• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
सोमबार, असार ०८, २०८३
☰
    • समाचार
    • राजनीति
    • नारायणी
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U
    • English

भर्खरै

रास्वपा चितवनको प्रथम जिल्ला अधिवेशन भोलि,सह-सचिवको दौडमा पार्वती पाण्डे

भाषा, साहित्य र संस्कृति हाम्रो मौलिक पहिचान हुन् : राष्ट्रपति रामचन्द्र पौडेल

दुग्धजन्य पदार्थ बिक्रीबाट छ करोड सङ्कलन

देशभरका फेन्सी व्यवसायीहरूको राष्ट्रिय भेला जेठ २३ र २४ गते चितवनमा हुँदै

माइलस्टोन इन्टरनेशनलको बम्पर अफर : भाषा अध्ययनमा शतप्रतिशत छात्रवृत्ति, भर्ना हुने पहिलो ५० विद्यार्थीलाई निःशुल्क कक्षा

गैँडाकोटका मेयरद्वारा पत्रकार क्षेत्रीमाथि दुर्व्यवहार, पत्रकार महासंघले जनायो आपत्ती

उद्यमशीलता विकासमा ‘नाफल ५.०’ को योगदान : नारायणगढ जेसीजको पहलमा सफलतापूर्वक सम्पन्न

इला कम्फर्टमा झरीसँगै गुञ्जियो सङ्गीत र खुशी, पानीको अनौठो संगम, उर्लियो भीड

चितवनमा नयाँ इलेक्ट्रिक एसयूभी MG S6 EV Trophy Long Range को औपचारिक शुभारम्भ

लोकप्रिय समाचार

उच्च मनाेवल र सकारात्मक साेचबाट जितिन्छ काेराेना



  •   मङ्गलबार, जेठ २५, २०७८
  • A
  • A+
  • A++

मिडिया नेटवर्क। आइतवारकाे कुरा हाे म अफिसबाट आफ्नाे काेठामा फर्किएर आए त्यस दिन मलाई एकदमै हाछ्युँ आईरहेकाे थियो । काेठामा पसेर अफिसकाे कपडा परिबर्तन गरी अर्काे कपडा लगाए।

त्यस पछि विहानकाे खाना खाएकाे भाँडा सफा गरेर खाना बनाउन सुरसार गारें। त्यस दिन अलि अलि घाँटि समातेर रूघा लाग्ला जस्तो भई रहेकाे थियोे र मैले केही आयुर्वेदिक औषधी खाई रहेकाे थिए। विशेषगरी , भेन्डम ३० , आर्सिनिक अल्लकाेहल ३०, सिताेप्लाजित चूर्ण खाई रहेकाे थिए ।

त्यस दिन बेलुका बाफ लिएर विश्राम गरे र विहान उठेर एक छिन बाहिर निस्केर काेठामा फर्किए आफ्नाे दैनिक काम गर्न थाले । १० बजे तिर खाना खाएर सानाे काम थियोे र बाहिर गएर २-३ घण्टा पछि काेठामा आए ।

त्यस दिन मलाई बेलुका अलि गार्हो भएको थियो । बाफ लिएर र केही औषधी एजिथ्रोमाइसिन, भिटामिन बि, भेन्डम ३० , सिताे प्लाजित चूर्ण लगायत औषधिहरू खान सुरू गरे र त्यस दिन पनि बाफ लिएर विश्राम गरे । भाेलि पल्ट अर्थात मेराे मंगलबार अफिस जाने दिन थियोे र त्यस दिन विहान अफिसमा बैठक पनि थियोे ।

त्यस वैठकमा सकि नसकि बसे र बैठक सकिए पश्चात् खाना खाएर अफिस जाउकि भनेर कपडा लगाए तर विडम्बना मलाई असाध्यै गाराै हुँदै गयो हाँछि्यु राेक्न सकिन, र असाध्यै टाउको पनि दुख्न थाल्यो । त्यस पछि बाफ लिएर आरम गारें र सिटामाेल किनेर खाँए ।

बेलुका सम्म अलि कम भयाे र फेरि राति खाना खाएर औषधिहरू ज्वराेकाे र काेराेना हाेकि भन्ने शंका लागेर एजिथ्रोमाइसिन औषधि पनि खाँएर बाफ लिएर विश्राम गरे । त्यस रात मलाई असाध्यै गार्हो भयाे रातभर करकर शरिर दुख्ने, काम ज्वराे आउने, छटपटाउने, गरेर रातभरि सुत्न सकिन, सहन नसकेर राति उठेर भजन सुन्न थाले, कहिले गित सुन्न थाले विहन ४ बजे तिर बल्ल अलि कम भएको महशुस भयाे । एक छिन निधाँए ।

