• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
बिहिबार, भदौ २५, २०८३
☰
    • समाचार
    • राजनीति
    • नारायणी
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U
    • English

भर्खरै

सङ्खुवासभाको पाँचखपनमा चट्याङ लागेर एकको मृत्यु, दुई जना गम्भीर घाइते “

खोलाले बगाउँदा किशोर बेपत्ताः खोजी जारी

कृष्णभीरमा बाटो अवरुद्ध हुँदा पर्यटक बस थन्किए, हवाई यात्रुको चाप बढ्यो

उखु किसानको सधैको पीडाः उद्योगले रकम भुक्तानी नगर्दा ऋण गरेर गर्जो टार्नुपर्ने

भाद्र कृष्ण अष्टमीः बिहानैदेखि देशभरका श्रीकृष्ण मन्दिरमा भक्तजनको घुइँचो

बाढी प्रभावितका लागि भरतपुर आँखा अस्पतालले निःशुल्क सेवा दिने

बालबालिकालाई सामाजिक सञ्जालबाट केही समय टाढा राख्दा मानसिक स्वास्थ्यमा लाभ

भोटेकोशी बाढीः रसुवागढी जलविद्युत् आयोजना स्थलमा उद्धार टोली परिचालित

कृष्णभीर सडक भासियो, विज्ञ टोलीको अध्ययनपछि मात्र मर्मत गरिने

लोकप्रिय समाचार

  • १. भाद्र कृष्ण अष्टमीः बिहानैदेखि देशभरका श्रीकृष्ण मन्दिरमा भक्तजनको घुइँचो

  • २. उखु किसानको सधैको पीडाः उद्योगले रकम भुक्तानी नगर्दा ऋण गरेर गर्जो टार्नुपर्ने

  • ३. सङ्खुवासभाको पाँचखपनमा चट्याङ लागेर एकको मृत्यु, दुई जना गम्भीर घाइते “

  • ४. खोलाले बगाउँदा किशोर बेपत्ताः खोजी जारी

  • ५. कृष्णभीरमा बाटो अवरुद्ध हुँदा पर्यटक बस थन्किए, हवाई यात्रुको चाप बढ्यो

कर्णाली आफैँभित्र भरिएको समृद्धिको एउटा ‘भकारी’ हो।



  •   आइतबार, भदौ १४, २०७७
  • A
  • A+
  • A++

कर्णाली प्रदेश भाौगोलिक रुपमा जति विकट छ प्राकृतिक सौर्न्दर्यका हिसाबले त्यति नै धनी छ । भौगोलिक विकटता र मानव विकास सुचाङ्कमा सबैभन्दा पछाडि परेको कर्णाली प्राकृतिक सौर्न्दर्यले भरिएको छ । स्वर्गको एक टुक्राको रुपमा चिनिने रारा वास्तवमा अति सुन्दर एवम् रमणीय छ । स्वर्गकी अपसरा उपनामले समेत चिनिने रारा ताल पछिल्लो समय पर्यटकको पहिलो रोजाईमा पर्ने गरेको छ । धार्मिक, एतिहासिक,सास्कृतिक तथा पुरातात्त्विक महत्त्वका हिसाबले पनि विशिष्ट छ कर्णाली ।

कर्णाली प्रदेश नेपाली भाषा, संस्कृति र इतिहासको खुल्ला सङ्ग्रहालय हो । सरकारले सार्वजनिक गरेको एक सय नयाँ पर्यटकीय क्षेत्र मध्ये मुगुको राराताल सबैभन्दा उत्कृष्ट पर्यटकीय गन्तव्य हो । रारा प्राकृतिक सुन्दरताले सजिएको एक मनमोहक एवम् नेपालकै सबैभन्दा ठूलो ताल हो । रारा ताल समुदिसतह देखि दुई हजार नौ सय नब्बे (२,९९०) मिटरको उचाइमा पर्दछ। गहिराइ एक सय सत्सट्ठी (१६७) वर्ग किलो मिटर क्षेत्रफलमा फैलिएको छ ।

कर्णालीमा रारा ताल मात्र नभएर रारासँग देशकै कान्छो राष्ट्रिय निकुञ्ज पनि छ । वि.स. २०३२ सालमा स्थापना भएको देशकै कान्छो रारा राष्ट्रिय निकुञ्ज भित्र रहेको यश तालमा तीन प्रकारका असला माछा, दुई सय चौबीस किसिमका वनस्पति, दुई सय बहत्तर प्रजातिका चरा पाईन्छ । त्यस्तै एकाउन्न प्रजातिका स्तनधारी तथा गुच्ची च्याउ, पाँचअौले,सतुवा,तितो, यार्चागुम्बु, हिङ्गसि लाजित, काङ्गसिलो र कटुकी जडिबुटीले मात्र नभई नेपालमै लोप हुन थालेको रेडपाण्डा पनि पाईने रारामा काडे भ्याकुर,हिमालि कालो भालु, कालिज,घोरल,मृग, कस्तुरी, रतुवा, हिम चितुवा र नेपालको राष्ट्रिय पंक्षि डाँफेले यश क्षेत्रको महत्त्वलाई झन बढाएको छ ।

