• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
बिहिबार, असोज ०८, २०८३
☰
    • समाचार
    • राजनीति
    • नारायणी
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U
    • English

भर्खरै

शनिबारसम्म वर्षा निरन्तर बढ्ने संकेत, सावधानी अपनाउन आग्रह “

चुरोट तथा सुर्तीजन्य पदार्थ बोकेर आएका व्यक्ति विमानस्थलमै पक्राउ

नेपाल वादरियो कराते चितवनमा नयाँ नेतृत्व, अध्यक्षमा निशान्त धमला

थ्री एन्जल नेपाल,चितवनको पहलमा १० दिनपछि धादिङमा फेला परिन राक्सिराङकी १५ बर्षीय किशोरी

मलेसिया रोजगारीको सिन्डिकेट तोड्न प्रधानमन्त्री शाहको निर्देशन

भरतपुर महानगर सभापतिका दाबेदार बुद्धिकान्त न्यौपाने वडा–६ बाट सर्वसम्मत प्रतिनिधि चयन

धनकुटामा सुमो दुर्घटना, एक जनाको मृत्यु

सञ्चारमन्त्रीसँग कोरियाका राजदूतद्वारा शिष्टाचार भेट

मानव-वन्यजन्तु द्वन्द्व घटाउन ४० करोडको लगानिमा कंक्रिट वाल,तर निर्माण अझै अपुरो – मानबहादुर स्याङ्बो

लोकप्रिय समाचार

  • १. धनकुटामा सुमो दुर्घटना, एक जनाको मृत्यु

  • २. चुरोट तथा सुर्तीजन्य पदार्थ बोकेर आएका व्यक्ति विमानस्थलमै पक्राउ

  • ३. शनिबारसम्म वर्षा निरन्तर बढ्ने संकेत, सावधानी अपनाउन आग्रह “

  • ४. मलेसिया रोजगारीको सिन्डिकेट तोड्न प्रधानमन्त्री शाहको निर्देशन

  • ५. सञ्चारमन्त्रीसँग कोरियाका राजदूतद्वारा शिष्टाचार भेट

  • ६. भरतपुर महानगर सभापतिका दाबेदार बुद्धिकान्त न्यौपाने वडा–६ बाट सर्वसम्मत प्रतिनिधि चयन

  • ७. नेपाल वादरियो कराते चितवनमा नयाँ नेतृत्व, अध्यक्षमा निशान्त धमला

  • ८. थ्री एन्जल नेपाल,चितवनको पहलमा १० दिनपछि धादिङमा फेला परिन राक्सिराङकी १५ बर्षीय किशोरी

अन लाईन कक्षाको आवश्यकता र औचित्य ? -डा. गोपीनाथ कण्डेल



  •   आइतबार, बैशाख २१, २०७७
  • A
  • A+
  • A++

वर्तमानमा सारा मानव कोभिड १९को वैश्विक महामारीका कारण आतङ्कित बनिरहेको छ। यस परिप्रेक्षमा कोरोना भाइरसका साथै आफ्ना सन्ततिको भविष्य के हुन्छ भन्ने विषयले , त्यसै गरि गैरसरकारी शैक्षिक संस्था आफ्नो आय कसरी व्यवस्थापन गर्ने भन्ने विषयले एवम् शैक्षिक क्षेत्रमा कार्यरत शिक्षक तथा कर्मचारीहरू आफुले खाईआएको तलब भत्ता के हुन्छ भन्ने कुराले चिन्तित देखिएका छन् जो स्वाभाविक पनि हो।

त्यही समस्याको समाधानको लागि हिजो आज अन लाईन कक्षाको अवधारणा अगाडि बढिरहेको छ। के यो सोच आवश्यक र उचित छ त? यो विषयमा अभिभावक एवं सम्बन्धित सबैले गहिरिएर सोच्नुपर्ने देखिन्छ ।

आदरणीय अभिभावक ज्यु,
सर्वप्रथम हामीले शिक्षा भनेको के हो र यसको उद्देश्य के हो भन्ने कुरा बुझ्न जरुरी छ। सामान्यतः विद्यार्थीलाई जीवनमा आवश्यक पर्ने सीप र ज्ञानको आर्जनलाई नै शिक्षा भनिन्छ ,भने आफ्नो राष्ट्र र समाजलाई आवश्यक जनशक्ति उत्पादन गर्ने शिक्षाको उद्देश्य हो।

जुन शिक्षा व्यक्तित्व विकासका साथै राष्ट्रोन्नतिको संवाहक हुन्छ त्यो नै उत्तम कहलिन्छ।

आजकल बिद्यालय र कलेजमा दिइने शिक्षा औपचारिक शिक्षा मात्र हो जुन शिक्षार्थीको लागि पर्याप्त छैन। शिक्षाले आफ्नो मौलिक भाषा, संस्कार,इतिहास ,परम्परा र मूल्यमान्यताको संरक्षण गर्ने दक्ष जनशक्ति तयार गर्न सक्नु पर्ने हुन्छ, जो नेपालको वर्तमान शिक्षाले गरेको देखिदैन।

