• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
आइतबार, जेठ ०३, २०८३
☰
    • समाचार
    • राजनीति
    • नारायणी
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U
    • English

भर्खरै

बजेट र नीति कार्यक्रममा जनसहभागिता बढाउन सुझाव संकलन पोर्टल सुरु

टाटा पेन्ट्सद्वारा प्रदेश १ का डिलरहरूका लागि सौरहामा डिलर मिट सम्पन्न

घरघरमा पानी पुर्‍याउँदै रत्ननगर खानेपानी: शुल्क घटाएर सेवा विस्तार

सर्वनाम थिएटरमा चैत २७ र २८ गते मदन श्रेष्ठ निर्देशित नाटक ‘१२ दुर्वासा’ मञ्चन हुने

अमलाचौर सम्पर्क समाजको प्रथम अधिवेशन सम्पन्न, नयाँ नेतृत्व चयन

राप्तीमा फोटो पत्रकार महासंघको तेस्रो महाधिवेशन सम्पन्न, नयाँ नेतृत्व चयन

निर्वाचन प्रयोजनका गाडी फिर्ता नगरेको भन्दै Gen Z चितवनको ध्यानाकर्षण

राप्तीमा भलिबल प्रतियोगिता र चैते दशैं मेला हुँदै

प्रजातन्त्रका पहरेदार टेकप्रसाद गुरुङ — एक राजनीतिक प्रोफाइल

लोकप्रिय समाचार

काठमाडौं उपत्यकामा फेरि लकडाउन गर्ने घोषणा के भन्छ्न त सिडियोहरु



  •   बिहिबार, मङि्सर २३, २०७८
  • A
  • A+
  • A++

काठमाडौं । नेपालमा ओमिक्रोन भेरिअन्टका दुईजना सङ्क्रमित फेला परेसँगै खासगरी काठमाडौं उपत्यकामा सम्भावित प्रतिबन्धात्मक कदमलाई लिएर सर्वसाधारणले चासो व्यक्त गर्न थालेका छन्।सामाजिक दूरी, मास्कको प्रयोगलगायत जनस्वास्थ्यका मापदण्डको पालनामा फेरि कडाइ गर्नुपर्ने विज्ञहरूले सुझाइरहँदा कतिपय मानिस सम्भावित लकडाउनलाई लिएर झस्केका हुन्।

ओमिक्रोन भेटिएको देशबाट मंसिर ३ गते नेपाल प्रवेश गरेका एक ६६ वर्षीय विदेशी र उनको सम्पर्कमा आएका अर्का ७१ वर्षीय व्यक्तिमा सङ्क्रमण भेटिएको सोमवार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको थियो। दक्षिण अफ्रिकामा पहिलोपटक फेला परेको ओमिक्रोन भेरिअन्ट अहिलेसम्म भारतसहित ४० भन्दा बढी देशमा फैलिसकेको छ।

के भन्छन् सीडीओहरू ?
कोभिड महामारी शुरू भएयता नियन्त्रण तथा रोकथामका लागि काठमाडौं उपत्यकाका काठमाडौं , ललितपुर र भक्तपुर जिल्ला प्रशासनहरूले एकसाथ प्रतिबन्धात्मक कदमहरू चाल्दै आएका छन्। उपत्यकामै ओमिक्रोनका सङ्क्रमित भेटिनुलाई आफूहरूले “गम्भीर” रूपमा लिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजाल बताउँछन्।

“अब छिट्टै जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रको बैठक बसेर हाम्रो तर्फबाट गर्नुपर्ने पूर्वतयारी र पूर्वसावधानीका उपाय के कस्ता हुनसक्छन् भन्नेबारे हामी एउटा निचोडमा पुग्छौँ,” बीबीसीसँग उनले भने। विगतमा जस्तै लकडाउन गर्ने वा नगर्ने विषय सङ्क्रमणको अवस्थाले निर्धारण गर्ने प्रजिअ रिजालले स्पष्ट पारे।

“सङ्क्रमितहरू बढ्दै गए र नियन्त्रणका लागि हामीले विभिन्न निषेधात्मक उपाय अपनाउनुपर्ने अवस्था सिर्जना भयो भने लकडाउनमा पनि जान सकिन्छ। तर अहिले नै लकडाउन वा निषेधाज्ञा जारी हुन्छ जस्तो लाग्दैन,” उनले थपे। यद्यपि आउँदा दिनमा देखिनसक्ने प्रतिकूल अवस्थासँग जुझ्नका लागि अनौपचारिक तयारी थालिएको रिजालले बताए।

पछिल्लो घटनाक्रमलाई लिएर उपत्यकाका तीनवटै जिल्लाका सीडीओहरूबीच कुराकानी भइरहेको भक्तपुरकी प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले बताइन्। “हामीले निर्णय गरिसकेकै अवस्था चाहिँ होइन। अहिलेको स्थितिको मूल्याङ्कन गरी सामूहिक रूपमा बैठक बसेर हामीले उचित निर्णय लिनेछौँ,”उनले भनिन्।

त्यसअघि विगतमा जस्तै सङ्क्रामक रोग विशेषज्ञ, जनस्वास्थ्यविद्‌लगायत पक्षसँग परामर्श गरिने प्रजिअ शर्माले बताइन्। जनस्वास्थ्यका मापदण्डको पालनामा पछिल्लो समय हेलचेक्र्याइँ भइरहेको विज्ञहरूको गुनासोकाबीच तत्काल कडाइ हुनसक्ने सम्भावनालाई चाहिँ उनले नकारिनन्।

“कडाइ हुनसक्छ। नियन्त्रणको एउटा प्रभावकारी माध्यम भनेकै जनस्वास्थ्यका मापदण्डको पालना हो। सङ्क्रमण बढ्दै गएको अवस्थामा हामीले त्यही अनुसारको नीति पक्कै पनि लिनेछौँ,” प्रजिअ शर्माले थपिन्। आफ्नो जिल्लामा फेला परेका ओमिक्रोन सङ्क्रमितबाटै अरू मानिसहरूलाई फैलने अवस्था नभए पनि पूर्वसावधानीहरू अपनाइसकिएको ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले बताए।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

लामो समय पिसाब रोकिरहनु खतरनाक, विशेषज्ञले चेतावनी

पर्सामा जापनिज इन्सेफ्लाइटिसका बिरामी भेटिए

वीरगञ्जको हैजा नियन्त्रणमा जुट्न सुरक्षा निकायलाई गृहमन्त्रीको निर्देशन

ट्रेन्डिङ

सबै

बजेट र नीति कार्यक्रममा जनसहभागिता बढाउन सुझाव संकलन पोर्टल सुरु

टाटा पेन्ट्सद्वारा प्रदेश १ का डिलरहरूका लागि सौरहामा डिलर मिट सम्पन्न

घरघरमा पानी पुर्‍याउँदै रत्ननगर खानेपानी: शुल्क घटाएर सेवा विस्तार

सर्वनाम थिएटरमा चैत २७ र २८ गते मदन श्रेष्ठ निर्देशित नाटक ‘१२ दुर्वासा’ मञ्चन हुने

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

टाटा पेन्ट्सद्वारा प्रदेश १ का डिलरहरूका लागि सौरहामा डिलर मिट सम्पन्न

बजेट र नीति कार्यक्रममा जनसहभागिता बढाउन सुझाव संकलन पोर्टल सुरु

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
प्रेस काउन्सिल दर्ता नं.
१९६३/०७६-०९-१६

सम्पर्क

विज्ञापन
9806752475

ई–मेल
narayanidainik@gmail.com

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2026 Narayani Dainik | All rights Reserved.