बिश्वनै कोरोनाको महामारीले गुज्रिएको बेला , नेपालमा पनि लागू भएको लकडाउनले विभिन्न क्षेत्रमा प्रभाव परिरहेको अवस्थामा नेपालको शिक्षा क्षेत्र पनि निकै प्रभावित भएको छ ।
त्यसैगरीगरि म अध्ययन गर्दै आएको सप्तगन्डकी बहुमुखी क्याम्पसको आज जारी भएको अनलाइन कक्षा सञ्चालन सम्बन्धि सूचना प्रति गम्भीर ध्यानाकर्षण भएको छ । क्याम्पस प्रशासनले उक्त सुचना जारी गरिरहदा , के हरेक विद्यार्थीलाई अनलाइन कक्षा लिनका लागि उचित पुर्वाधार छ्न ? पुर्वाधारको कुरालाई मनन नगरी के यो सुचना जारी गर्नु उचित होला ?
सबै बिद्यार्थीसंग ईन्टरनेटको सुबिधा छ ? म एउटा सामान्य विद्यार्थीको हैसियतले पुर्वाधारको उचित व्यवस्थापन वा विकल्प खोजेर मात्रै औपचारिक रुपमा अनलाइन कक्षा संचालन गरिदिनु हुन क्याम्पस प्रशासन समक्ष हार्दिक अनुरोध गर्दछु ।
निर्मल धिताल –
सप्तगण्डकी बहुमुखी क्याम्पस भरतपुर १०- चितवनमा बिबिएस दोस्रो वर्षमा अध्ययनरत विद्यार्थी