तत्कालीन नेकपा एमालेको नवौँ महाधिबेसनबाट निर्बाचित अध्यक्षका नाताले केपि ओली र तत्कालिन एमाओबादिको अध्यक्षका नाताले प्रचण्ड, दुबै एकता प्रकृयामा अध्यक्ष बन्नुभएको हो । एकताको प्रकृयाबाट आएका कारण पार्टीमा केही समय विभिन्न समूह र बिचारकेन्द्रहरु देखापर्नु स्वभाबिक नै हो ।
तर विभिन्न समुहको नाममा स्वार्थकेन्द्र एवं सत्तामोहका कारण कसैले बहुमत हामीसंग छ, दुइ अध्यक्ष मध्ये एकलाइ वा दुबैलाइ बहुमतको प्रयोग गरी अध्यक्षबाटै हटाउँछु भन्नु हाँस्यास्पद, सार्वाधिक मुर्खतापुर्ण एवं एकता बिरोधि कुरा भन्दा के हुन सक्छ ?
देशभरीका आम कार्यकर्ताले निर्वाचित गरेका अध्यक्षलाइ हटाएर उही निर्वाचनमा पराजितले मलाइ अध्यक्ष चाहिन्छ भन्नु कति निर्लज्ज चाहना हो ? लोकतान्त्रिक पद्धति, मुल्यमान्यता त यीनको खल्तिबाट झिक्ने कुरो झै पो छ । यो जत्तिको अराजकताको पराकाष्ठा के हुन सक्छ ?
केहि नेताज्युहरुबाट जे जस्ता हर्कतहरु गठन/मन्चन भइरहेका छन ति सिर्फ आफ्नै नेतृत्व क्षमताको निकम्मापन र कुन्ठाबाट सिर्जीत देखिन्छ । र मुलभुर रुपमा किमार्थ त्यो पार्टी एकताको भावना हुनसक्दैन |
दुइ अध्यक्षको कुसल नेतृत्व, समझदारीपुर्ण प्रयास र खासगरी केपि ओलीको बिगतमा गरेका काम र आकर्षणका कारण गत निर्वाचनबाट बहुमत प्राप्त गरेको पुष्टि भैसकेको छ ।
पुर्ब पार्टीहरुबाट प्रतिनिधित्व गर्ने नेता तथा सांसदहरुका खुल्ला अभिब्यक्तिले आम पार्टी नेता कार्यकर्ता, बहुमत साँसदहरु पार्टी एकता, सरकारले प्राप्त गरेको आर्थिक बृद्धि, बिकाश निर्माणका क्षेत्रमा प्राप्त अभुतपुर्ब सफलता, सरकारले देखाएको असाधारण दुरदर्शिता तथा साबधानिपुर्वक कोरोना जस्ता महामारिबाट देश र जनतालाइ जोगाउन प्राप्त गरेको सफलता लगायतका पक्षमा रहेको स्पस्ट देखिन्छ ।
अध्यक्षहरुको हेरफेर माहाधिबेसनबाट मात्रै हुन सक्दछ, यो एउटा अकाट्य र निर्विकल्प सत्य हो |
शिवहरि दाहाल