एजेन्सी । एक जना पुरुषले एक रातमा ५० जना महिलासँग से; क्स गर्न सक्छ भन्ने कुरा पत्याउन गाह« पर्छ । तर, ग्रिक पौराणिक कथाका एक पात्र इराक्लिक्सले भने एक रातमा ५० जना महिलासँग से; क्स गर्न सक्थे रे । उनमा केटीहरुको ति; र्खा कहिल्यै पनि मे; टिंदो रहेनछ ।
तर, अहिले ती ग्रिक हिरोको मर्दपना संकटमा परेको छ । फ्रान्सको तटीय शहर आहकेसोमा रहेको इराक्लिक्सको शालिकबाट लगातार लि; ङ्ग चोरी हुने गरेको छ । आहकेसोको पार्क मोरेक्समा सन् १९४८ मै इराक्लिसको ३ मिनटर अग्लो मूर्ति बनेको थियो । उक्त मूर्तिको यौ; नाङ्गमा भने लगातार धावा बोलिंदै आएको छ ।
पटक–पटक यी ग्रिक हिरोको लि; ङ्ग चोरी हुने गरेको छ । यो क्रम रोकिएको छैन । पटक–पटक लि; ङ्ग चोरी हुन थालेपछि लाजमर्दो भएर अन्ततः उक्त शालिकको लि; ङ्ग नै हटाइएको छ ।
कुनै खास मौकामा मात्र यो शालिकमा लि; ङ्ग लगाइने गरिएको छ । आफ्नो शत्रुलाई पनि नपरोस् भनेर कामना गर्ने गरेको लि; ङ्ग चोरी हुने जस्तो बित्यास मूर्तिमाथि पटक–पटक हुने गरेको र सोही कारण मूर्तिको लि; ङ्ग हटाउने निर्णय गरिएको शहरका मेयरले जनाएका छन् । एजेन्सी
ओखरको काठबाट नेपालमा बनेको आकर्षक घडी, जति नेपालीपन उत्ति नै लक्जरी
काठमाडौं। नेपालमा सियो पनि बन्दैन भन्ने आम मान्यता छ । तर यसको अपवाद ओखर स्टोरले नेपाली मौलिक घडीलाई विश्वव्यापी ब्राण्ड बनाउने सपना देखेको छ । यसको शुरुवात उसले नेपाली बजारबाटै गरेको छ।
ओखर घडीको विशेषता र यसको मौलिकता भनेको यो विशुद्ध ओखरको काठबाट निर्मित घडी हो । यसको परिकल्पनाकार प्रकाश दाहाल हुन् । ओखर घडीमा जति नेपालीपन भेटिन्छ, उत्ति नै यो लगाउदा लक्जरी अनुभव गर्न सकिने कम्पनीको दाबी छ । लामो छलफल र परामर्शपछि आफ्नो ब्राण्डको नाम ओखर राखिएको कम्पनीको वेबसाइटमा उल्लेख छ।
ओखर घडी विशुद्ध नेपाली हस्तकलाको उत्पादन हुनुका साथै विश्वसनीय प्रविधियुक्त रहेको कम्पनीले दाबी गरेको छ । यसका घडीहरु आकर्षक डिजाइन, पानी नपस्ने र टिकाउ समेत रहेको छ । त्यसैले कम्पनीले ओखर घडीमा एक वर्षको वारेन्टी समेत दिएको छ । विभिन्न सेग्मेन्टमा उपलब्ध ओखर घडीको मूल्य न्यूनतम् २ हजार रुपैयाँदेखि १५ हजार रुपैयाँसम्म रहेको छ।
ओखरको काठबाट घडी बनाएपछि त्यसका लागि रुख कटान पक्कै गर्नुपर्छ । तर बदलामा कम्पनीले वृक्ष रोपनलाई कम्पनीको नीतिमै राखेको प्रतिवद्दता समेत व्यक्त गरेको छ।