भाेलि पल्ट विहान सबेरै उठेर पत्रिका लिनकाे लागि स्टेसनरी गएर र पत्रिका ल्याएर राखे र केहि खाने कुरा खाएर आरम गरे। त्यस दिन भरि अलि कम भयाे त्यसरिनै आरम गरि रहेँ । पर्सिपल्ट विहान देखि मलाई फेरि ज्वराे बढन थाल्याे, उल्टि आउला जस्तो हुने, पखाला लाग्ने, टाउकाे दुख्ने शरिर करकर खाने घाँटी च्याप्प समातने,नाकबाट सिगाँन बगिरहने हुन थाल्यौं र फार्मेसी गएर रूघाकाे औषधी र जीवनजल ल्याएर खाँए अनि अलि कम भयाे ।

तर मलाई पुर्ण रूपमा ठिक भने भएन त्याे क्रम बार-बार शनिबार सम्म दाेहाेरि रहयाे । त्यस पछि शनिबार विहान परिषद्का महासचिव छितराजिलाई फाेन गरेर समस्याको बारेमा बताए र उहाँले तुरुन्तै हस्पिटल जान भन्नु भयो र खाना खाएर म परिषद् कार्यालय गएर त्यहाँकाे भाईसँग हिमाल हस्पिटल गए ।

सुरूमा त्यहाँ गएर छातिकाे X-Ray गराए र पुर्जि काटेर त्याँहाकाे भिजिटिङ डाक्टर धुर्व गैरेसँग X-Ray सहित आफ्नाे समस्या बताए उहाँले मेराे X-Ray हेरेर तपाईंकाे अवस्था अलि जटिल छ भनेर पिसिआर परिक्षण गर्न भन्नु भयो र ८ थरी औषधि लेखेर दिनु भयो । त्याे औषधी लिएर पिसिआर परिक्षणकाे लागि स्वाब दिएर परिषद कार्यालय तिर फर्किए ।

वास्तवमा मेराे फाेक्साेमा भाईरस संक्रमण फैलि सकेकाेले अलि जटि छ भनेर भन्नु भएको रहेछ । आएर विद्यार्थी परिषद्का संगठन सचिव नारायण प्रसाद ढकाल जिलाई सबै बताएर उहाँले नआतिनु ठिक हुन्छ आरम गर्नु र औषधि नियमित सेवन गर्नु भनि सल्लाह दिनु भयाे । म त्यहाँबाट काेठामा आए तर मेराे मनाेवल भने पुरै डाउन भयो र म झन कमजोरी महशुस गर्न थाले त्यस दिन मेराे स्वास्थ्य अवस्था बारे अफिसकाे सरलाई बताए र उहाँले सचेत हुनु पिसिआर रिपोर्ट आउनजेल काेठामा बस्नु के हुन्छ अनि कतै व्यवस्थापन गरउला भनेर भन्नु भयो ।
त्यस पश्चात घरमा पनि आफ्नाे स्वास्थ्य अवस्था बारे जानकारी गराए र उहाँहरूले पनि चिन्ता व्यत्त गर्दै घर आउनु भन्नु भयो । खानेकुरामा ध्यान दिनु , वेसार पानि, बाफ लिने, अदुवा लसुन लगायत चिज उमालेर खान सुझाव दिनु भयाे तर त्यस रात मेराे लागि अझ कठिन र पुरै निरास भईरहेकाे थिए ।

न खान रूच्याे न औषधि, जबर जस्ति सकिन नसकि खाना खाएर औषधि खाए र राति १० बजे सम्म सुतन सकिन फेरि त्यस दिन घरवेटि दुई आमाहरूलाई पनि काेराेना पाेजेटिभ भएको रहेछ । हजुर आमाकाे अक्सिजन डाउन हुन थालेकाेले सबै जना चिन्तित हुनु भएको रहेछ र केहि बेर बाहिर बसे र उहाँलाई हस्पिटल लाने कि भन्ने चर्चा चलिरहेको थियो ।

केहि सहयोग गर्न फाेन गरे तर तत्काल वेड कतै नपाईने अवस्था भयो र अक्सिजन लेवल ठिक गर्ने विधि र औषधि खाए पछि ठिक हुदै गयाे । त्यस पश्चात् आएर बाफ लिएर सुते ।