हामीले आफ्नो सन्ततिले अंग्रेजी जानेकोमा र बोलेकोमा गर्व गर्छौ तर आफ्नो नेपाली भाषा विर्सिएकोमा चिन्ता मान्दैनौ। आफ्नो सन्तानले के ज्ञान हासिल गर्यो भन्दा पनि कुन ग्रेड र कति प्रतिशत अङ्क ल्यायो भन्ने विषयको चिन्ता गर्दछौं। के यो उचित हो? हामी हाम्रो सन्तानलाई जानी जानी आफुबाट र राष्ट्रबाट टाढिन बाध्य पारिरहेका छौं। समयमै सचेत बनौं।

लक डाउनको यो कठिन समयलाई अवसरको रूपमा उपयोग गर्दै आफ्ना सन्ततिलाई अनौपचारिक शिक्षा प्रदान गर्ने कार्य गरौं। किताबी भूतबाट केहीदिन मुक्त गरौं ।

यो समयमा बालबालिकालाई आफ्नो धर्म,संस्कार,परम्परा, कुल, पिता पूर्खा,महापुरूष,पौराणिक कथा,नैतिक शिक्षा ,व्यवहारिक ज्ञान,घरायसी काम,पूजा आजा, देवताका स्तुति आदि सिकाएर व्यवहारिक शिक्षा प्रदान गर्न सक्ने छौं।

अन्तमा नेपालको शिक्षा गरीब तथा दूरदराज क्षेत्रको पहुचमा न पुगेको आरोपलाई मलजल दिने अन लाईन कक्षा तत्काल आवश्यक छैन , यसले गरीब तथा विपन्न छात्रछात्रालाई अझ धेरै शिक्षाको पहुँचबाट अलग गराउने कुरा अवगत गराउदै, सजग हुन सम्पूर्ण सम्बन्धित पक्ष सङ्ग आग्रह गर्दछु।

अन लाईन कक्षाको बहानामा शैक्षिक संस्थाहरू कतै अभिभावक सङ्ग रकम असुल्ने फिराकमा त छैनन्? सतर्क हुन समेत सम्पूर्णलाई अनुरोध गर्दछु। शैक्षिक संस्थाले समेत स्पष्ट जानकारी गराएर मात्र उक्त कार्यक्रम सञ्चालन गर्न गराउनुहुन समेत आग्रह गर्दछु।

डा. गोपीनाथ कण्डेल
(उप-प्राध्यापक नेपाल संस्कृत विश्वविद्यालय )
एवम् राष्ट्रिय उपाध्यक्ष प्राज्ञिक विद्यार्थी परिषद् , नेपाल

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

मानव-वन्यजन्तु द्वन्द्व घटाउन ४० करोडको लगानिमा कंक्रिट वाल,तर निर्माण अझै अपुरो – मानबहादुर स्याङ्बो

रवि लामिछानेलाई उच्च अदालतले धरौटीमा रिहा गर्ने आदेश

अर्धबेहोस अवस्थामा जहाजबाट दोहा पुगे रूद्रकली र खगेन्द्रप्रसाद

ट्रेन्डिङ

सबै

शनिबारसम्म वर्षा निरन्तर बढ्ने संकेत, सावधानी अपनाउन आग्रह “

चुरोट तथा सुर्तीजन्य पदार्थ बोकेर आएका व्यक्ति विमानस्थलमै पक्राउ

नेपाल वादरियो कराते चितवनमा नयाँ नेतृत्व, अध्यक्षमा निशान्त धमला

थ्री एन्जल नेपाल,चितवनको पहलमा १० दिनपछि धादिङमा फेला परिन राक्सिराङकी १५ बर्षीय किशोरी

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

शनिबारसम्म वर्षा निरन्तर बढ्ने संकेत, सावधानी अपनाउन आग्रह “

धनकुटामा सुमो दुर्घटना, एक जनाको मृत्यु

चुरोट तथा सुर्तीजन्य पदार्थ बोकेर आएका व्यक्ति विमानस्थलमै पक्राउ

शनिबारसम्म वर्षा निरन्तर बढ्ने संकेत, सावधानी अपनाउन आग्रह “

भाल्चेको भेडा फार्मः नश्ल सुधारदेखि पर्यटन प्रवर्द्धनसम्म

पोखरा महानगरद्वारा बाढी प्रभावितका लागि ४५ लाख सहयोग

भोटेकोशी बाढीः रसुवागढी जलविद्युत् आयोजना स्थलमा उद्धार टोली परिचालित

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
प्रेस काउन्सिल दर्ता नं.
१९६३/०७६-०९-१६

सम्पर्क

विज्ञापन
9806752475

ई–मेल
narayanidainik@gmail.com

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2026 Narayani Dainik | All rights Reserved.