• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
सोमबार, साउन ११, २०८३
☰
    • समाचार
    • राजनीति
    • नारायणी
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U
    • English

भर्खरै

भजनमा रमाउँदै चितवनका युवाः मन्दिरदेखि समाजसेवासम्म फैलिँदै एमआरआर अभियान

नेपाली बजारमा प्रवेशसँगै VIDA ले थाल्यो अन्तर्राष्ट्रिय यात्रा

नारायणी लिफ्टको १३ किलोमिटर नहर अतिक्रमणमा

विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ

कृषकलाई १७ हजार ४७७ बोरा युरिया मल वितरण

पहाडी क्षेत्रमा उल्लेख्य वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना

चार लाख भारतीय रकमसहित पक्राउ

सञ्चारमन्त्री डा तिमिल्सिनाद्वारा ककनीका समस्याबारे जनप्रतिनिधिसँग छलफल

जुम्लामा उत्पादन भएको स्याउको अधिक माग

लोकप्रिय समाचार

  • १. सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

  • २. आकर्षक वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ

  • ३. चार लाख भारतीय रकमसहित पक्राउ

  • ४. एक वर्षमा ९९ जलविद्युत् आयोजनालाई सर्वेक्षण अनुमति

  • ५. ढोरपाटन आवातजावतमा सास्ती

  • ६. सञ्चारमन्त्री डा तिमिल्सिनाद्वारा ककनीका समस्याबारे जनप्रतिनिधिसँग छलफल

  • ७. विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ

  • ८. जुम्लामा उत्पादन भएको स्याउको अधिक माग

  • ९. कृषकलाई १७ हजार ४७७ बोरा युरिया मल वितरण

  • १०. पहाडी क्षेत्रमा उल्लेख्य वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना

कोरोनापछिको आर्थिक समृद्धिमा युवाहरूको भुमिका : सैलेश श्रेष्ठ , गोरखा

"युवा संजाल भरतपुरले आयोजना गरेको निबन्ध प्रतियोगितामा प्रथम स्थान हासिल गर्न सफल निबन्ध  "


  •   बुधबार, असार ०३, २०७७
  • A
  • A+
  • A++

युवा संजाल भरतपुरले आयोजना गरेको निबन्ध प्रतियोगितामा प्रथम स्थान हासिल गर्न सफल निबन्ध :

कोरोनापछिको आर्थिक समृद्धिमा युवाहरूको भुमिका

लेखक : सैलेश श्रेष्ठ , गोरखा

चीनको वुहानबाट फैलिएको कोरोना भाइरसको कारणले नेपाल तथा बिश्वकै अर्थतन्त्र अनुमाननै लगाउन नसक्ने गरी भयानक क्षतिको संघारमा पुगिसकेको छ। उत्पादन, रोजगारी, बचत, निर्यात,स्टकमार्केट जस्ता आर्थिक विकासका सुचकहरु एम्बुसमा परेका छन्। यस्तो कोरोनाले थिलोथिलो पारेको अर्थतन्त्रलाई माथी उकास्न युवाहरूको भुमिका महत्त्वपूर्ण रहन्छ।

युवालाई समाजको मेरुदण्ड तथा बलियो खम्बाको रुपमा पनि मानिन्छ । अर्को शब्दमा भन्नुपर्दा युवा आर्थिक, सामाजिक, राजनीतिक र सांस्कृतिक रुपान्तरणका संवाहक पनि हुन् । नेपाल सरकारले युवा नीतिको सूचीमा १६ वर्षदेखि ४० वर्ष उमेर समुह सम्मका मानिसहरुलाई युवा मानेको छ । यो उमेर शारिरीक तथा मानसिक रुपमा स्वास्थ्य र परिपक्व साथै उर्जाशिल , साहसी र उच्च आत्मबलले भरिएको उमेर पनि हो ।

‘सुखी नेपाली समृद्ध नेपाल’को सपना साकार पार्ने अभियानमा अस्थिर राजनीतिबाट स्थाई बन्ने मोडमा पुगेको नेपाल आज विश्वभर नै पीडित र प्रभावित बनेको नोबेला कोरोना विरुद्ध लड्न बाध्य छ । सामाजिक राजनीतिक, आर्थिक विकास र परिवर्तनका वाहकको रूपमा उठेका युवाहरूलाई यो परिस्थितिमा चिन्तित बनाएको छ ।