भाेलि पल्ट सकि नसकि उठेर प्रणाय गरे र सकि नसकि भाडा माझेर खाना बनाए तर खान मन लागेन जबर जस्ति अलिकति खाए तर उल्टि आउला जस्तो भयो र त्यहि छाडेर पानी मात्र पिए । र औषधि खाएर सुते १२ :३० जति भएको थियोे हाेला मेराे रिपोर्ट पाेजेटिभ आयाे ।

अलि डराउनु पर्ने अवस्था छ भन्नेर खबर आयाे र नभन्दै मेराे सिटि भ्यालु धेरै नै कम रहेछ । त्यस पश्चात् मैले उता दीपक सर , छितराज जी र घरमा खबर गरे र मेराे अवस्था बारे बताए र त्यस पछि मलाई सरहरूले कमल पाेखरीकाे आइसुलेसन केन्द्रमा गएर बस्ने भन्नु भयो । त्यस दिन २ बजे तिर छितराज जि मलाई लिन आउनु भयाे र म उहाँसँग आइसुलेसन केन्द्रमा गए ।

त्यहाँ मेराे भर्ना सिट तयार भयाे र त्यहाँकाे १ नम्बर वेडमा भर्ना भएँ । त्यहाँ डाक्टर र नर्सहरू हाम्रो उपचारकाे लागि तयार अवस्थामा रहँनु भएको थियौ । र त्यहाँकाे सिनियर डाक्टर रविन बस्नेतलाई आएर साेध पुछ गर्नु भयाे र मेराे अवस्था बारे सबै बुझ्नु भयाे र आतिनु पर्दैन हामी छाैँ ढुक्क भएर बस्नु र बेला बेलामा ज्वराे, अक्सिजन र पल्स चेक गरिरहनु भनेर मलाई अक्साेमिटर र थर्माेमिटर दिनु भयो ।

त्यहाँ गए पछि म अलि ढुक्क भए । किन भने म त्यहाँ नियमितरूपमा डाक्टर र नर्सहरूकाे निगरानीमा थिए र केहि भयो भने उहाँहरू तुरुन्तै उपस्थिति हुनु हुन्थ्यो ।

त्यहाँकाे व्यवस्थापन एकदम ठिकठाक थियोे । विशेषगरी त्यस आइसुलेनमा आउने संक्रमितका लागि खाना, स्वास्थ्य चेकजाँच, साधारण औषधि निशुल्क थियोे ।

मलाई काेराेना लागेकाे भनेर जसजसलाई थाहा थियो उहाँहरू सबैले फाेन गरेर हाैसला दिनु भयो विस्तारै मेराे परिवारकाे सबैलाई थाहा भयो र उहाँहरूले पनि फाेन गरेर हाैसला दिनुभयाे ।

विद्यार्थी परिषद्का पदाधिकारी राष्ट्रिय अध्यक्ष गाेपि गुरू, नारायणी जि, रमेश जि लगायत अन्य कार्यकर्ताहरूले राम्रो साथ र सहयोग गर्नु भयाे । मलाई आवश्यक पन्ने औषधि, अन्य सरसामान ल्याउनका लागि परिषद्का कार्यकर्ता भाई कर्ण, छितराज जिले निरन्तर सहयोग गरिरहनु भयाे।

मेराे अफिसकाे सरहरूले फलफुलल्याएर आउनु भयाे बेला बेलामा नारायणी जि , दिपक सर, छितराज जि, मुकेश जि, लगायत अन्य ब्यक्तिहरू र त्यहाँका नर्स र डाक्टरहरू नियमित साेध पुछ गर्न र स्वास्थ्यकाे हाल बुझन आई रहनु हुन्थ्यो र हरेक पटक उत्प्रेरित हुने कुराहरू गरेर जानु हुन्थ्यो ।

भन्नु हुन्थ्यो तपाईं त पुरै ठिकठाक हुनुहुन्छ अब छिटै निकाे हुन्छ तपाईंलाई तपाईंले त ७५ % जिति सक्नु भयाे भन्नुहुन्थ्यो म खुसि हुन्थ्यो र उहाँहरूले भनेकाे केहि विधिहरू , नियमित प्रणायम, सुस्त व्यायाम , बिहान बेलुका गार्गल, बेलुका बेलुका सन्चाे हालेर बाफ लिईरहन्थे र त्यहि वरिपरि हिडि रहन्थे ।

