• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
सोमबार, जेठ ११, २०८३
☰
    • समाचार
    • राजनीति
    • नारायणी
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U
    • English

भर्खरै

इला कम्फर्टमा झरीसँगै गुञ्जियो सङ्गीत र खुशी, पानीको अनौठो संगम, उर्लियो भीड

चितवनमा नयाँ इलेक्ट्रिक एसयूभी MG S6 EV Trophy Long Range को औपचारिक शुभारम्भ

बजेट र नीति कार्यक्रममा जनसहभागिता बढाउन सुझाव संकलन पोर्टल सुरु

टाटा पेन्ट्सद्वारा प्रदेश १ का डिलरहरूका लागि सौरहामा डिलर मिट सम्पन्न

घरघरमा पानी पुर्‍याउँदै रत्ननगर खानेपानी: शुल्क घटाएर सेवा विस्तार

सर्वनाम थिएटरमा चैत २७ र २८ गते मदन श्रेष्ठ निर्देशित नाटक ‘१२ दुर्वासा’ मञ्चन हुने

अमलाचौर सम्पर्क समाजको प्रथम अधिवेशन सम्पन्न, नयाँ नेतृत्व चयन

राप्तीमा फोटो पत्रकार महासंघको तेस्रो महाधिवेशन सम्पन्न, नयाँ नेतृत्व चयन

निर्वाचन प्रयोजनका गाडी फिर्ता नगरेको भन्दै Gen Z चितवनको ध्यानाकर्षण

लोकप्रिय समाचार

”कालो इतिहास, कालै वर्तमान” :सविना न्यौपाने



  •   बुधबार, बैशाख २४, २०७७
  • A
  • A+
  • A++

नेपाल आज भन्दा २०० वर्ष पहिला २ लाख हेक्टर भन्दा बढी क्षेत्रफलमा फैलिएको थियो। त्यतिबेला नेपाल टिस्टा देखि कागडा सम्म थियो। आफ्नो कुर्सी जोगाउन नेताहरुले देश भटाभट बेचिरहे मातृका कोइरालाले २०११/०१/१२ गते कोसी सम्झौता गरे। उक्त कोशी बिहारको दुःख अहिले नेपालको दुखाईको रुपमा साबित भएको छ।

कोशीबाट भारतले बाँध निर्माण गरी पानी सिंचाईको लागि प्रयोग गरेको छ। तत्कालीन प्रधानमन्त्री बिपी कोइरालाद्वारा पनि नेपालसँग भारतको असमान सन्धि सम्झौता गराएका थिए। राष्ट्रवादी भनिएका नेता बिपीले गण्डक सम्झौता २०१६ मग्सिर १९ गते गरेका थिए । जस्को कारणले नेपालको पानीमा नेपालको हक अधिकार खोसियो र सिचाइँको नाममा भारतले हाम्रो भुमि प्रयोग गरेर लाखौ हेक्टर जमिनलाइ खेति योग्य बनायो तर नेपालमा त्यसबापत एउटा मौसमि कुलो निर्माण गरियो।

कालापानीमा भारतिय पोष्ट राख्ने सम्झौता पनि गरेका थिए। जसका कारणले हालसम्म पनि भारतले हाम्रो लिम्पियाधुरा सम्मको भु-भाग फिर्ता गर्नु त कता हो कता आफ्नै नक्सामा हाम्रो भुभाग राखेर प्रकाशित गरिदियो । साथै बिपिले शान्ति सेना तथा हातहतियारको सम्झौता पनि गरेका थिए जसका कारणले नेपाल भारत सँग बाहेक तेस्रो मुलुकबाट हातहतियारको खरिद गर्न नसक्ने भयो ।

राष्ट्रिय मेलमिलापको आडमा बिपिले सत्ताको लागी गरेको रणनितीले राष्ट्र प्रति ठुलो घात भएको थियो। २०४६ सालपछि सत्तामा हालिमुहाली गरेका गिर्जा कोइरालाले राष्ट्रघाती टनकपुर सम्झौता गरि भारतलाई सुम्पिए उक्त टनकपुर सम्झौता अन्तराष्ट्रिय नियम बिपरित गरिएको भन्दै अन्तर्राष्ट्रिय अदालत सम्म मुद्दा लैजाने तयारि भैरहदा मदन भण्डारी लाई दासढुंगामा शकाँस्पद हत्या गरियो । उक्त मुद्दालाई थामथुम पारियो ।

त्यस्तै गिरिजा र शुसिल कोइरालाले माथिल्लो कर्णाली,अरुण तेस्रो,पस्चिम सेति जस्ता राष्ट्रघाती सम्झौता पनि गर्न भ्याए । नेपालको सबैभन्दा ठूलो राष्ट्र घाती मानिएको महाकाली सम्झौता गर्न सबैभन्दा ठूलो हात केपि ओलिको रहेको थियो। इतिहासविद्हरुका अनुसार उक्त सम्झौता गर्न गिरिजा कोइराला, केपि ओली,सेरबादुर र माधब नेपालको प्रमुख हात रहेको बताइन्छ ।

