• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
शनिबार, जेठ ०४, २०८२
☰
    • समाचार
    • राजनीति
    • नारायणी
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U
    • English

भर्खरै

भरतपुर १६ खानेपानी उपभोक्ता समितिको अध्यक्षमा पौडेल

नारायणगढको इन्द्रदेवरोडमा खुल्यो अर्बन नेष्ट एण्ड रेन्टल शप

चितवनमा पहिलोपटक ‘घर बनाउने’ मेला आजदेखि सुरु

नेपालमा निर्माण गरिएको समाचार एप SimilarWeb को सूचीमा टप १० मा

स्काइवेल खरीद गर्ने दम्पतीलाई युरोप भ्रमणको सुविधा

कारले मोटरसाइकललाई ठक्कर दिँदा बुबा-छोरीको मृत्यु

नागढुङ्गा नौबिसे सडक विस्तार: यही वैशाख २२ देखि ३१ गतेसम्म रातिमा पाँच घण्टा बन्द गरिने

पुष्पाञ्जली अस्पतालमा आरोग्य प्याकेज ः रु १५०० मै ल्याबसहित स्वास्थ्य परीक्षण

व्यवसायसंँगै राजनीतिमा सक्रिय राजकुमार तरुणदल चितवनको अध्यक्षको तयारीमा

लोकप्रिय समाचार

  • १. भरतपुर १६ खानेपानी उपभोक्ता समितिको अध्यक्षमा पौडेल

काठमाडौं उपत्यकामा फेरि लकडाउन गर्ने घोषणा के भन्छ्न त सिडियोहरु



  •   बिहिबार, मङि्सर २३, २०७८
  • A
  • A+
  • A++

काठमाडौं । नेपालमा ओमिक्रोन भेरिअन्टका दुईजना सङ्क्रमित फेला परेसँगै खासगरी काठमाडौं उपत्यकामा सम्भावित प्रतिबन्धात्मक कदमलाई लिएर सर्वसाधारणले चासो व्यक्त गर्न थालेका छन्।सामाजिक दूरी, मास्कको प्रयोगलगायत जनस्वास्थ्यका मापदण्डको पालनामा फेरि कडाइ गर्नुपर्ने विज्ञहरूले सुझाइरहँदा कतिपय मानिस सम्भावित लकडाउनलाई लिएर झस्केका हुन्।

ओमिक्रोन भेटिएको देशबाट मंसिर ३ गते नेपाल प्रवेश गरेका एक ६६ वर्षीय विदेशी र उनको सम्पर्कमा आएका अर्का ७१ वर्षीय व्यक्तिमा सङ्क्रमण भेटिएको सोमवार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको थियो। दक्षिण अफ्रिकामा पहिलोपटक फेला परेको ओमिक्रोन भेरिअन्ट अहिलेसम्म भारतसहित ४० भन्दा बढी देशमा फैलिसकेको छ।

के भन्छन् सीडीओहरू ?
कोभिड महामारी शुरू भएयता नियन्त्रण तथा रोकथामका लागि काठमाडौं उपत्यकाका काठमाडौं , ललितपुर र भक्तपुर जिल्ला प्रशासनहरूले एकसाथ प्रतिबन्धात्मक कदमहरू चाल्दै आएका छन्। उपत्यकामै ओमिक्रोनका सङ्क्रमित भेटिनुलाई आफूहरूले “गम्भीर” रूपमा लिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजाल बताउँछन्।

“अब छिट्टै जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रको बैठक बसेर हाम्रो तर्फबाट गर्नुपर्ने पूर्वतयारी र पूर्वसावधानीका उपाय के कस्ता हुनसक्छन् भन्नेबारे हामी एउटा निचोडमा पुग्छौँ,” बीबीसीसँग उनले भने। विगतमा जस्तै लकडाउन गर्ने वा नगर्ने विषय सङ्क्रमणको अवस्थाले निर्धारण गर्ने प्रजिअ रिजालले स्पष्ट पारे।