त्याे विचमा मैले १८ वटा इपिसाेडकाे महाभारत सिरियल हेरे । र नियमित सकारात्मक कुराहरू पढथे , बेला बेलामा स्कुल देखिकाे साथि शिर्षकले फाेन गरिरहन्थयाे कहिले परिषद्का कार्यकर्ताहरूले गरिरहन्थे , अनि मेराे अफिसकाे सर र अन्य शुभचिन्तक बन्धुहरूले पनि फाेन गरेर हाैसला दिईरहनु हुन्थ्यो ।

त्यसले मलाई औषधिकाे भन्दा बढि उपचार भईरहेकाे महशुस हुन्थ्यो । बेला बेलामा नकारात्मक साेचहरू, विरक्तिने विचारहरू आगामि दिन , काेराेना ठिक भए पछि के हाेला कसाे गर्ने हाेला भनेर नकारात्मक साेचाई र कता कता एक्लै भइरहेकाे महशुस हुन्थ्यो । तर फेरि । आफै सकारात्मक साेच पैदा गरेर मन बुझाउथे ।

त्यहाँकाे खानाकाे पनि राम्रो व्यवस्थापन थियौ विशेष गरि ४ पटक खाना र नास्ता गरेर दिने गर्दथे पानि पिउनका लागि त्यहि ताताे चिसाे दुबई आउने भाडाे राखिएकाे थियोे र मैले आवश्यकताकाे आधारमा लिईरहन्थे । हाम्रो संघका स्वयंसेवक पदम भाई आई रहन्थे । त्यहाँ एउटा कुराे के थियोे भने सबै जनामा एक प्रकारकाे डर हुन्थ्यो मेराे वरिपरिबाट हिडदा आउदा धेरै नै डराउथे किन भने त्याे सर्छ कि भन्ने डरले गर्दा हत्तपत्त मेराे वरि-परि पर्न नपरे पनि हुन्थ्यो भन्ने साेच उनिहरूमा पैदा हुन्थ्यो जस्तो महशसु भईरहन्थयाे ।

अझै सुरूकाे ३-४ दिन त डाक्टर नर्सहरू पनि अलि टाडा नै बसेर साेधपुछ गर्नु हुन्थ्यो र भन्नु हुन्थ्यो हामी टाढा भए पनि भावनात्मक र मन चाँहि नजिकै छ बाध्यताले टाढा बसेका छाैँ अहिले हामीसँग पिपिई छैन त्यसैले हाे यसलाई नराम्रो नमान्नु हाेला पनि भन्नु हुन्थ्यो र मलाई खुसि लाग्थ्यो त्यसाे भन्दा ।

त्यसरिनै मेराे १०औ दिन वित्याै र १०औ दिनकाे दिन सबै कपडाहरू धाेएर नुवाई धुँवाई गरेर र सुतेकाे सबै कपडाहरू घाममा सुकाए । त्यस दिन छतबाट तलमाथि ३-४ पटक गरिरहे त्यसाे गर्दा धेरै नै कमजोरी र तागत हराएको महशुस भयाे र धड्कन पनि अन्य अवस्था भन्दा बृद्वि भयाे ।

डाक्टर र नर्सले साेध्नु भयाे किन आज चाँहि यस्तो भयाे भनेर मैले सबै बताए । अलि आरम गर्नुहाेस अनि फेरि चेक गरेर पल्स र ज्वराे चेक गरेर पठाउनु भन्नु भयाे र उहाँहरूले भनेकाे जसरिनै त्याे गरेर पठाए । हामिहरू त्यहाँ ५ जना जति थियौ तर अगल अलग काेठामा थियौ म भएको ठाँउमा धेरै वेड थियो तर म एक्लै थिए ।

अरू पनि छन भनेर चाँहि एउटा वाटसब ग्रुप बनाएको थियाे त्यसैबाट थाहा हुन्थ्यो । र हामीले नियमित रूपमा त्याे समुहमा हाम्रो स्वास्थ्य अवस्था बारे जानकारी गराई रहनु पर्दथ्याे र दिनमा ५ पटक जति ज्वराे , अक्सिजन लेवल र पल्ल नापेर पठाउनु पर्थाे ताकि उनिहरूले त्यसकाे आधारमा अन्य थप एक्सन लिन सजिलाे हाेस भनेर ।

हामीले पनि त्यसैमा आफ्नाे समस्याहरू राख्दथेउ र उहाँहरू अएर सहयोग गर्नु हुन्थ्यो । यसरीनै मेराे १० औ दिन वित्याे र ११ औ दिनकाे दिन म त्यहाबाट डिसचार्ज हुने निधाे भयो । सबै सँग सल्लाहा गरेर विशेषगरी त्यहाँकाे डाक्टर रविन सँग सल्लाह लिए र उहाँले अब तपाईं ठिक हुनु भयाे घरमा जाँदा हुन्छ भन्नु भयो र त्यहि दिन परिक्षा गरेर म त्यहाँबाट डिसर्चाज भए । फलस्वरूप बेलुका रिपोर्ट पनि नेगेटिभ आयाे ।

