• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
आइतबार, जेठ १०, २०८३
☰
    • समाचार
    • राजनीति
    • नारायणी
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U
    • English

भर्खरै

इला कम्फर्टमा झरीसँगै गुञ्जियो सङ्गीत र खुशी, पानीको अनौठो संगम, उर्लियो भीड

चितवनमा नयाँ इलेक्ट्रिक एसयूभी MG S6 EV Trophy Long Range को औपचारिक शुभारम्भ

बजेट र नीति कार्यक्रममा जनसहभागिता बढाउन सुझाव संकलन पोर्टल सुरु

टाटा पेन्ट्सद्वारा प्रदेश १ का डिलरहरूका लागि सौरहामा डिलर मिट सम्पन्न

घरघरमा पानी पुर्‍याउँदै रत्ननगर खानेपानी: शुल्क घटाएर सेवा विस्तार

सर्वनाम थिएटरमा चैत २७ र २८ गते मदन श्रेष्ठ निर्देशित नाटक ‘१२ दुर्वासा’ मञ्चन हुने

अमलाचौर सम्पर्क समाजको प्रथम अधिवेशन सम्पन्न, नयाँ नेतृत्व चयन

राप्तीमा फोटो पत्रकार महासंघको तेस्रो महाधिवेशन सम्पन्न, नयाँ नेतृत्व चयन

निर्वाचन प्रयोजनका गाडी फिर्ता नगरेको भन्दै Gen Z चितवनको ध्यानाकर्षण

लोकप्रिय समाचार

सेनाले ठेक्का-पट्टा मात्र गर्ने कि सिमाको रक्षा पनि गर्ने ?



  •   शनिबार, जेठ १०, २०७७
  • A
  • A+
  • A++

मेगराज पौडेल। भरतपुर

धेरैले भनेका छन्, नेपाली सेनालाई बिबादमा किन तान्ने ? तर म भन्छु कुनैपनि देशको सेना भनेको देशको सार्वभौम अछुण राख्नको लागि र जनताको सुरक्षाको लागि अन्तिम आशाको किरण अथवा शक्ति हो । नेपालमा दुइ थरिका सेना उत्पादन हुन्छन् एउटा नेपाली सेना भने अर्को सिधै सोहि मुलुक आएर गोर्खा रेजिमेन्टल अन्तर्गतको सेना।

मेरो गम्भिर ध्यानाकर्षण कहाँ नेर हो भने यो दुबै सेनाले पैसाको लागि नेपालको भन्दा बिदेशको सुरक्षार्थ ज्यान फाल्न तयार छन्, गोर्खा रेजिमेन्टको नकुरा गरौ तर नेपाली सेनाको सन्दर्भमा अचम्म छ । नेपाली सेना नेपाल र नेपाल प्रति नभइ सयुक्त राष्ट्रसंघ प्रति बफादार छ ।

आज नेपाली सेनाले डलर कै प्रलोभनमा लेबनान, केन्या, कँगो, इथियोपिया लगायतका देशको सुरक्षार्थ तत् मुलुकहरुका सिमामा खटिएको छ । शान्ति सेना मिसन अन्तर्गत कैयौँ कोस परको देशको सुरक्षामा खटिएका सेना आफ्नै मुलुकमा सिमा मिचिँदा भने निरिह देखिन्छ। चेन अफ कमाण्ड होला उसको,बेग्लै निति नियम होलान् तर जनताले बार्षिक ५० अर्ब रुपैयाँ भन्दा बढी लगानी गरेको नेपाली सेनाको भुमिका राष्ट्र र जनता प्रति उत्तरदायी भएन भने यो गम्भीरतापूर्वक लिनुपर्ने बिषय हुन्छ ।

कतिपयलाई मेरा यि बिचार मन नपर्न पनि सक्छ तर गौरवशाली इतिहास बोकेको सेना स्वयं आफ्नै मुलुकको लागि परेको बेला र जनताले आश गरेको बेला काम नआए कहिले काम आउने ? जनताले चाहेको केहो ? यत्ति त हो आफ्नै मुलुकको चार किल्ला सुरक्षा र भवितव्य परेको बेला जनताको सुरक्षा, बस् यत्ति न हो ।

भुकम्प लगायतका बिपत्तिमा सेनाको भुमिका सराहनिय छ तर सिमा सुरक्षित गर्ने बिषयमा कता-कता सेनाभित्र पनि शंका गर्ने बेला आएको छ । देशको सुरक्षा गर्नु पर्ने सेनाहरु बिकास गर्न लाग्ने यता बिकास गर्नुपर्ने निकाय चाहि भ्रष्टाचार गर्न तिर लाग्ने र छिमेकी गिद्दले आयस्ता आयस्ता जगेँ पिल्लर सार्दै सार्दै आउने हो भने कस्को अस्तित्व रहन्छ?

