Narayani Dainik skip
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
शुक्रबार, मङि्सर १५, २०८०
☰
    • समाचार
    • राजनीति
    • नारायणी
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U
    • English

भर्खरै

रेश्माको पिरतीको झोली सार्वजनिक ( भिडियो सहित )

मेट्स इण्टरनेशनल, चितवनको इन्फो डे मा बिद्यार्थीको घुँइचो

Nepse Bajar Introduces Innovative Portfolio Management System (PMS) – Empowering Investors to Take Control of Their Stock Portfolios

अर्किड कलेजकी परीक्षा भइन चितवन जिल्ला प्रथम

भि ग्रुपले प्राप्त गर्यो अन्तरास्ट्रिय गुणस्तर(ISO) चिन्हको प्रमाणपत्र

गठबन्धन सरकार कसैले हिलाएर हिल्दैन, पाँच वर्ष चल्छ : प्रधानमन्त्री दाहाल

रत्ननगर नगरपालिकाकाको आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम सार्वजनिक

पोखरामा चट्याङ लागेर एकको मृत्यु

उच्च अदालतको आदेश अनुसार काम गर्न पाउनुपर्ने चंखपुरबासीको माग !!

लोकप्रिय समाचार

के भात खाँदा भुँडी बढ्छ ? यस्तो छ डाइटिसियनको जवाफ



  •   बुधबार, मङि्सर २२, २०७८
  • A
  • A+
  • A++

यदि तपाइँलाई मोटो पनले सताएको छ वा भुँडी लागेर चिन्तित हुनुहनुन्छ भने पक्कै पनि भुँडी घटाउने उपाय खोजिरहनु भएको होला । के भात खाँदा भुँडी बढ्छ ? कतिपयले भुँडी घटाउन भन्दै रोटी खाने गर्छन् भने कसैले भातले भुँडी नबढ्ने भन्दै भात खान्छन् । कतिलाई त अझ भात नखाइ पेट नै नभरिने समस्या हुन्छ ।

धेरै मानिसलाई रोटी खाँदा भुँडी घट्छ भन्ने लागेपनि यसबारेमा मानिसहरुलाई स्पष्ट जानकारी छैन । विश्वका चर्चित डाइटिसियनले एक टोकरी ३० ग्राम चामल र ३० ग्राम रोटीले शरीरमा उत्तिकै क्यालोरी दिने भएका कारण यसमा अलमल नपर्न सुझाव दिएका छन् ।

हालै प्रकाशित एक रिपोर्टमा विश्व चर्चित डाइटिसियनहरुले भात र रोटीले उत्तिकै क्यालोरी दिने भएका कारण भारत र रोटीले फरक नपार्ने बताएका छन् । तर पेटको दृष्टिले रोटीमा फाइबरको मात्रा बढी हुने हुँदा त्यसले पाचनमा सजिलो हुने उनीहरुको भनाइ छ । भातमा भने फाइबरको मात्र हुँदै हुँदैन भन्दा पनि हुन्छ ।

भात खाँदा छिटो भोक लाग्ने र रोटी खाँदा केही समय सम्म भोक नलाग्ने भएका कारण रोटी खानु उचित मानिएको हो । जसलाई भात खाने बानी परेको छ त्यस्ताका लागि भने भारतमा फाइबरको मात्रा हुने चिजहरु मिसाएर पकाउनु पर्ने डाइटिसियनको सुझाव छ । चामल र गहुँमा चिल्लो पदार्थको मात्रा भने बराबर हुने डाइटिसियनको भनाइ छ ।

पर्यटकीय गन्तव्य खोज्न म्याग्दी पुगे व्यवसायी: नयाँ पर्यटकीय गन्तव्य पहिचान र प्रवद्र्धनका लागि पर्यटन बोर्ड र व्यवसायीको टोली सोमबार म्याग्दी आएको छ । नेपाल पर्यटन बोर्डको गण्डकी प्रदेश कार्यालय पोखरा र नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाटा)को टोली म्याग्दीका नयाँ पर्यटकीयस्थलको सम्भाव्यता अध्ययनका लागि आएको हो ।

