• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
शनिबार, जेठ ०२, २०८३
☰
    • समाचार
    • राजनीति
    • नारायणी
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U
    • English

भर्खरै

बजेट र नीति कार्यक्रममा जनसहभागिता बढाउन सुझाव संकलन पोर्टल सुरु

टाटा पेन्ट्सद्वारा प्रदेश १ का डिलरहरूका लागि सौरहामा डिलर मिट सम्पन्न

घरघरमा पानी पुर्‍याउँदै रत्ननगर खानेपानी: शुल्क घटाएर सेवा विस्तार

सर्वनाम थिएटरमा चैत २७ र २८ गते मदन श्रेष्ठ निर्देशित नाटक ‘१२ दुर्वासा’ मञ्चन हुने

अमलाचौर सम्पर्क समाजको प्रथम अधिवेशन सम्पन्न, नयाँ नेतृत्व चयन

राप्तीमा फोटो पत्रकार महासंघको तेस्रो महाधिवेशन सम्पन्न, नयाँ नेतृत्व चयन

निर्वाचन प्रयोजनका गाडी फिर्ता नगरेको भन्दै Gen Z चितवनको ध्यानाकर्षण

राप्तीमा भलिबल प्रतियोगिता र चैते दशैं मेला हुँदै

प्रजातन्त्रका पहरेदार टेकप्रसाद गुरुङ — एक राजनीतिक प्रोफाइल

लोकप्रिय समाचार

”देश हामी युवाको काधमा छ।” – अमृत सापकोटा



  •   आइतबार, बैशाख २१, २०७७
  • A
  • A+
  • A++

जे गर्नु छ सुरुवात आजैबाट आफैबाट गर्नुपर्छ । अनिमात्र देश तथा समाज विकासमा आफ्नो भूमिका अतुलनीय रहन्छ । यहि प्रतिबद्धताका साथ लागि पर्यौ भने अवश्यै नै समाज र राष्ट्र विकास तर्फ लम्कन सम्भव होला । नत्र भने जति यसको बारेमा चर्चा परिचर्चा गरे पनि बेकार रहन्छ । त्यसैले वर्तमान परिस्थितिलाई जो कोहीले पनि सामना गर्न सिक्नु पर्छ ।

समाज यतिबेला परिवर्तनको प्रशव पिडामा छटपटाइरहेको छ । यहि परिवर्तनको प्रसव पिडालाई मेटाउन युवा वर्ग होमिएर लागि पर्नु आजको मूलभूत आवश्यकता देखिन्छ । इतिहासको भोक, रोक र शोकलाई निर्मुल पार्न यतिखेर कम्मर कसेर लागी पर्नु नै युवाले समाजमा गर्नुपर्ने भूमिका देखिन्छ । तर युवालाई यस्ता भूमिकाहरु नदिने हो भने युवा वर्गले विद्रोह पनि गर्न सिक्नुपर्छ ।

परिवर्तन आजैबाट गर्नुपर्छ अनि आफैबाट गर्नुपर्छ । यति भनिरहदा परिवर्तन गर्न खोज्नेहरुमा, इच्छुकहरुमा नयाँ उत्सुकता जाग्न सक्छ । यसलाई सहजै रुपमा लिई भएका आशा र अपेक्षाहरु पूरा गर्न अहिलेका जल्दा बल्दा युवाहरु तत्पर रहनुपर्छ । समाज परिवर्तनको अमूल्य सम्पति युवा नै हो भनीरहदा उनीहरुलाई राज्यले पनि नविन चेतना, जिम्मेवारी नागरिक र जागरुका नागरिकको दर्जामा उल्लेख गर्नुपर्छ ।

देश अहिले सामाजिक, आर्थिक, राजनैतिक लगायत विविध झमेलामा अल्झिएको अवस्था छ । युवा पुस्ताले यस्ता झमेलालाई तिखार्नू अति आवश्यक छ र आफू पनि तिखारिनु पर्छ । देशलाई कुन अवस्थामा लैजाने हो त्यसको निर्णय गर्ने जिम्मेवारी युवाहरुमा नै हुन्छ त्यसैले युवालाई सहि बाटोमा पहिचान गर्न सिक्नु पर्छ ।