सबै खालका परिवर्तनमा सबै जनाको योगदान रहे पनि युवाहरूको तातो रगत बिना परिवर्तन प्राय असम्भव छ । युवाहरूले माग गरेका कुरा उनीहरूको चाहाना हालसम्मका कुनै पनि सरकारले पूर्ण रूपमा पुरा गर्न त सकेका छैनन् तथापी सकारात्मक पहल कदमी भने भई नै रहेको छ । केही वर्ष पहिला शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गत रहेको युवा खेलकुदलाई मन्त्रालयलाई ०६२/०६३ को राजनीतिक परिवर्तन सँगै युवा तथा खेलकुद मन्त्रालयको रूपमा स्थापित हुनु सकारात्मक कुरा थियो ।

वर्तमान सरकारको पहलमा अर्थमन्त्रालय र पछि सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गत रहेको युवासँग स्वरोजगार कोष, राष्ट्रिय योजना आयोग अन्तर्गत रहेको राष्ट्रिय स्वयंसेवक कार्यक्रम युवा तथा खेलकुद मन्त्रालय अन्तर्गत आउनु युवाहरूका निम्ति राज्य संवेदनशील हुन खोजेको पुष्टि हुने आधार बन्न सक्छ । लामो समयसम्म युवाहरूले आवाज उठाउँदै आएको राष्ट्रिय युवा नीति, युथ भिजन २०२५ लाई सम्बोधन गर्न करिब ५ वर्ष अगाडि राष्ट्रिय युवा परिषद् स्थापना भएको छ।

नेपालमा रहेको युवा परिषदले केही कामको थालनी गरेको छ । युवा उद्यम कार्यक्रम, युवामैत्री र सूचना प्रविधिमैत्री बनाउने पहल, युवा संसद, विभिन्न क्षेत्रका युवाहरू, सामाजिक क्षेत्र, उद्यमी क्षेत्र, पुनर्स्थापना, विदेशमा गई फर्केका, परम्परागत सीपमा कार्यरत क्षेत्रहरू मार्फत विशेषत सचेतनाका कार्यमा महत्वपूर्ण भूमिका खेलेको देखिन्छ ।

नेपालमा युवा लक्षित कार्यक्रमहरू एकद्वार प्रणालीबाट सञ्चालन गर्न नसक्नु, युवाहरूको कार्यक्रमहरू कम प्राथमिकतामा पर्नु, युवा संवेदनशील बजेटको अभाव, परिषद्को प्रदेश जिल्ला स्थानीय तहमा संरचनाको अभाव, परिषद् स्थाई दरबन्दीको अभाव, युवाहरूको क्षेत्रमा न्यून बजेट, युवा तथा खेलकुदमा विनियोजन हुनु र त्यसमध्ये करिब ९० प्रतिशत खेलकुद परिषद् र बाँकी मन्त्रालय युवा परिषद्, स्काउट आदिमा विनियोजित देखिन्छ ।संघीय युवा परिषद् ऐन टुङ्गो लाग्न सकिरहेको स्थिति छैन । बजेटको क्रम घट्दै छ भने युवाहरूको इच्छा, आकांक्षा बढिरहेको छ ।

राष्ट्रिय युवा परिषदका युवा क्लव गठन तथा नमूना युवा संसदको अभ्यास, युवा प्रतिभा पहिचान, युवा मैत्री स्थानीय तह, युवा उद्यम कार्यक्रम, युवा उद्यमशीलता विकास तथा वित्तिय साक्षरता, युवा परामर्श जस्ता कार्यक्रममा थप व्यवस्थित तरिकाबाट बजेट विनियोजिन गर्नुपर्ने देखिन्छ । लाभान्वित समूह एउटै भएकोले युवा स्वयंसेवक र युवा स्वरोजगार कार्यक्रमलाई समेत राष्ट्रिय युवा परिषद्को मातहतमा ल्याएर सञ्चालन गर्दा आर्थिक भार पनि कम पर्ने देखिन्छ । त्यसतर्फ ध्यान दिन जरुरी छ ।

