमरेडलाई बिसबृक्ष उपम दिएका प्रचण्ड कमरेडले एक अन्तर्वार्तामा भनेका थिए कि मैले बिगत दश बार्ह बर्स देखी आफुले चाहेको मान्छेलाई सरकार प्रमुख बनाए को हुँदा त्यो त आफ्नो बाया हातको खेल भनेर जुङा मुसार्दै गर्ब गर्दै पुक्क फुलेका थिए । यो फुटाउ राज गर भन्ने सदासर्बदाको फोहोरी खेलको क्याप्टेनले कोच गरेको उनिले सिकाएका राजनैतिक बिद्यालयबाट हामी बिद्यार्थीहरुले के सिक्नु ? माधब कमरेड हाम्रै नेता हुन । बामदेब्, जे एन्, प्रचण्ड कमरेड हाम्रै नेता हुन । उहहरुले नै हो हामी कार्यकर्तालाई स्थिर सरकार निर्माणका लागी कम्युनिस्ट पार्टी माभोट माग्न अर्हाउनु भएको । उहाहरु कै आदेश ले नै हो हामी जनताका घर दैलोमा गएर हात जोड्दै स्थिरता का खातिर हाम्रो पार्टीलाई भोट दिनुहोस्” भन्दै हिडेको तर अहिले २ साल नपुग्दै अनेक बखेडा निकालेर अस्थिरता निम्त्याउन अग्रसर भएको देख्दा हिजो मतदान जनता सामु हामी के दात ङिच्याउदै जानु ? हाम्रो स्कूलको हेड सर हो तपाइ, अब तपाइको स्कूलबाट हामी के सिक्ने अध्यक्ष प्रचण्ड ? हुन त हिजो को जुत्ताको केशको यो तात्तातो अवस्था मा यो प्रश्न सोध्न त मलाई नैतिक रुपमा नदेला । जुन जुत्ताको केश अत्यन्तै भत्सर्ना योग्य छ ।

तर यो मेरो प्रश्नको उत्तर कसरी दिनुहुन्छ त्यो प्रतिक्षामा छु । माधव नेपाललाई पनि केही भन्नु छ । कमरेड नेपाल, तपाई नेकपा एमालेको १५ वर्षे महासचिवको  विरासत सहित लगभग ५० भन्दा माथिको राजनीतिक जीवन विताउनु भएको हाम्रो नेता हो । हिजोका दिन फर्केर हेर्नुहोस त कमरेड, तपाई २०५१ सालमा नेकपा एमालेको महासचिव, उपप्रधानमन्त्री र रक्षामन्त्री हुदा प्रचण्ड कमरेडको कद कहाँ थियो ? तपाइको नेतृत्वमा २०५४ सालमा भएको स्थानीय निर्वाचनमा नेकपा एमालेले ७० प्रतिशतभन्दा वढी स्थानमा विजयी हाँसील गर्ने क्षमता वोकेको तपाई अहिले प्रचण्डलाई नेता मानेर उहाँको भकुण्डोमा खेली रहनु भएको देख्दा केवल सदासयता प्रकट गर्न मन लागेको छ ।  अनि अर्कातिर अस्टलक्ष्मी कमरेड होस वा भिम रावल कमरेडले सरकारको बिरोध गर्नु भनेको अङ्गुर खान नपाए पछी अमिलो भनेको भन्दा अरु कुनै तिक देखिन्न ।

स्मरण रहोस  के पि ओलि त्यो माटोमा उमृएका “बोधिबृक्ष” हुन जो सानो ति नो हावाहुरीले उनको समृद्द मुलुक बनाउने सपनाको दियोलाई कसैले निभाउन सक्दैन न त त्यो महान बृक्षलाई हल्लाउन नै सक्छ ।  भनिन्छ सतिसाल लाई बिशालु साप ले बेरे पनि त्यो कहिल्यै बिशालु बन्दन्न । बरु  साप कै बिश नै परिवर्तन  गरिदिन सक्छ । जती घेराबन्दी र असफल गर्न खुरापाती प्रबृत्तीका केहि पात्र अहोरात्र छट्पटीका साथ लागी परे पनि त्यो त्यान्द्रा लहराले कुनै लछार्पाटो लगाउन सक्ने छैन र त्यो केवल अङ्गुर खान नपाउदाको अमिलो भनेर इर्श्या गरेको बाहेक अरु कुनै कुरा होइन भनेर सजिल्यै अनुमान लगाउन सक्छौ । जनमतको जगमा उभिएको नेकपाको सरकारविरुद्ध आफुभित्रकाहरुवाटै हुन खोजेको घरेलु र वाहय षडयन्त्रहरुलाई चकनाचुर पार्दै देश र जनताका लागि नेकपाका कार्यकर्ता र आम जनमतको वलमा अत्यन्त प्रतिकुलताका वावजुद पनि नेकपाको अहिलेको नेतृत्व बोधिबृक्ष रुपी कमरेड खड्ग ओली  वनेर एक्लै ठिङग एक्लै उभिन सक्छन । मृगौला प्रत्यारोपणको लागी हाम्रो सम्माननिय प्राधानमन्त्री खड्ग प्रसाद ओली हाल शिक्षण अस्पतालमा भर्ना हुनुहुन्छ । यो कार्यकाल मात्र होईन अझै अर्को कार्यकाल पनि तपाइको खाचो छ देश लाई तसर्थ सतिसाल झै ठिङ्ङ उभिने तपाईंको मन जस्तै शरिर पनि चाडै निको भएर बाकी अधुरा काम र  देखेको सुन्दर नेपाल निर्माणका सपनारुपी अघी सारेका “ड्रीम प्रोजेक्ट” को सफल कार्यान्वयन गरी सिद्ध गर्ने गर्नका के पी ओली को अझै दिर्घ कालिन नेतृत्वको आवस्यकता रहेको हुँदा म ब्यक्तिगत रुपमा उहाको  सिघ्र स्वास्थ्य लाभ कामना गर्दछु ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

राष्ट्रपतिमा कांग्रेसको सम्भावना बलियो, उपराष्ट्रपति जसपालाई

बालुवाटार बैठक सकियो, राष्ट्रपतिबारे पाँच बजेपछि निर्णय

राष्ट्रपतिको निर्वाचनमा राष्ट्रिय सहमतिको प्रयास हुन्छ ,सरकारमा जादैनौ : नेता कोइराला

ट्रेन्डिङ

सबै

पिएनजीविरूद्ध युएई ९७ रनमै अलआउट नजिकको

विवाह गर्दै लोकगायिका भूमिका गिरी

जीप दुर्घटना : दुई जनाकाे ज्यान गयाे, ९ जना घाइते

बिहानै दुई स्थानमा भूकम्प

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

तौल घटाउन ग्रिन टी पिउने सही तरिका के हो ?

सर्वोच्चले दिएन सन्दीपलाई विदेश जाने अनुमति

राष्ट्रपतिमा कांग्रेसको सम्भावना बलियो, उपराष्ट्रपति जसपालाई

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
प्रेस काउन्सिल दर्ता नं.
१९६३/०७६-०९-१६
सम्पर्क
मोबाइल – 9846782512
ई–मेल
narayanidainik@gmail.com

हाम्रो टीम

सम्पादक
विक्रम रेग्मी

संवाददाता
सिर्जना ढकाल
बिबेक अधिकारी
अमिर

भिडियो न्युज
बबिता

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2023 Narayani Dainik | All rights Reserved.