हामी इतिहासको एक यस्तो महत्वपूर्ण अवस्थामा उभिएका छौं । जुन मोडमा समस्या, चुनैति र अवसरहरु एकै साथ थुप्रिएका छन् । हाम्रा अगाडि प्रशस्त मात्रामा सामना गर्नुपर्ने चुनौतिहरु ठडिएको छ । जति बढी चुनौतिपूर्ण अवस्था हुन्छ हामीले गर्ने योगदानको महत्व त्यति नै बढी हुन्छ । यसैले आजको पुस्ता भनेको इतिहासमा सर्वाधिक महत्वपूर्ण योगदान प्रदान गर्ने सुयोग्य पुस्ता पनि हो ।

आज गरेको योगदानले भविश्यका लागि एक महान् अवसरको सृजना गर्ने बाटो पनि हो । यस्तो अवसरलाई युवाले गुमाउनु हुदैन । हामीले गर्न जान्यौ भने सिक्न सक्यौ भने विगत आफै एउटा महत्वपूर्ण शिक्षक हो । जसरी एउटा शिक्षकले जीवनको कालान्तरसम्म पनि निरन्तर रुपमा विद्यार्थीहरुलाई पाठ सिकाईरहेको हुन्छ । त्यसरी नै युवाले पनि आफ्नो भूमिकाको बारेमा पाठ सिक्नु पर्ने हुन्छ ।यहि भूमिकालाई आजको युवा पुस्ताले मनन गर्दै जानुपर्छ । विगतमा सिकेका, जानेका कुरालाई व्यवहारमा उतार्न सिक्नुपर्छ । अनि मात्र देश तथा राष्ट्रले खोेजेको र रोजेको सुयोग्य नागरिकको रुपमा शिर उचालिन्छ ।

युवा युवा बीचको अन्धविश्वासको दरिलो घेरा समाजमा बड्दै जाँदा मुक्तिको सास समेत नअट्ने हो कि भनेर अनुमान लाउन सकिन्छ । अब यस्ता भेदभावपूर्ण समाजको अन्त्य गर्न आजका युवा वर्ग तातिनु पर्छ । योे अन्त्य गर्ने जिम्मेवारी अबका युवापुस्ताको हातमा छ ।

यो सभ्य समाजको निर्माणमा होमिनु युवाको नै हात छ । अब आजका नयाँ युवा पुस्ताले समाजका यस्ता कुरिती, विकृतिलाई निमोठि सभ्य समाजको परिचय दिन जरुरी छ । होइन भने इतिहास देखि ठगिन पुगेको नेपाली समाज तिम्रो स्थान न्युन नै रहन्छ । सरकारले पनि युवाहरुको उर्जा र प्रतिभाबाट लाभ लिनुको सट्टा कुलत, विकृति, र अस्थिरताको सामना गर्नुपर्ने स्थिति आउन सक्छ ।

पूर्खा देखि नै चलि आएको कुरीति वेथितिहरुलाई लगायतका कुराहरुलाई अहिलेका नव युवाहरुले निमू्र्ल पार्नु सक्नुपर्छ । समाज परिवर्तन गर्ने चाहना राखेर मात्र हुदैन । सर्वप्रथम त आफू परिवर्तन हुन जान्नुपर्छ ।

अनि मात्र समाजको परिवर्तन हुन्छ । आफूलाई परिवर्तनको सम्भावक मान्नेहरु परिवर्तनको पक्षमा चालिनुपर्छ । अहिलेका युवाहरु समाज परिवर्तनको संम्वाहक भनिरहदा कतै युवा वर्ग नै यस्तै जञ्जालमा त फसेका छैनन् र एकपटक खोजी गर्नुपर्छ युवा तिमीले नै ।

यो युगले यतिखेर युवाहरुलाई खोजिरहेको छ । समाजमा रहेको लाज मर्दा कुराहरुको परिवर्तन गर्नको लागि आशाको केन्द्रविन्दु बनाएको छ । अब युवावर्गले ढिला गर्नु हुदैन । यस्ता व्याप्त जातीय भेदभाव, अन्यय , अत्याचारका लगायतका भेदभावको बलियो साङ्लो तोड्नु पर्छ अनि मान्छे मान्छे बीचमा रहेको यस्ता कुरितिको नाता तोड्नु जरुरी छ ।