“सङ्क्रमितहरू बढ्दै गए र नियन्त्रणका लागि हामीले विभिन्न निषेधात्मक उपाय अपनाउनुपर्ने अवस्था सिर्जना भयो भने लकडाउनमा पनि जान सकिन्छ। तर अहिले नै लकडाउन वा निषेधाज्ञा जारी हुन्छ जस्तो लाग्दैन,” उनले थपे। यद्यपि आउँदा दिनमा देखिनसक्ने प्रतिकूल अवस्थासँग जुझ्नका लागि अनौपचारिक तयारी थालिएको रिजालले बताए।

पछिल्लो घटनाक्रमलाई लिएर उपत्यकाका तीनवटै जिल्लाका सीडीओहरूबीच कुराकानी भइरहेको भक्तपुरकी प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले बताइन्। “हामीले निर्णय गरिसकेकै अवस्था चाहिँ होइन। अहिलेको स्थितिको मूल्याङ्कन गरी सामूहिक रूपमा बैठक बसेर हामीले उचित निर्णय लिनेछौँ,”उनले भनिन्।

त्यसअघि विगतमा जस्तै सङ्क्रामक रोग विशेषज्ञ, जनस्वास्थ्यविद्‌लगायत पक्षसँग परामर्श गरिने प्रजिअ शर्माले बताइन्। जनस्वास्थ्यका मापदण्डको पालनामा पछिल्लो समय हेलचेक्र्याइँ भइरहेको विज्ञहरूको गुनासोकाबीच तत्काल कडाइ हुनसक्ने सम्भावनालाई चाहिँ उनले नकारिनन्।

“कडाइ हुनसक्छ। नियन्त्रणको एउटा प्रभावकारी माध्यम भनेकै जनस्वास्थ्यका मापदण्डको पालना हो। सङ्क्रमण बढ्दै गएको अवस्थामा हामीले त्यही अनुसारको नीति पक्कै पनि लिनेछौँ,” प्रजिअ शर्माले थपिन्। आफ्नो जिल्लामा फेला परेका ओमिक्रोन सङ्क्रमितबाटै अरू मानिसहरूलाई फैलने अवस्था नभए पनि पूर्वसावधानीहरू अपनाइसकिएको ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले बताए।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

नारायणगढको इन्द्रदेवरोडमा खुल्यो अर्बन नेष्ट एण्ड रेन्टल शप

स्काइवेल खरीद गर्ने दम्पतीलाई युरोप भ्रमणको सुविधा

कारले मोटरसाइकललाई ठक्कर दिँदा बुबा-छोरीको मृत्यु

ट्रेन्डिङ

सबै

भरतपुर १६ खानेपानी उपभोक्ता समितिको अध्यक्षमा पौडेल

नारायणगढको इन्द्रदेवरोडमा खुल्यो अर्बन नेष्ट एण्ड रेन्टल शप

चितवनमा पहिलोपटक ‘घर बनाउने’ मेला आजदेखि सुरु

नेपालमा निर्माण गरिएको समाचार एप SimilarWeb को सूचीमा टप १० मा

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

भरतपुर १६ खानेपानी उपभोक्ता समितिको अध्यक्षमा पौडेल

नेपालमा निर्माण गरिएको समाचार एप SimilarWeb को सूचीमा टप १० मा

स्काइवेल खरीद गर्ने दम्पतीलाई युरोप भ्रमणको सुविधा

नागढुङ्गा नौबिसे सडक विस्तार: यही वैशाख २२ देखि ३१ गतेसम्म रातिमा पाँच घण्टा बन्द गरिने

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
प्रेस काउन्सिल दर्ता नं.
१९६३/०७६-०९-१६
सम्पर्क
मोबाइल – 9846782512
ई–मेल
narayanidainik@gmail.com

हाम्रो टीम

सम्पादक
विक्रम रेग्मी

संवाददाता
सिर्जना ढकाल
बिबेक अधिकारी
अमिर

भिडियो न्युज
बबिता

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2025 Narayani Dainik | All rights Reserved.