छिमेकीले सिमाना मिच्छ देश टुलुटुलु हेरिरहन्छ यस्तो इमान्दारिता के गर्ने ?
बाउ जुवातास खेल्छ, बेच्छ घरबार छोरो घरबार जोडिरहन्छ यस्तो इमान्दारिता के गर्ने ?
नेता कुर्सी बचाउन ब्यस्त जनता भोकले मरिरहन्छन यस्तो इमानदारिता के गर्ने ?
छोरो समाजसेवामा ब्यस्त वृद्धआश्रममा आमा रोइरहन्छिन यस्तो इमान्दारिता के गर्ने ?
श्रीमान नारीहिंसा रोक्न ब्यस्त श्रीमति घरभित्र मरिरहन्छिन यस्तो इमान्दारिता के गर्ने ?
अस्मिता साँखि
-मिडिया नेटवर्क