राष्ट्रिय युवा परिषद्को पहिलो कार्यकालमा युवा नीति र युथ भिजन कार्यन्वयनको सकारात्मक सुरुवात भएको छ । नेपालकै इतिहासमा परिषदका अध्यक्ष तथा युवा तथा खेलकुद मन्त्रीको नेतृत्वमा १३ औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता सफलतापूर्वक सम्पन्न गरी अपेक्षित नतिजा समेत हासिल गर्नु नेपाली युवाहरूको लागि खुसीको कुरा हो । यसलाई निरन्तरता दिन थप मेहनत गर्न जरुरी छ ।

नेपाल सरकारले आफ्नो नीति, कार्यक्रममा प्रधानमन्त्री रोजगार कार्यक्रम मार्फत युवाहरू उद्यमसँग जोड्ने प्रक्रिया गत वर्ष थालनी गरेको छ भने सामाजिक सुरक्षा कार्यक्रमलाई प्रभावकारी बनाउने प्रयत्न गरेका छ । राष्ट्रिय योजना आयोगको १५ औँ आधार योजनामा युवा र सामाजिक सुरक्षाको विषयलाई महत्त्व दिएको छ । तथापि लाखौको संख्यामा युवाहरू विदेशिएका छन् । अहिले कोरोना महामारीले उनीहरू नेपाल फर्कन चाहेमा उनीहरूलाई सुरक्षितपुर्वक देश फिर्ती र रोजगारसँग कसरी जोड्ने भन्ने सन्दर्भमा संघीय, प्रदेश र स्थानीय तहसँग प्रभावकारी योजना, कार्यक्रम, अनुगमनको समेत व्यवस्था हुन जरुरी छ ।

अहिले नोबेल कोरोनाबाट पीडित र प्रभावित वर्ग भित्र युवा पनि छन् । पछिल्लो तथ्याङ्क हेर्दा नेपालमा कोरोना संक्रमण हुनेहरूमा युवाहरूको नै संख्या बढिरहेको देखिन्छ । यस आर्थिक वर्षमा नेपाल सरकारले युवा परिचालन वर्षको रूपमा महत्व दिएर सामाजिक, सांस्कृतिक एवम् आर्थिक रूपान्तरण तथा समृद्धिको दिशामा टेवा पुर्याउने अभियान थालनी गरेको थियो । त्यसलाई अब निरन्तरता दिन जरुरी छ ।

राष्ट्रिय युवा परिषदलाई स्रोत साधन सम्पन्न गराउँदै स्थापनाका ५ वर्षमा भएका कार्यहरूलाई समय सापेक्ष सुधार गर्दे युवा विकासका लागि दिर्घकालीन रणनीति युथ भिजन २०२५ को पाँच स्तम्भ गुणस्तरीय र व्यवसायिक शिक्षा, रोजगारी उद्यमशीलता र सीप विकास, स्वास्थ्य र सामाजिक सुरक्षा, युवा परिचालन, सहमागिता र नेतृत्व विकास, खेलकुद र मनोरञ्जनलाई कार्यान्वयन गर्न आगामी साउन १ बाट लागु आ.व.को बजेटमा युवा संवेदनशील हुन जरुरी छ ।

विदेशमा गएका युवाहरू नेपाल फर्कन चाहेमा कहाँ कसरी स्थापित गर्ने, श्रम र रोजगारलाई उद्यमशीलतासँग कसरी जोड्ने, दिगो विकास लक्ष्य हासिल गर्न नागरिक संघसङ्गठन, विकासका साझेदारहरूसँग कसरी सहकार्य गरी अघि बढ्ने, युवा शान्ति र सुरक्षा सम्बन्धी प्रस्ताव २२५० को कार्यन्वयन गर्न कार्य योजना निर्माण गर्ने र कोरोनाको कारण समस्यामा परेका अर्थतन्त्रलाई उकास्न युवाहरूलाई कसरी जोड्ने भन्ने सन्दर्भमा राज्यले गम्भीर भएर सोच्नु पर्ने अवस्था विद्यमान छ ।

आफू सुरक्षित हुँदै कोभिड १९ विरुद्ध युवा स्वयंसेवक परिचालन गर्न भनेर गत २०७६चैत्र २४ गते युवा तथा खेलकुद मन्त्रीको अध्यक्षतामा स्वयंसेवक व्यवस्थापन तथा परिचालन समिति गठन भएको अवस्था छ भने परिषदमा आबद्ध भएका तथा नभएका नागरिक संघसंस्था र विकासका साभेदार संस्थाहरूले कोरोना विरुद्ध अभियानमा सचेतना अभिबृद्धि गर्ने, मनोविमर्श कार्यक्रम, जोखिममा परेकालाई उद्दार सम्बन्धित स्थानमा पुर्‍याउन सहयोग, राहत वितरण तथा अनुगमन प्रदान गर्दै आईरहेका छन् ।

