बिश्वनै COVID-19 को महामारीले गुज्रिएको बेला, हाम्रो सप्तगण्डकी क्याम्पसले गर्न लागेको अनलाइन कक्षा संचालन सम्बन्धि सुचनाले धेरै नै सोच्न बाध्य गरायो ।
यस महामारीको अवस्थामा पनि कसलाई हेरेर कक्षा संचालन गरिदै छ जो पढ्ने विद्यार्थी हुन् तिनीहरु कतिसंग फोन नै छैन हुनेको घर मा राम्रो इन्टरनेटको सुबिधा छैन ।
यस क्याम्पसमा पढ्ने ७०% भन्दाबढी विद्यार्थीहरु ग्रामीण क्षेत्रका छन् भने थाहा हुदा हुदै पनि यस्तो निर्णय किन गरियो? यति बेला धेरै जसो विद्यार्थी गाउमा छन् केही गाउ जान नपाएकाहरु बिहान बेलुका हात मुखमा कसरी पुर्याउने भनेर सोचिरहेका छन् जुन ठाउमा फोनमै बोल्न पनि रुखमा चढ्न पर्छ तिनीहरु कसरी पढ्ने? उनिहरु बन्चित भएनन्?
जसले पढ्न पाउन पर्ने हो उनीहरुले नै यो प्रबिधिबाट बन्चित हुन्छन भने यस शिक्षा प्रणालीको के महत्त्व रह्यो बरु केहि महिना शुल्क मिनाहा स्वरुप राहतको प्याकेज घोषणा गर्नुस । नोट उपलब्ध गराउनुस उचित हुन्छ अन्यथा यो देखावटी काम बन्द गर्नुस ।
सहरमा भएका दुइ चार जनाले पढ़लान पढाउनेले भता पाउलान त्यो आफनो ठाउमा छ तर जो विद्यार्थी ग्रामीण भूभागमा छन् , बजार मै भएपनी जो ईन्टरनेटको प्रयाप्त सुबिधा छैन उनीहरु कसरी पढ्ने ? सधै डाटा खोलेर पढ्ने क्षमता जो कोही संग हुदैन पनि तेसैले यो अवस्थामा के गर्ने ?
क्याम्पस प्रशासन मजाक नगर्नुस वर्तमान देशको अबथा अनुसार यो शिक्षा पद्धति त्यति गुणस्तरीयता हुदैन बेलैमा सोच्नुस र आवश्यक निर्णय लिनुहोस ।
प्रकाश सुवेदी
बिद्यार्थी, बि।बि।एस तेस्रो बर्ष अध्यनरत