हाम्रो देशमा सबै कुरामा क्रान्ति आयो तर कृषिमा भने अजै क्रान्ति आएको जस्तो लागेको छैन । हाल शिक्षामा क्रान्ति आएरै होला धरै यूवाहरु आधुनिक खेतीतर्फ आकर्षण भएका छन् । देशमा खाद्यनको आयात रोक्नको लागि ति युवाहरुले धेरैनै सहयोगी भूमिका खेलेको जस्तो लाग्छ ।
हामी सबैलाइ थाहा नै छ नेपालमा कृषि गर्नको लागि कति गार्हो छ भनेर, असाण लाग्यो धनमा हाल्ने मल पाइदैन, मंशीर लाग्यो बजार पाइदैन त्यहि पनि नेपालीहरुले खेती गरीनै रहेकाछन् ।
अहिले यो कोरोन भाइरसको कारणले किशानले उत्तपादन गरेका तरकारी, फलफुल, मासु, अण्डाले बजार पाएका छैनन् । हामीलाई थाहानै छ चितवन मासु,अण्डा, केरामा त आत्मा निर्भर थियौ नै आहिले बिस्तारै तरकारीमा पनि हुदैछ ।
अहिले ति उत्तपादन सामग्रीहरुलाइ बजार सम्म पुराउन निकै कष्टकर अबस्था आएको छ । किनकि खेतमा काम गर्ने मजदुर पाईएको छैन । खाद्यान्न बिक्रेता , खाद्यान ढुवानीकर्तालाइ नि कोरोनाको डरले सताय को छ त्यसैले त्यो किसानको पसिनालाइ खेतमा बग्नदिन हुन्न र समयमै सम्बन्धित निकायले त्यसतर्फ ध्यान दिनु पर्छ जस्तो लाग्छ ।
अब कुरा रह्यो त्यो उत्पादनलाइ कसरी बजार सम्म पुर्याउन सकिन्छ , आहिलेको आबस्तामा सबै कुराको लागि केन्द्र सरकारको मुखताक्नु त्यति औचित्यको कुरा हो जस्तो लाग्दैन । आहिले हामीसंग ३ तहको सरकार छ । आहिलेको यो समस्या तल्लोतहबाटै समाधान खोज्नु पर्छ जस्तो लाग्छ । माथिल्लो तह हेर्ने हो भने धेरै किसान बाटोमा आउछन ।
स्थानीय तहले सम्मन्यन गर्दियो भने यो समस्या सजिलै समाधान हुन सक्छ । किनकि हामीलाइ थाहानै छ प्रत्यक वाडमा टोलसुधार समिति छ, आमा समूह छ, युवा संजाल छ, अझ भन्ने हो भने सहकारी पनि छ्र यो समयमा सहकारीले आफ्नो राम्रो भूमिका देखाऊन सक्छ ।
त्यसैले समयमै किसानको पीरमर्का बुज्न सक्नु पर्छ ३ नै तहको सरकारले ।अब कोरोना पछिको क्रान्ति भनेको कृषि क्रान्ति हुने छ, किनकी जति पनि नेपाली दाजुभाई दिदिबहिनिहरु जो नेपाल आउनु भएको छ, र आउदै हुनुछ उहाहरुलाइ रोजगार दिने एउटा मात्र सस्था छ जो हो कृषि ।
त्यसैले फेरीपनि तल्लो तह सम्मको सरकारलाइ भन्न चाहन्छु कि, किसानको उपजलाई निउनतम मूल्य दिएर हुन्छ कि के गरेर हुन्छ किसान को माग चाडो भन्दा चाडो सुनियोस । राहत वितरण गर्दा पनि किसानलाइ सहयोग हुने खालको तरिकाले वितरण गरियोस भन्न चाहन्छु ।
संदेश वाग्ले
संयोजक , भरतपुर महानगर युवा संजाल