नेपाल भित्र छिरेर आछाम सम्म पुगेर भारतीय सेनाले अपराधी समातेर लान्छ तर नेपालको सेना बेखबर हुन्छ, भारतीय एसएसबिहरुका बुट खाने नेपाली र बलात्कृत हुने महिला असङ्ख्य छन् तर यो बेदना नेपाली सेनाले सुन्दैन, भुकम्प उद्दार गर्ने बहानामा आएको भारतीय सेनाको फोर्सले विमानस्थलको बिचमा आफ्नो बिमान राखेर एरपोर्टमा कब्जा गर्छ तर नेपाली सेना बेखबर हुन्छ?

भारतिय एसएसबीले नेपाली गोबिन्द गौतमलाई गोलि ठोकेर मार्दा सेना चुप लागेर बस्छ भने समग्रमा नेपाली सेनाको भुमिका शकाँस्पद देखिन्छ । भक्ति थापाहरु किल्लामा पानी पनि नपिई प्याक प्याक परेर अग्रेजका घाटि रेटेर जोगाएको मुलुकको सौभाग्य होला भक्ति थापाकै सन्तान पुर्ण चन्द्र थापा आज नेपाली सेनाको प्रमुख सेनानी छन।

मलाइ लाग्छ मुलुकको सन्दर्भमा यि मेरा भावनाहरु उहाँले बुझ्नुहुनेछ र पुर्खाले आर्जेको मुलुक सुरक्षार्थ जस्तो सुकै कदम चाल्न पछि पर्नु हुने छैन् । देशलाई आवस्यकता परेकोबेला नेता मन्त्रीको आदेश चाहिने हो? यदि चाहिने हो भने मन्त्री परिषद्को आदेश नआउन पनि सक्छ किनकी लोभिपापीले देश हाकेँका छन् भन्ने कुरा त यि सेना प्रमुख हरुलाइ पनि थाहा होला।

अब ल मानिलिउ इन्डियनले नेपालका लेण्डुपहरुसँग सम्झौता गरि देेशकब्जा गर्न सेना पठायो अब यहाँको मन्त्री परिषद्ले त सेना परिचालन गर्ने निर्णय गर्दैन् गरिहाले पनि समयले नेटो काटेपछि गर्लान् अब यस्तो बेला जगिँय अड्डाको भुमिका के हुने? कि यसबेला पनि सरकारको निर्णय आउला भनेर टुलुटुलु लाटीले पापा हेरे झैं गरी बस्ने ? जनताले खाइनखाइ तिरेको करले पोषित जो कुनैले आफ्नो भुमिका निर्वाह र जिम्वेवारी बिर्सनु हुँदैन । सारंसमा यत्ति बुझे र मुलुक प्रति हरेक ब्यक्ति बफादार रहे कुनै बैरिको केहि डाल गल्दैन ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

रवि लामिछानेलाई उच्च अदालतले धरौटीमा रिहा गर्ने आदेश

अर्धबेहोस अवस्थामा जहाजबाट दोहा पुगे रूद्रकली र खगेन्द्रप्रसाद

मन्त्री घिसिङको चेतावनी: अलपत्र घुमाउने पुलको ठेक्का एक महिनाभित्र काम नगरे तोडिने

ट्रेन्डिङ

सबै

इला कम्फर्टमा झरीसँगै गुञ्जियो सङ्गीत र खुशी, पानीको अनौठो संगम, उर्लियो भीड

चितवनमा नयाँ इलेक्ट्रिक एसयूभी MG S6 EV Trophy Long Range को औपचारिक शुभारम्भ

बजेट र नीति कार्यक्रममा जनसहभागिता बढाउन सुझाव संकलन पोर्टल सुरु

टाटा पेन्ट्सद्वारा प्रदेश १ का डिलरहरूका लागि सौरहामा डिलर मिट सम्पन्न

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

टाटा पेन्ट्सद्वारा प्रदेश १ का डिलरहरूका लागि सौरहामा डिलर मिट सम्पन्न

बजेट र नीति कार्यक्रममा जनसहभागिता बढाउन सुझाव संकलन पोर्टल सुरु

चितवनमा नयाँ इलेक्ट्रिक एसयूभी MG S6 EV Trophy Long Range को औपचारिक शुभारम्भ

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
प्रेस काउन्सिल दर्ता नं.
१९६३/०७६-०९-१६

सम्पर्क

विज्ञापन
9806752475

ई–मेल
narayanidainik@gmail.com

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2026 Narayani Dainik | All rights Reserved.