सुशिल कोइराला ‘अदृश्य’
चीनबाट प्रवेश गर्यो कोरोनाको रोग,
आजसम्म बनेको छैन ओखती र खोप।
धेरै सुक्ष्म भएपनि भाइरसको रुप,
छणभर्मै लियो रोग्ले बिकराल स्वरुप ।
एउटा ब्यक्तिबाट अर्को ब्यक्तिलाई सर्यो,
यही रितले भयंकर रुप यस्ले धर्यो।
लक्षण चाहिं साधारण रुघाखोकी थियो ,
परिक्षण पछि मात्र खकारमा देखियो ।
संक्रमितको ,स्वासबाट , हातबाट अनि ,
प्रयोग गर्या बस्तुबाट सर्नसक्ने पनि ।
मानिसको शरीरमा डेरा यसको पर्यो,
गाडी-घोडा र जहाजमा यात्रा पनि गर्यो ।
चीनदेखि युरोप हुदै अमेरिका पनि,
खायो धेरै धन-जन भस्मासुर नै बनि।
संसारका देशहरूको सातो यस्ले हर्यो,
सरकारले पनि बन्दाबन्दी गर्नुपर्यो।
एक-अर्काबिच दुरि बनाईराख्नु पर्ने,
रोग सर्लाकी भनी डराइरहनु पर्ने।
हुने-खानेहरु बस्दछन् ढोका बन्द गरि ,
हुदा-खानेहरुले पेट पाल्ने हो कसरी?
बन्द गर्ने निति जब यो विश्वले जो लियो,
बिदेशीएका जनलाई ठुलो सास्ती दियो।
संकटको यो घडीमा सब्लाइ दु:ख भाछ,
धैर्य गररेर बस्नुपर्छ जनताले आज।
ब्यक्तिगत सर्सफाइमा दिनुपर्यो ध्यान,
मनोबल उंचो राखेमा बच्न सक्छ ज्यान ।
बैज्ञानिकले औषधिको खोज गर्न लागे ,
पक्कै तोड मिल्छ यस्को मनमा ख्याल राखे।
(सुशील कोइराला प्राज्ञिक बिद्यार्थी परिषद, नेपालको केन्द्रिय सदस्य हुनुहुन्छ। )