युवावर्गले नै यस्ता कुराहरुलाई नजरअन्दाज गर्न थाल्यै भने यस्ता कुसंस्कारलाई कसैले पनि हटाउन सक्दैन । त्यसैले युग बुझेको, संसार बुझेको युवा तिमी अहिल्यै नै जुर्मूराउनु आवश्यक छ । र समाजमा व्याप्त यस्ता कुठितिलाई जरै देखि उखेल्नु पर्छ ।

अनिमात्र तिमिले आफ्नो परिभाषा पाउन सक्छौ होइन भने तिमि आफू युवावर्ग भन्ने परिभाषाबाट नजिक हुनु बेकार छ । देश बनाउने काम हो तिम्रो, बुद्धको जन्मभुमीमा झगडा मोल्ने होइन, फेसबुक र ट्वीटरमा तिम्रा गहकिला डिजिटल शब्द लेखेर बस्ने समय तिमीसंग छैन।

नेताका भाषण सुनेर वाहा वाहा अनि भोली पल्ट फेरी फटाहा भन्ने तिम्रो काम होइन। तिम्रो काम त नेताका काम मुल्यांकन गर्ने हो, राम्रो गरेकालाई चुनावबाट प्रत्सोहान गर्ने हो, भष्ट्रचार र ठगिलाई देखा-देख खपिबस्ने तिम्रो काम होइन।

समयसँगै युवा पनि बदलिनुपर्छ र आफूसँगै देशलाई पनि बदल्नुपर्छ । आर्थिक क्रान्तिको दिशामा मुलुकलाई लैजान विकासका निमित्त सर्वत्र दबाब सिर्जना गर्नुपर्छ । युवा समुह अन्य उमेर समुहभन्दा चेतनशील र उर्जावान् हुन्छ । तसर्थ आफ्नो तन, मन वचन र कर्मले राष्ट्रिय विकासका निमित्त युवा लाग्न जरुरी छ ।

तबमात्र हामी सुन्दर भविष्यको कल्पना गर्न सक्छौं । नत्र अब पनि प्रत्येक दिन भोको पेट लिएर दैनिक १५ सयका दरले रोजगारीको खोजीमा युवा पलायन भइरहने हो र तिनलाई स्वदेशमै काम दिन सकिएन भने नेपालको नियति गरिब देशको नाममा भिख मागेर बस्नुबाहेक अरू हुनेछैन । नेपालको विधि र विधानमा युवा हुनुर्पर्छ, नेपालको राजनीतिले बुझ्पनुर्छ, युवाको क्षमता, केवल आन्दोलन र चुनावी प्रचार , राजनीतिकको भर्याङ्ग तथा साधन मात्र होइन।

अमृत सापकोटा
सचिब
महानगर युवा संजाल ,भरतपुर

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

रवि लामिछानेलाई उच्च अदालतले धरौटीमा रिहा गर्ने आदेश

अर्धबेहोस अवस्थामा जहाजबाट दोहा पुगे रूद्रकली र खगेन्द्रप्रसाद

मन्त्री घिसिङको चेतावनी: अलपत्र घुमाउने पुलको ठेक्का एक महिनाभित्र काम नगरे तोडिने

ट्रेन्डिङ

सबै

बजेट र नीति कार्यक्रममा जनसहभागिता बढाउन सुझाव संकलन पोर्टल सुरु

टाटा पेन्ट्सद्वारा प्रदेश १ का डिलरहरूका लागि सौरहामा डिलर मिट सम्पन्न

घरघरमा पानी पुर्‍याउँदै रत्ननगर खानेपानी: शुल्क घटाएर सेवा विस्तार

सर्वनाम थिएटरमा चैत २७ र २८ गते मदन श्रेष्ठ निर्देशित नाटक ‘१२ दुर्वासा’ मञ्चन हुने

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

टाटा पेन्ट्सद्वारा प्रदेश १ का डिलरहरूका लागि सौरहामा डिलर मिट सम्पन्न

बजेट र नीति कार्यक्रममा जनसहभागिता बढाउन सुझाव संकलन पोर्टल सुरु

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
प्रेस काउन्सिल दर्ता नं.
१९६३/०७६-०९-१६

सम्पर्क

विज्ञापन
9806752475

ई–मेल
narayanidainik@gmail.com

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2026 Narayani Dainik | All rights Reserved.