काठमाडौं। पाकिस्तानको वित्तिय मामिलाको जाँच एजेन्सी फेडरल बोर्ड अफ रेभेन्यु अर्थात एफबीआरका पूर्व अध्यक्ष सैयद शब्बद जैदीले यदि हालको चालु खाता र राजकोषीय घाटालाई हेर्ने हो भने यी मुद्दाहरु पाकिस्तान टाट पल्टिएकोसँग सम्बन्धित मुद्दा भएको बताएका छन् । उनले भने ‘सरकारको यो दावी कि सबै कुरा ठिक छ र चीजहरु राम्रा भइरहेका छन् । यी सबै कुरा झुट हुन् ।’ शब्बर जैदीले यो कुरा हालै हमदर्द युनिभर्सिटीमा एक भाषणको क्रममा भनेका थिए ।
अहिले शब्बर जैदीले ट्वीटरमा यस विषयमा सफाइ दिएका छन् । उनका अनुसार उनको भाषणको तीन मिनेटको क्लिपबारे मात्रै कुरा भइरहेको छ । जैदीका अनुसार उनले समाधानको कुरा पनि भनेका थिए । जैदीले भने ‘कसले ऋण लिएको थियो यो विषयमा कसैलाई गाली गर्दैमा केही हुँदैन । यो पाकिस्तानको ऋण हो ब्याज दरमा निर्णय तार्किक तरिकाले हुनुपर्छ । विश्वको कुनै पनि देशको उन्नति निर्यातको दममा हुन्छ । हामीले निर्यातलाई ठिक बनाउनुपर्छ ।’
उनले अगाडि भने ‘ऋण लिने धारणाबाट बाहिर निस्किनुपर्छ । यसबाट देश चल्दैन । हामीले काम गर्ने जनशक्ति निर्यात गर्ने होइन सेवा निर्वात गर्नुपर्छ । अफगानिस्तानमा जबसम्म समावेशी सरकार आउँदैन तबसम्म पाकिस्तान फसिरहनेछ । पाकिस्तानको निर्यात २० अर्ब डलरको छ र हाम्रो खरिददार कोही छ भने पश्चिम हो । हामीले निर्यात बढाउनु छ भने अमेरिकासँग मित्रता गर्नुपर्छ ।’
‘मैले त आजसम्म सीपीइसी बुझोको छैन । यसमा पारदर्शिता ल्याउनु पर्छ । यसबाट हाम्रो अर्थव्यवस्था बर्बाद भइरहेको छ । भारतसँग व्यापारिक सम्बन्ध राख्दैन भनेर जुन नाटक भइरहेको छ यो बन्द हुनुपर्छ । हरेक प्राथमिक स्कुलमा अंग्रेजी हुनुपर्छ । जो बच्चाले अंग्रेजी पढ्दैन ऊ दोस्रो दर्जाको नागरिक बन्छ । तमाम धार्मिक शिक्षा ग्रयाजुएसनपछि मात्र हुनुपर्छ ।’ शब्बर जैदी इमरान खानको सरकारमा १० मे २०१९ देखि ८ अप्रिल २०२० सम्म एफबीआरका अध्यक्ष थिए ।
पाकिस्तान टाट पल्टिएको कुराले चर्चा पाएपछि शब्बद जैदीले ट्वीट गरेर भने ‘हमदर्द युनिभर्सिटीमा मेरो भाषणको गलत व्याख्या भइरहेको छ । त्यहाँ आधा घण्टाको प्रस्तुतीकरण थियो । यसबाट केवल ३ मिनेटको क्लिपका बारेमा कुरा भइरहेको छ।
त्यहाँ आधा घण्टाको प्रस्तुतीकरण थियो । यसबाट केवल ३ मिनेटको क्लिपका बारेमा कुरा भइरहेको छ । हो मैले चालु खाता र राजश्व घाटाको कुरा उठाएको थिएँ र यो टाट पल्टिएको मुद्दा हो जुन चिन्ताजनक छ । हामीले समाधानतर्फ हेर्नुपर्छ । मैले आफ्नो कुरा पूर्ण विश्वासका साथ भनेको छु ।’