स्थानीय रुपमा उत्पादन हुने रातो मार्सि धानको भात,मास र सिमिको दाल, आलुको तरकारी, मह,गँहुको रोटी कोदो र सिस्नोको तरकारी, लोकल कुखुरा, कर्णालीको ताजा माछा स्याउको रक्सिका परिकारले रारामा अ।उने पर्यटकलाई मुगुको स्वाद दिन्छ । अतस् मुगु घुम्न आउने जोकोहिलाई कोदो र फापरको रोटीमा महको अचारले जिब्रो नै रसिलो बनाउँछ । रारा आउने पर्यटकलाई सिमि,स्याउ,मह र चियामा हाल्ने यहाँको जडिबुटी कोशेली सो रुप उपहार दिने गरिन्छ ।

रारातालको स्वच्छ पानीमा आकाशको छायाको कारण तालको पानी गाढा निलो देखिन्छ । सफा पानीमा माछा, हाँस र जलेवा जस्ता चरा डुबुल्की मारेको दृश्यले झनै राराको बाताबरण अनुपम छ । ताल वरिपरिका विभिन्न फुलहरुको मगमग वासना, स्याउको बगैंचाहरुले जो सुकैलाई पनि मोहित तुल्याउनेछ । मुगुमा रारा मात्रै छैन अन्य धेरै धार्मिक, प्राकृतिक, साँस्कृतिक तथा ऐतिहासिक सम्पदाहरू छन । तर, बिडम्वना समृद्धि सपनाको यो भकारीलाई न राज्यले अहिलेसम्म खोल्ने प्रयास ग¥यो न, कर्णालीवासीले आफ्नै आँगनको त्यो भकारी चिन्न सके। यी ऐतिहासिक, धार्मिक महत्वका सम्पदाहरुमा पर्यटकले सहज र सरल तरीकाले पुग्नसक्ने अवस्था न्युन छ ।

भएका पर्यटकीय क्षेत्रमामा पुग्न पर्यटकले जोखिम मोलेर जानुपर्ने बाध्यात्मक अवस्था छ । मुगुको विभिन्न पर्यटकीय गन्तव्यमा पुग्न सडक, स्तरीय होटल, विद्युत, सञ्चार लगाएतको पूर्वाधार भने अभावमै गुज्रिएका छन् । यता, प्रदेश सरकारले ‘पर्यटन वर्ष २०७६’ मनाउने जोडतोडका साथ सुरु गरे पनि कर्णालीका अधिकांश जिल्लाहरुमा पर्याप्त पूर्वाधार भने बनाई सकेको छैन् । यश तर्फ प्रदेश सरकारले बेलैमा ध्यान दिने हो भने पक्कै पनि हाम्रो रारा राम्रो रारा देशको मात्रै नभई एसियामै स्वर्गकी अपसरा उपनामले चिनिने छ । अस्तु ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

प्रविधि र व्यवहार परिवर्तन बिना लैङ्गिक हिंसा अन्त्य सम्भव छैन” – प्रधानमन्त्री सुशीला कार्की

६ असर, फेसबुक बन्द हुँदा नेपालीको जीवनशैलीमा कस्तो प्रभाव पर्छ ?

हरितालिका तीज: न्याय, समानता र सामाजिक चेतनाको पर्व

ट्रेन्डिङ

सबै

सङ्खुवासभाको पाँचखपनमा चट्याङ लागेर एकको मृत्यु, दुई जना गम्भीर घाइते “

खोलाले बगाउँदा किशोर बेपत्ताः खोजी जारी

कृष्णभीरमा बाटो अवरुद्ध हुँदा पर्यटक बस थन्किए, हवाई यात्रुको चाप बढ्यो

उखु किसानको सधैको पीडाः उद्योगले रकम भुक्तानी नगर्दा ऋण गरेर गर्जो टार्नुपर्ने

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

सङ्खुवासभाको पाँचखपनमा चट्याङ लागेर एकको मृत्यु, दुई जना गम्भीर घाइते “

भाद्र कृष्ण अष्टमीः बिहानैदेखि देशभरका श्रीकृष्ण मन्दिरमा भक्तजनको घुइँचो

उखु किसानको सधैको पीडाः उद्योगले रकम भुक्तानी नगर्दा ऋण गरेर गर्जो टार्नुपर्ने

सङ्खुवासभाको पाँचखपनमा चट्याङ लागेर एकको मृत्यु, दुई जना गम्भीर घाइते “

चौकी डाँडामा नेपाल टेलिकमको टावर निर्माण कार्य तीव्र गतीमा

एम्बुलेन्स अभावले मुस्ताङका गम्भीर बिरामीको उपचारमा चुनौती

आज विश्व लामखुट्टे दिवस”

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
प्रेस काउन्सिल दर्ता नं.
१९६३/०७६-०९-१६

सम्पर्क

विज्ञापन
9806752475

ई–मेल
narayanidainik@gmail.com

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2026 Narayani Dainik | All rights Reserved.