भारतले अन्तर्राष्ट्रिय नियम बिपरित गएर अहिलेसम्म २० भन्दा ठुला बाँध निर्माण गरिसकेको छ। जसले नेपाल र नेपालीलाई एकातिर दुख थोपरिरहेको छ भने अर्कोतिर हाम्रो स्रोत र साधनलाइ प्रयोग गर्न हामि बन्चित भएका छौ। सुरुमा सम्झौताको बिपक्षमा आवाज उठाउने माधब नेपाल भारत भ्रमण गरेर फर्केपछि एकाएक महाकाली सम्झौता जिन्दाबाद गर्न थाले र वार्षिक अर्बौ रकम आउने आस देखाएर जनतालाइ गुमराहमा राखे। तर सिपि मैनालि बामदेब गौतम लगायतले पार्टी परित्याग गरेर नेकपा माले गठन गरे तर सम्झौता स्विकारेनन्।

महाकाली सम्झौताले नेपाललाई फाइदै फाइदा हुन्छ भनेर ढाँटेर २०५३ असोज ४ गते हजारौ जनताको बिरोधका बाबजुद पनि मध्यरातमा समझौता अनुमोदन गरिएको थियो। पछि बामदेब गौतमले आफ्ना दुई चार कार्यकर्ता लिएर पुन: एमालेमा फर्किए । आफ्नो सत्ता जोगाउन छिमेकी प्रभुसँग सष्टाँग दण्डवत् गर्ने, परे तलुवा पनि चाट्ने नेतृत्वहरु देखावालाई नेपाली जनताको शासन समालेका हुन्छन् तर यिनको अभिष्ट चाहिँ बिदेशीको ईच्छा पुरा गर्ने हुन्छ आफुलाई लुटाउछन् तर देशको लागि केहि गर्ने सामर्थ्य राख्दैनन् ।

हामिलाई खुकुरी, ढुंगामुडा गरेर स्वतन्त्र इनाम हाम्रा पुर्खाले दिए तर हाम्रा नालायक शासक वर्गबाट देश स्वतन्त्र रहन सकेन सत्ता स्वार्थका लागि आमालाई बिक्री गर्न पछि परेनन् । बिश्व एक बनाएको अंग्रेजसँग स्वतन्त्र रहेको नेपाल छिमेकि भारतको गिद्दे नजरबाट उम्किन कहिल्यै सकेन।

अघोषित रूपमा हामी भारतको गुलाम भइसकेका छौ। मातृका, बिपी, गिरिजा ,सुशील मरेर गए केही त लगेनन् समय हुँदा देश हितको काम गरेका भए वाहि वाही पाउँथे होला तर अब इतिहास पढ्ने पछिल्ला पुस्ताले यिनलाई थु थु गर्ने र धिक्कार दिने बाहेक अरु सहानुभूति हुँदैन । भारतले हामीलाई गुलाम मुलुक भनेर घोषणा र कब्जा गर्नु अगाडी हामी जाग्नु पर्छ शरिरमा एक थोपा रगत रहुन्जेल दादागिरिको बिरुद्द प्रतिकारमा उत्रनु पर्दछ ।

नेपाल नरहे नेपाली हामी रहौला कसरी?

सविना न्यौपाने
लम्जुङ्ग

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

बजेट र नीति कार्यक्रममा जनसहभागिता बढाउन सुझाव संकलन पोर्टल सुरु

प्रजातन्त्रका पहरेदार टेकप्रसाद गुरुङ — एक राजनीतिक प्रोफाइल

प्रगतिशिल लोकतान्त्रिक पार्टीको सम्पर्क कार्यालय उद्घाटन

ट्रेन्डिङ

सबै

इला कम्फर्टमा झरीसँगै गुञ्जियो सङ्गीत र खुशी, पानीको अनौठो संगम, उर्लियो भीड

चितवनमा नयाँ इलेक्ट्रिक एसयूभी MG S6 EV Trophy Long Range को औपचारिक शुभारम्भ

बजेट र नीति कार्यक्रममा जनसहभागिता बढाउन सुझाव संकलन पोर्टल सुरु

टाटा पेन्ट्सद्वारा प्रदेश १ का डिलरहरूका लागि सौरहामा डिलर मिट सम्पन्न

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

टाटा पेन्ट्सद्वारा प्रदेश १ का डिलरहरूका लागि सौरहामा डिलर मिट सम्पन्न

बजेट र नीति कार्यक्रममा जनसहभागिता बढाउन सुझाव संकलन पोर्टल सुरु

चितवनमा नयाँ इलेक्ट्रिक एसयूभी MG S6 EV Trophy Long Range को औपचारिक शुभारम्भ

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
प्रेस काउन्सिल दर्ता नं.
१९६३/०७६-०९-१६

सम्पर्क

विज्ञापन
9806752475

ई–मेल
narayanidainik@gmail.com

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2026 Narayani Dainik | All rights Reserved.