• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
शनिबार, जेठ ०४, २०८२
☰
    • समाचार
    • राजनीति
    • नारायणी
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U
    • English

भर्खरै

भरतपुर १६ खानेपानी उपभोक्ता समितिको अध्यक्षमा पौडेल

नारायणगढको इन्द्रदेवरोडमा खुल्यो अर्बन नेष्ट एण्ड रेन्टल शप

चितवनमा पहिलोपटक ‘घर बनाउने’ मेला आजदेखि सुरु

नेपालमा निर्माण गरिएको समाचार एप SimilarWeb को सूचीमा टप १० मा

स्काइवेल खरीद गर्ने दम्पतीलाई युरोप भ्रमणको सुविधा

कारले मोटरसाइकललाई ठक्कर दिँदा बुबा-छोरीको मृत्यु

नागढुङ्गा नौबिसे सडक विस्तार: यही वैशाख २२ देखि ३१ गतेसम्म रातिमा पाँच घण्टा बन्द गरिने

पुष्पाञ्जली अस्पतालमा आरोग्य प्याकेज ः रु १५०० मै ल्याबसहित स्वास्थ्य परीक्षण

व्यवसायसंँगै राजनीतिमा सक्रिय राजकुमार तरुणदल चितवनको अध्यक्षको तयारीमा

लोकप्रिय समाचार

  • १. भरतपुर १६ खानेपानी उपभोक्ता समितिको अध्यक्षमा पौडेल

कर्णाली आफैँभित्र भरिएको समृद्धिको एउटा ‘भकारी’ हो।



  •   आइतबार, भदौ १४, २०७७
  • A
  • A+
  • A++

कर्णाली प्रदेश भाौगोलिक रुपमा जति विकट छ प्राकृतिक सौर्न्दर्यका हिसाबले त्यति नै धनी छ । भौगोलिक विकटता र मानव विकास सुचाङ्कमा सबैभन्दा पछाडि परेको कर्णाली प्राकृतिक सौर्न्दर्यले भरिएको छ । स्वर्गको एक टुक्राको रुपमा चिनिने रारा वास्तवमा अति सुन्दर एवम् रमणीय छ । स्वर्गकी अपसरा उपनामले समेत चिनिने रारा ताल पछिल्लो समय पर्यटकको पहिलो रोजाईमा पर्ने गरेको छ । धार्मिक, एतिहासिक,सास्कृतिक तथा पुरातात्त्विक महत्त्वका हिसाबले पनि विशिष्ट छ कर्णाली ।

कर्णाली प्रदेश नेपाली भाषा, संस्कृति र इतिहासको खुल्ला सङ्ग्रहालय हो । सरकारले सार्वजनिक गरेको एक सय नयाँ पर्यटकीय क्षेत्र मध्ये मुगुको राराताल सबैभन्दा उत्कृष्ट पर्यटकीय गन्तव्य हो । रारा प्राकृतिक सुन्दरताले सजिएको एक मनमोहक एवम् नेपालकै सबैभन्दा ठूलो ताल हो । रारा ताल समुदिसतह देखि दुई हजार नौ सय नब्बे (२,९९०) मिटरको उचाइमा पर्दछ। गहिराइ एक सय सत्सट्ठी (१६७) वर्ग किलो मिटर क्षेत्रफलमा फैलिएको छ ।

कर्णालीमा रारा ताल मात्र नभएर रारासँग देशकै कान्छो राष्ट्रिय निकुञ्ज पनि छ । वि.स. २०३२ सालमा स्थापना भएको देशकै कान्छो रारा राष्ट्रिय निकुञ्ज भित्र रहेको यश तालमा तीन प्रकारका असला माछा, दुई सय चौबीस किसिमका वनस्पति, दुई सय बहत्तर प्रजातिका चरा पाईन्छ । त्यस्तै एकाउन्न प्रजातिका स्तनधारी तथा गुच्ची च्याउ, पाँचअौले,सतुवा,तितो, यार्चागुम्बु, हिङ्गसि लाजित, काङ्गसिलो र कटुकी जडिबुटीले मात्र नभई नेपालमै लोप हुन थालेको रेडपाण्डा पनि पाईने रारामा काडे भ्याकुर,हिमालि कालो भालु, कालिज,घोरल,मृग, कस्तुरी, रतुवा, हिम चितुवा र नेपालको राष्ट्रिय पंक्षि डाँफेले यश क्षेत्रको महत्त्वलाई झन बढाएको छ ।

