कोभिड-१९ ले नेपाल मात्र होइन बिश्व आतंकित भएको छ । कोरोनाको कारण भएको बन्दाबन्दीको अवधि भर तरकारी आयात ३९% ले र फलफूल आयात ३१६% ले बढेको मन्त्रालयको तथ्यांकले जनाएको छ, आयात ईन्डियाबाट मात्रै भएको हो ।
नेपाली तरकारी र फलफूल खेतमै कुहिएको समाचार र तस्बिर हेर्नु परेको छ, दुध नालीमा घोप्टाउनु परेको छ तर बिदेशी आयातित बस्तुहरुले हाम्रो किचन किचन सम्म जरो गाडेको छ ।
यो त सरासर नेपाल सरकारले स्वदेशी किसानलाई फाँसी जान प्रेरित गर्दै विदेशी किसानलाई करोडपति बनाउने चलखेल भएन? हिजो देखि जे देख्दै आयौ आज पनि त्यहि देख्नु पर्ने भए यत्तिका मेहनत गरेर ब्यबस्था परिवर्तन गर्न किन जरुरी थियो?
कमिशनको चक्करमा स्वदेशी कलकारखाना बन्द गर्ने र रेडिमेट बस्तु आयात गर्ने, अनेकन बाहानामा कृषि क्षेत्रलाई उपेक्षित गर्ने, गरिहाले पनि अर्बौ रुपैयाँ अनुदान उपलब्ध गराउने तर आफ्नो देशलाई पुग्ने साग बोडी उत्पादन गर्न नसक्ने?
कहाँ जान्छ त्यतिका अनुदान? कार्यकर्ता पोस्ने शिर्षक त होइन कृषि अनुदान? ६ लाख अनुदान उपलब्ध गराएको किसानले ९० वटा काउली फलाएको र ३ लाख अनुदान लिनेले ६० वटा खुर्सानी फलाएको समाचार हामिले सुन्दै र पढ्दै आएकै हो ।
यति महँगो उत्पादन बिश्वमा कुन देशको कुन किसानले गर्छ? यसरि राज्य कोषको दोहन गर्ने र आउटपुट शुन्य नै हुने भए कमजोरी कहाँ कस्को भयो ?
यो गम्भीरतापूर्वक लिनुपर्ने बिषय होइन? जनताले भोको पेटमा पटुकी कसेर १ रुपयाँको सलाइमा पनि कर तिरेका छन् के यहि देख्नका लागि मात्र थियो जनताको यो दायित्व?
जस्तो नालायक भएपनि समस्या सुनाउने अविभावकलाई नै हो र जनताको अविभावक सधै सरकार नै हुने गर्दछ । म त भन्छु सरकारले तुरुन्तै सिमापारीबाट आउने तरकारी खाध्यान्न ढुवानी बन्द गर्नु पर्छ र स्वदेशी उत्पादन लाई प्राथमिकता दिनु पर्छ ।
” मेक इन नेपाल ” नारा लगाउँदै जनतालाई कृषि क्षेत्रमा प्रोत्साहन गरिनु पर्दछ । International labour organization ले बिश्व भरिबाट तिस लाख नेपाली घर फर्कने हवाला दिएको छ, यि फिर्ती हुने सबै लक्का जवानको हुल हो यिनलाई राम्रोसँग ब्यबस्थापन गर्न पनि सरकारले तत् बमोजिम कार्य गरेमा देशको ढुकुटी र जिडिपीमा ठुला टेवा पुर्याउन सक्छ ।
देशलाई हामिले परनिर्भर बनाउदा छिमेकी ले बेलाबेला नाकाबन्दी लगाएर हाम्रो अवस्था उदाँगो पारिदिन्छ हामि छटपटीन्छौ जसरी कस्तुरीले आफ्नो बिनाको बासना सुघ्ँदै भौतारिरहन्छ त्यसरी हामि पनि आफ्नो देशको श्रोत र साधनको उच्चतम सदुपयाेग गर्न चुकिरहेका छौ। चिनले हामिलाई बेला बेला हाम्रो हैसियत देखाइदिन्छु भन्छ सुनको कटौरामा भिख माग्ने मगन्ते देशहो नेपाल ।
नेपालीसँग सुन देखि नुन सबै उत्पादन गर्ने ठुलो क्षमता छ भनेर हामिलाइ हामिले होइन छिमेकि देशका प्रधानमन्त्री र राष्ट्रपतिले आएर संसदमा भनिदिनु पर्छ र हाम्रा देशका सांसदहरु गडगडाहटले ताली पड्काउछन् यो अवस्थामा नेपाल नेताहरुलाई लुट्ने एउटा प्लाटफर्म बाहेक केहि हुन सक्दैन सचेत हुन जरुरी छ ।
धेरै सुत्यौ अब जागौ । जय स्वाभिमान जय नेपाली।
मेगराज पौडेल