शब्बर जैदीले शनिबार पनि ट्वीट गरेर यो विषयमा आफ्नो पक्ष राखे । उनले ट्वीट गरे ‘मैले किन भनें कि वर्तमान केन्द्रीय वित्तिय ढाँचा अलाभकारी र टाट पल्टिएको छ । केन्द्रीय राजश्व ६५०० अर्बको छ । प्रान्तहरुलाई केन्द्रले ३५०० अर्ब दिन्छ । बाँकी रह्यो ३००० अर्ब । केन्द्रको ऋण सेवाः मन्त्रालय २८०० अर्ब, रक्षा १५०० अर्ब, प्रशासन ३०० अर्ब, एसओइ ५०० अर्ब । मैले राजश्वलाई यहाँ उच्च स्तरमा राखेको छु र खर्चलाई तल ।’
त्यसपछि अर्को ट्वीटमा जैदीले भने ‘मैले लगातार भनिरहेको छु कि म आफ्नो एउटा पनि शब्दबाट पछि हटेको छैन । मैले हेर्नको लागि तथ्य दिइरहेको छु । हामीले केन्द्रीय वित्तिय ढाँचालाई फेरि बनाउनु आवश्यक छ । कुनै पनि किसिमले यसले वर्तमान आकारमा काम गर्न सक्दैन । हामीले जबसम्म यसको लागि काम गर्दैनौं तबसम्म यसले काम गर्ने छैन ।’
शब्बर जैदीको तर्कपछि यो कुरालाई लिएर बहस तीब्र भएको छ कि के पाकिस्तान टाट पल्टिने संघारमा छ वा टाट पल्टिएको छ ? यो बहसका बीच पाकिस्तानका स्तम्भकार फर्रुख सलीमले ट्वीट गरेर भनेका छन् कि टाट पल्टिनु एक लामो प्रक्रिया हो । सलीमले ट्वीटमा लेखेका छन् ‘के पाकिस्तान टाट पल्टिएको हो ?
१. टाट पल्टिनु एक कानुनी प्रक्रिया हो जो ऋणदाताले सुरु गर्छ ।
२. यो अदालतको आदेशबाट लागू हुन्छ ।
३. जो कुनै ऋण तिर्न असमर्थ हुन्छ ।
४. कुनै पनि ऋणदाताले पाकिस्तानविरुद्ध कानुनी प्रक्रिया सुरु गरेका छैनन् ।
५. कुनै अदालतको आदेश छैन ।
६. पाकिस्तानले आफ्ना सबै ऋण तिर्दै आएको छ ।
एक रिपोर्टका अनुसार पाकिस्तानमाथि अहिले ५०.५ लाख करोड पाकिस्तानी रुपैयाँ बराबर ऋण र तिर्नुपर्ने दायित्व छ । योमध्ये २०.७ लाख करोडपाकिस्तानी रुपैयाँको ऋण केवल वर्तमान सरकारमाथि छ । यही रिपोर्टका अनुसार इमरान खान सरकार बनेपछि पाकिस्तानको सार्वजनिक ऋण निकै बढेको छ । एक्सप्रेस ट्रिब्युन अखबारका अनुसार सेप्टेम्बर २०२१ मा स्टेट बै.क अफ पाकिस्तानले ऋणको तथ्यांक जारी गरेको थियो । यसको एक दिन पहिले इमरान खानले बढ्दो ऋणलाई राष्ट्रिय सुरक्षाको मुद्दा भनेका थिए ।
रिपोर्टका अनुसार विगत ३९ महिनामा पाकिस्तानको ऋण २०.७ लाख करोड पाकिस्तानी रुपैयाँ बढेको छ । यो देशको कूल ऋणमा ७० प्रतिशतको वृद्धि हो । एक्सप्रेस ट्रिब्युनको रिपोर्टअनुसार अन्तर्राष्ट्रिय मुद्रा कोषले पाकिस्तानको ऋण लिने निवेदनलाई रद्द गरिदिएको थियो किनकि आइएमएफ स्टेट बैंक अफ पाकिस्तानको ऋण लिने शर्तहरुमा सहमत थिएन ।
के पाकिस्तान टाट पल्टिन लागेको हो ?
