“खाली”
,
क्यैन ताराहरुले बनेको
त्यो आकाश
आज खाली खाली भएको छ;
ठिक
म जस्तै
,
खाली ठाउँमा पुगेर
खाली ठाउँ खोजिरहेको
म आफैमा
खाली हु
(त्यो ब्रह्माण्ड पनि खाली छ?)
उसो त
खालीमा गएर
भरिनु भनेको
अन्त्यमा
हुने त खाली नै रहेछ
जस्तो
त्यो सागर
एकदिन खाली भै सकिनेछ
,
तपाईं हामी
जहि पुगेर
जे जति भरेपनि
निस्किदा
हुने त त्यहाँ खाली नै हो
,
कुनै परदेशको खोलीमा
संघर्ष गरिरहेको उमेर होस
या
कुनै शहरको
डेरामा रहेर बाचिरहेको
डेरावाला नै किन नहोस
एकदिन उसले
त्यो ठाउँ खाली छोड्नुपर्नेछ
,
अझ भनौ
तपाईं हामी
जहि पुगेर
यो पृथ्वीलाई जति भरेपनी
हुनु त खाली नै छ
(त्यो पृथ्वी पनि खाली छ?)
,
अ !साच्चै?
खाली ठाउमा रोपेको रुख
खाली ठाउमा बनेको भवन
खाली ठाउमा भरिएको पानी
खाली ठाउमा जमेको रगत
खाली ठाउमा लागेको दाग
कति दिन बाकी रहन्छ?
,
@दोस्ताज लम्की कैकाली

- A
- A+
- A++
तपाईको प्रतिक्रिया