• समाचार
  • नारायणी सेरोफेरो
  • राजनीति
  • स्वास्थ्य / जीवनशैली
  • कृषि
  • खेलकुद
  • मनोरञ्जन
  • साहित्य
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • राशिफल
  • ग्यालरी / फिचर
  • भिडियो
  • रोचक समाचार
  • रोजगारी
  • विचार
  • विज्ञान/प्रविधि
  • समाज
×
आइतबार, जेठ ०८, २०७९
☰
आइतबार, जेठ ०८, २०७९
    • समाचार
    • राजनीति
    • नारायणी सेरोफेरो
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मोटरसाइकलको ठक्करबाट स्कुटर चालकको मृत्यु

सांसद नीतिनिर्माता हुन्, बिकास गर्न ७६१ ओटा कार्यपालिका छन्, राज्यकोषको अनावशयक दोहन नगरौं

" मुख हुँदा हुँदै नाकले पानी नखाउ, राज्यकोषको अनावशयक दोहन नगरौं । :-एमआरपी "

  •   मङ्गलबार, बैशाख २३, २०७७
  • A
  • A+
  • A++

सांसदलाई विकास कोषमा ६ करोड : घटाउने होइन, बढाउने तयारी । सरकारले सांसद बिकास कोषलाइ कोरोना महामारीको बेला कोरोना राहत कोषमा जम्मा गर्ने निर्णय गरेको थियो । तर उक्त निर्णयको सत्तापक्षकै सांसदहरुबाट तिब्र विरोध भएपछी घटाउने होइन बढाउने तयारी गरिएको छ । कहि नहुने जात्रा नेपालमा हुने गर्दछ त्यो मध्ये यो सांसद बिकास कोष पनि एउटा नमुना हो संसारमा कहीं नभएका ट्यालेन्ट सबैकुरामा प्रखर ज्ञानी र इन्जिनियर पनि, ठेकदार पनि, योजना ल्याउन जानेका पनि ।

सांसद नै यति जान्ने बुझ्ने भयपछि स्थानीय निकायको चुनाव किन गरेको ? देश विकासको लागि सरकारी इञ्जियर र योजना आयोग किन बनाएको? सांसद विकास कोषबाट कसै-कसैले मैले अस्पताल बनाएँ पनि भन्ने गरेका छन् । कसैले मैले विद्यालय बनाएँ भन्ने गरेका छन् । विद्यालय, अस्पताल बनाउन पैसा पठाइदिए हुँदैन? बजेट खर्च गर्ने निकाय सांसद हो ? योजना छनोट गर्ने निकाय सांसद हो ? योजना छनोट गर्ने काम योजना आयोगले गर्छ ।

बजेट खर्च गर्ने काम कार्यपालिकाले गर्छ । यति कुरा सामान्य कुरा हो । भ्रष्टाचार धेरै हुने देशको लिष्टमा यो प्रक्रिया चल्छ । कानुन बनाउन र नीति निर्माता सांसदलाई बदनाम गराउन सांसद हरु नै किन तल्लीन छन् ?

कार्यपालिका अहिले देशमा ७६१ वटा छन् । प्रत्येक स्थानीय तहमा ९ वटादेखि २९ वटासम्म वडा छन् । ती प्रत्येक वडामा वडाध्यक्षसहित ५ सदस्यहरु छन् । तिनीहरु किन बनाएका रहेछन् ? वडामा पुल हाल्न संघीय सांसद जानुपर्ने भएपछि उनीहरुलाई बनाएको, उनीहरुलाई भत्ता दिएको, अफिस राखेको, चुनाव खर्च गरेको, संघीयता बनाएको के काम लाग्यो ?

बजेट स्थानीय तहमा जानैपर्ने भएता पनि खर्च स्थानीय तहकै कार्यपालिकाले गर्नु पर्छ।‘ राष्ट्रिय योजना आयोगले योजना तर्जुमा गर्ने छनोट गर्ने र कार्यान्वय कार्यपालिकाले नै गर्नुपर्दछ ।

सांसदमार्फत बजेट विनियोजन गरिने यो कार्यक्रम आफ्ना मान्छेलाई पोस्ने कार्यक्रम भएको छ । कतिपय खाईपाई आएकाहरु बिरुद्द बोल्यो लेख्यो भनेर सांसदहरु दुखी होलान् त्यो बेग्लै कुरा हो र मलाई कोही रिसाएर मतलब पनि छैन् तर विषय के हो भने मुख हुँदा हुँदै नाकले पानी खाने गलत अभ्यास र यही अभ्यासको नाममा ढुकुटीको निरन्तर दोहन अकल्पनीय र खेदजनक छ ।यो विकास कोष बन्द नहुन्जेल मेरो विरोध भइरहन्छ । सांसद विकास कोषबाट धेरथोर विकास त हुन्छ तर, सय रुपैयाँमा २५ रुपैयाँ मात्रै ।

बजेट छरिएको छ, छरिएका कारण देशमा राम्रो काम हुन पाएको छैन । कनिका छरेर कुखुराको चल्ला लाई खुसि बनाए जस्तो सांसद विकास कोषको रकम छरेर कार्यकर्ता खुसि त होलान् तर देश र जनताको गरिबी र विकासको चाहनामा भइरहेको विभत्स बलात्कारको जबाफदेही को ?

मेगराज पौडेल

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

के नेपालमा काङ्ग्रेसको सान्दर्भिकता सकियको हो ?

एक इन्जिनियरको आँखामा बिझाईरहेको देश

रुस र युक्रेनबीच शान्तिवार्ता सुरु, युद्ध अन्त्य गर्ने विषयमा छलफल हुँदै

ट्रेन्डिङ

सबै

चितवनमा मोटरसाइकलको ठक्करबाट स्कुटर चालकको मृत्यु

चुनावमा खटिन नमान्ने कर्मचारीलाई कारबाही हुने

सत्ता गठबन्धनको चुनावी सभा Live , भरतपुर बाट

निर्वाचन नजिकदै गर्दा घर भेटमा तीब्रता

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

चितवनमा मोटरसाइकलको ठक्करबाट स्कुटर चालकको मृत्यु

जहाजको टायर पड्किदा, भैरहवा विमानस्थल अवरुद्ध

विवेकशील साझा पार्टीको भरतपुर मेयरको उम्मेदवार प्रविन काफ्ले

जेठ दोस्रो सातादेखि चितवनबाटै सवारी चालक अनुमतिपत्र

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
सम्पर्क
मोबाइल – 9846782512
ई–मेल
narayanidainik@gmail.com

हाम्रो टीम

सम्पादक
विपिन कंडेल

संवाददाता
सृजना ढकाल

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2022 Narayani Dainik | All rights Reserved.