पर्यटन बोर्डको प्रदेश कार्यालयका प्रबन्धक नवीन पोखरेल, नाटाका प्रदेश अध्यक्ष सञ्जयकान्त सिग्देल, तारा गौतमसहितको टोलीले नयाँ गन्तव्यको अवलोकन, सरोकारवालासँग अन्तक्र्रिया सुरु गरेको छ । बेनी नगरपालिका, रघुगङ्गा र मङ्गला गाउँपालिकाको सिमानामा पर्ने टोड्केबाट नयाँ गन्तव्यको अध्ययन सुरु गरेको नाटाका तारा गौतमले बताउनुभयो । “नेपालमा आउने पर्यटकलाई घुमाउने स्थान खोज्न निस्किएका हौँ”, उहाँले भन्नुभयो, “म्याग्दीको टोड्के, मुस्ताङको नाउरीकोट, गुरुसाङबो गुम्बा, भुरतुछो र सेकुङ ताललाई प्रवद्र्धन गर्ने योजना छ ।”

टोलीले पर्यटकीयस्थलहरूको निरीक्षण गरेर पर्यटक ल्याउनका लागि प्याकेज बेच्ने गौतमले बताउनुभयो । टोलीले बेनीमा म्याग्दी उद्योग वाणिज्य सङ्घका पदाधिकारीहरूसँग छलफल गरेको थियो । छलफलका क्रममा पर्यटन बोर्ड गण्डकीका प्रमुख पोखरेलले छोटिएको पर्यटकको बसाइ लम्ब्याउन नयाँ गन्तव्य खोजी गरिएको बताउनुभयो ।

सडक विस्तारसँगै पुराना पर्यटकीयस्थलमा आउने पर्यटकको बसाइ छोटिएको पोखरेलले बताउनुभयो । म्याग्दी उद्योग वाणिज्य सङ्घका अध्यक्ष बेलबहादुर कटुवाल, वरिष्ठ उपाध्यक्ष सुबिन श्रेष्ठले टोड्के, रुइसे, झाँक्रीपानी, लभ्लीहिल, खोपारा, गुर्जा, ताकमकोत, मोहरेडाँडा, मालिकालगायतका स्थल म्याग्दीका नयाँ पर्यटकीयस्थलका रूपमा विकास भएको बताउनुभयो । हिमाल, अग्ला पहाड, झरना, नदीका साथै संस्कृति, ग्रामीण जीवनशैली म्याग्दीका पर्यटकीयस्थलका आकर्षण हुन् । नयाँ पर्यटकीयस्थलमा आवास सुविधाको व्यवस्थापनमा निजी क्षेत्रको लगानी आवश्यक रहेको छलफलमा सहभागीको भनाइ थियो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

तौल घटाउन ग्रिन टी पिउने सही तरिका के हो ?

मनकामना अस्पतालको अध्यक्ष डा. शंकर ढकाल

काठमाडौँमा यो वर्षकै बढी चिसो

ट्रेन्डिङ

सबै

रेश्माको पिरतीको झोली सार्वजनिक ( भिडियो सहित )

मेट्स इण्टरनेशनल, चितवनको इन्फो डे मा बिद्यार्थीको घुँइचो

Nepse Bajar Introduces Innovative Portfolio Management System (PMS) – Empowering Investors to Take Control of Their Stock Portfolios

अर्किड कलेजकी परीक्षा भइन चितवन जिल्ला प्रथम

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
प्रेस काउन्सिल दर्ता नं.
१९६३/०७६-०९-१६
सम्पर्क
मोबाइल – 9846782512
ई–मेल
narayanidainik@gmail.com

हाम्रो टीम

सम्पादक
विक्रम रेग्मी

संवाददाता
सिर्जना ढकाल
बिबेक अधिकारी
अमिर

भिडियो न्युज
बबिता

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2023 Narayani Dainik | All rights Reserved.