यदि हामी संक्रमित भईहाल्याै भने विशेषगरी हामीले ध्यान दिनु पर्नेहरू के हाे भने झाेलिलाे पर्दाथ प्रसस्त मात्रामा खाने , तागतिलाे खानाहरू खाइरहने र पेट एकछिन पनि खालि नराख्ने , नियमित बाफ लिने, विहान बेलुका नुनपानिले घाँटी गर्गल र नाककाे जलनिधि गर्ने र प्रणायम गर्ने त्याे भन्दा पनि महत्त्वपूर्ण कुरा केहाे भने उच्च मनाेवल र सकारात्मकता लिएर आइसुलेसनमा बसेउ र डाक्टरले दिएकाे औषधिलाई नियमित सेवन गरियाे भने छिटै काेराेना जित्न सकिन्छ ।

काेराेनाले हाम्रो इम्युन सिष्टममा दिर्घकालिन क्षति पुर्याउदाे रहेछ विशेषगरी हाम्रो फाेक्साेमा प्रहार गर्ने र त्यसले निमाेनिया गराउने त्यस पश्चात हाम्रो आन्तरिक राेग प्रतिराेधात्मक क्षमतामा कमिल्याउने रहेछ ।

संक्रमित भए पश्चात धेरै कमजोरी बनाउने भएकोले पाेषणयुक्त्त खानेकुराहरू , फलफुल, गेडागुडि, भिटामिन वि , सि,डि, ई लागायत आन्तरिक रूपमा बालियाे बनाउनेकुरा खानु पर्दछ । र नियमित प्रणायम र सुस्त व्यायाम गर्नु आवश्यक छ त्यसाे गर्नाले हामी छिटै स्वास्थ्य र तन्तुरूस्त बन्न सकिन्छ ।

काेराेना भाइरस पहिलाे भन्दा दाेश्राे भेरिएन्ड बढि घातक र संङक्रामक रहेकाेले यसलाई कमजोर नसाेचि सचेत बन्नु आवश्यक छ र यसबाट हुने क्षतिलाई आत्मासाथ गर्दै आफु र आफ्नाे परिवारलाई सचेत बनाई घरमै बसि सुरक्षित रहनु जरूरी छ ।

हामीले केहि समय सचेत बनेर घरभित्रै बस्याैँ भने अवश्य पनि याे महामारिलाई पराजय गर्न सक्ने छाैँ ।

कृष्ण प्रसाद हुमगाईं

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

इला कम्फर्टमा झरीसँगै गुञ्जियो सङ्गीत र खुशी, पानीको अनौठो संगम, उर्लियो भीड

रवि लामिछानेलाई उच्च अदालतले धरौटीमा रिहा गर्ने आदेश

अर्धबेहोस अवस्थामा जहाजबाट दोहा पुगे रूद्रकली र खगेन्द्रप्रसाद

ट्रेन्डिङ

सबै

रास्वपा चितवनको प्रथम जिल्ला अधिवेशन भोलि,सह-सचिवको दौडमा पार्वती पाण्डे

भाषा, साहित्य र संस्कृति हाम्रो मौलिक पहिचान हुन् : राष्ट्रपति रामचन्द्र पौडेल

दुग्धजन्य पदार्थ बिक्रीबाट छ करोड सङ्कलन

देशभरका फेन्सी व्यवसायीहरूको राष्ट्रिय भेला जेठ २३ र २४ गते चितवनमा हुँदै

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

दुग्धजन्य पदार्थ बिक्रीबाट छ करोड सङ्कलन

माइलस्टोन इन्टरनेशनलको बम्पर अफर : भाषा अध्ययनमा शतप्रतिशत छात्रवृत्ति, भर्ना हुने पहिलो ५० विद्यार्थीलाई निःशुल्क कक्षा

उद्यमशीलता विकासमा ‘नाफल ५.०’ को योगदान : नारायणगढ जेसीजको पहलमा सफलतापूर्वक सम्पन्न

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
प्रेस काउन्सिल दर्ता नं.
१९६३/०७६-०९-१६

सम्पर्क

विज्ञापन
9806752475

ई–मेल
narayanidainik@gmail.com

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2026 Narayani Dainik | All rights Reserved.