स्थानीय रुपमा उत्पादन हुने रातो मार्सि धानको भात,मास र सिमिको दाल, आलुको तरकारी, मह,गँहुको रोटी कोदो र सिस्नोको तरकारी, लोकल कुखुरा, कर्णालीको ताजा माछा स्याउको रक्सिका परिकारले रारामा अ।उने पर्यटकलाई मुगुको स्वाद दिन्छ । अतस् मुगु घुम्न आउने जोकोहिलाई कोदो र फापरको रोटीमा महको अचारले जिब्रो नै रसिलो बनाउँछ । रारा आउने पर्यटकलाई सिमि,स्याउ,मह र चियामा हाल्ने यहाँको जडिबुटी कोशेली सो रुप उपहार दिने गरिन्छ ।

रारातालको स्वच्छ पानीमा आकाशको छायाको कारण तालको पानी गाढा निलो देखिन्छ । सफा पानीमा माछा, हाँस र जलेवा जस्ता चरा डुबुल्की मारेको दृश्यले झनै राराको बाताबरण अनुपम छ । ताल वरिपरिका विभिन्न फुलहरुको मगमग वासना, स्याउको बगैंचाहरुले जो सुकैलाई पनि मोहित तुल्याउनेछ । मुगुमा रारा मात्रै छैन अन्य धेरै धार्मिक, प्राकृतिक, साँस्कृतिक तथा ऐतिहासिक सम्पदाहरू छन । तर, बिडम्वना समृद्धि सपनाको यो भकारीलाई न राज्यले अहिलेसम्म खोल्ने प्रयास ग¥यो न, कर्णालीवासीले आफ्नै आँगनको त्यो भकारी चिन्न सके। यी ऐतिहासिक, धार्मिक महत्वका सम्पदाहरुमा पर्यटकले सहज र सरल तरीकाले पुग्नसक्ने अवस्था न्युन छ ।

भएका पर्यटकीय क्षेत्रमामा पुग्न पर्यटकले जोखिम मोलेर जानुपर्ने बाध्यात्मक अवस्था छ । मुगुको विभिन्न पर्यटकीय गन्तव्यमा पुग्न सडक, स्तरीय होटल, विद्युत, सञ्चार लगाएतको पूर्वाधार भने अभावमै गुज्रिएका छन् । यता, प्रदेश सरकारले ‘पर्यटन वर्ष २०७६’ मनाउने जोडतोडका साथ सुरु गरे पनि कर्णालीका अधिकांश जिल्लाहरुमा पर्याप्त पूर्वाधार भने बनाई सकेको छैन् । यश तर्फ प्रदेश सरकारले बेलैमा ध्यान दिने हो भने पक्कै पनि हाम्रो रारा राम्रो रारा देशको मात्रै नभई एसियामै स्वर्गकी अपसरा उपनामले चिनिने छ । अस्तु ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

के नेपालमा काङ्ग्रेसको सान्दर्भिकता सकियको हो ?

एक इन्जिनियरको आँखामा बिझाईरहेको देश

धेरै भिडमा खोजे तर आमाको जस्तो माया अनि बाबाको जस्तो साथ कतै भेटिएन – अनोमल भनाईहरु

ट्रेन्डिङ

सबै

भरतपुर १६ खानेपानी उपभोक्ता समितिको अध्यक्षमा पौडेल

नारायणगढको इन्द्रदेवरोडमा खुल्यो अर्बन नेष्ट एण्ड रेन्टल शप

चितवनमा पहिलोपटक ‘घर बनाउने’ मेला आजदेखि सुरु

नेपालमा निर्माण गरिएको समाचार एप SimilarWeb को सूचीमा टप १० मा

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

भरतपुर १६ खानेपानी उपभोक्ता समितिको अध्यक्षमा पौडेल

नेपालमा निर्माण गरिएको समाचार एप SimilarWeb को सूचीमा टप १० मा

स्काइवेल खरीद गर्ने दम्पतीलाई युरोप भ्रमणको सुविधा

नागढुङ्गा नौबिसे सडक विस्तार: यही वैशाख २२ देखि ३१ गतेसम्म रातिमा पाँच घण्टा बन्द गरिने

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
प्रेस काउन्सिल दर्ता नं.
१९६३/०७६-०९-१६
सम्पर्क
मोबाइल – 9846782512
ई–मेल
narayanidainik@gmail.com

हाम्रो टीम

सम्पादक
विक्रम रेग्मी

संवाददाता
सिर्जना ढकाल
बिबेक अधिकारी
अमिर

भिडियो न्युज
बबिता

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2025 Narayani Dainik | All rights Reserved.