कुनै देशलाई टाट पल्टिएको घोषणा गर्न एकसाथ कैयौं आर्थिक शक्तिहरुले काम गर्छन् । कुनै देशलाई टाट पल्टिएको घोषणा गर्नु कुनै कम्पनीलाई टाट पल्टिएको घोषणा गर्नुजस्तो होइन तर एक देशको मौद्रिक नीतिको स्थिति अन्य कारकहरुभन्दा माथि हुन्छन् जसले कुनै देशको हैसियतलाई देखाउँछन् । यसका साथै लगानीकर्ताहरुको विश्वासले पनि कुनै देशको टाट पल्टिने हैसियतलाई बताउँछन् जसमा मुडीज जस्ता कम्पनीको क्रेडिट रेटिङले पनि ठूलो भूमिका निभाउँछ ।
मिच रेटिङ्सले हालै पाकिस्तानको अर्थव्यवस्थामा सुधारको सम्भावनाको आधारमा आफ्नो रेटिङमा सुधार गर्ने कुरा दोहोर्याएको थियो । यही वर्ष मेमा पाकिस्तानलाई ऋण दिने जोखिममा उसलाई ‘बी’ रेटिङ दिइएको थियो । यो रेटिङ एजेन्सीहरुले एक देशको वित्तिय जिम्मेवारीको इतिहास, उनीहरुको पछिल्लो तिर्नुपर्ने दायित्वमा चुक र आइएमएफको वर्तमान ऋण तिर्ने योजनाहरु हेरेर क्रेडिट दिन्छन् ।
अन्तर्रष्ट्रिय बोन्ड मार्केटबाट ऋण लिनु पनि कैयौं देशहरुलाई महंगो पर्ने गरेको छ किनकि उनीहरु लगानीकर्तालाई धेरै लाभको विश्वस दिलाउँछन् तर त्यो दिन सक्दैनन् । जब कुनै देशले आफ्नो ऋणदातालाई यी ऋणहरु समयमा तिर्न सक्दैन त्यसपछि उसलाई टाट पल्टिएको भनिन्छ । तर, कुनै देश टाट पल्टिएको घोषणा कुनै कम्पनी टाट पल्टिएको जस्तो हुँदैन ।
कुनै देशले यी ऋणहरु तिर्न नसकेपछि उसले आफ्नो ऋणको पुनर्गठन गर्छ र नीतिहरुमा परिवर्तन गर्छ । उसले आफ्नो बोन्डको वर्तमान मूल्यमा पनि परिवर्तन गर्छ जसबाट लगानीकर्तालाई आफ्नो पूरै रकम जाने डर नहोस् । जब सबै प्रयासहरुपछि पनि अथृव्यवस्था सम्हालिन सक्दैन र देश ऋण तिर्न असमर्थ रहन्छ भने उसले आफैंलाई टाट पल्टिएको घोषणा गर्छ । जस्तो कि २००१ मा अर्जेन्टिनाले गरेको थियो ।
अर्जेन्टिना त्यतिबेला भारी ऋणमा थियो र दंगाकारीहरु सडकमा घुमिरहेका थिए । अर्जेन्टिनाका आर्थिक समस्याहरु धेरै पहिले सुरु भइसकेका थिए । उसले आफ्नो मुद्रा पेसोलाई अमेरिकी डलरको बराबरी बनाइदियो । अमेरिकाको अर्थव्यवस्था बढ्दै गयो तर अर्जेन्टिनाले आफ्नो मुद्रा पेसोको मूल्य घटाएन र उसले नयाँ नोट छाप्दै गयो जसबाट लगानीहताृहरुमा डर बढ्यो र उनीहरु भागे ।
त्यसपछि अर्जेन्टिनाले आफ्नो ऋण नतिर्ने घोषणा गर्यो । यो घोषणापछि अर्जेन्टिनालाई नयाँ ऋण दिन ऋणदाताहरुले अस्वीकार गरे र उसको अर्थव्यवस्था ढल्यो । पाकिस्तानमाथि ऋण लगातार बढिरहेको छ तर रेटिङ एजेन्सीहरुले उसको अर्थव्यवस्थामा आशा पनि जगाएका छन् । फिच रेटिङ एजेन्सीका अनुसार कोरोना महामारीपछि पाकिस्तानको अर्थव्यवस्था फेरि सही ट्रयाकमा फर्किरहेको छ ।