परिषद्मा आबद्ध युवाको सामाजिक संघसंस्था सञ्जाल, उद्यमी, विदेशमा गएर फर्केका, संघीय युवा संसद पुर्नस्थापनाको क्षेत्रमा काम गर्ने लगायतका सञ्जालहरूले आफ्नो ठाउँबाट स्थानीय तह र परिषदसँगको समन्वयमा स्वयमंसेविको भुमिका निर्वाह गरेका छन् । विभिन्न संघसंस्थाहरुले स्वास्थ्य सुरक्षा सामग्री खाद्यान्न सहयोग संघीय तथा स्थानीय सरकारलाई हस्तान्तरण गरिरहेका छन् । राष्ट्रिय युवा परिषदमा आबद्ध संस्था युवा विकास केन्द्रको नेतृत्वमा आपतकालीन प्रतिकार्य नेपाल मार्फत देशभरी सामाजिक सञ्जालमा राहत उद्दार पुर्नस्थापनाका काम भईरहेको छ । जहाँ १५०० भन्दा बढि युवाहरू परिचालित छन् ।

अन्य संघसंस्था राजनीतिक पार्टीका भातृ संगठनहरू, उद्योग व्यवसायी, सञ्चारकर्मीहरूले पनि आ–आफ्नो ठाउँबाट सरकारको कार्यमा योगदान पुर्‍याइरहेका अवस्था छ । यो अवस्थामा युवा परिषद नेतृत्व विहिन हुनु तथा सङ्गठनात्मक ढाँचा र दरबन्दीको टुङ्गो नहुनु युवाहरूको लागि चिन्ताको विषय हो । यसतर्फ सरकारको ध्यान जान जरुरी छ । युवाहरूको विषय समयमा सम्बोधन नहुँदा यसले गलत बाटो लिन थालेमा निकै चुनौतीपूर्ण हुने हुँदा नेपाल सरकारको नीति तथा कार्यक्रम ल्याउँदा युवाहरूसँग छरिएर रहेको कार्यक्रमलाई एकिकृत गनेृ, स्वेदशमा युवा, युवासँग कृषि, गाउँ फर्कौ, उत्पादन बढाऊ, सामाजिक सेवामा युवा, नयाँ सिर्जनामा युवा स्वयंसेवकमा युवा, हिंसा विभेद विरुद्ध युवा, जस्ता कार्यक्रम ल्याउन जरुरी छ ।

उत्पादन र उद्यमशीलतासँग जोडिएका कार्यक्रमको प्रभावकारी कार्यान्वयनका लागि प्रभावकारी बजार व्यवस्थापन, सहुलियत व्याजदरसहित ऋण र विमाको व्यवस्था हुनु पनि उत्तिकै जरुरी छ । कोरोनापछिको परिस्थितिमा करिब १० लाख युवा नेपाल फर्कने आँकडा आइरहेको सन्दर्भमा तिनीहरूलाई सुरक्षित पूर्वक ल्याउने, क्वारेन्टाइनमा राख्ने, उनीहरूले सिकेको सीप र क्षमतालाई उचित प्रयोग गर्न विकासका साझेदार संघसंस्था, नागरिक समाज तथा उद्योगी व्यवसायीहरूसँग प्रभावकारी साझेदारी पनि उत्तिकै जरुरी छ ।

यस्तो गर्न सकेमा कोरोनाले थिलोथिलो पारेको अर्थतन्त्रलाई उकास्न युवाहरूको योगदान हुन सक्दछ तसर्थ राज्यका सकारात्मक पहलकदमीहरूलाई स्वागत गर्दै युवा केन्द्रित कार्यक्रमहरू ल्याउन, बाँझो जमिनलाई खेतीयोग्री बनाउँदै युवा उद्यमशीलता बढाउने तर्फ सबै सरोकारवालाको ध्यान जान नितान्त जरुरी छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

रवि लामिछानेलाई उच्च अदालतले धरौटीमा रिहा गर्ने आदेश

अर्धबेहोस अवस्थामा जहाजबाट दोहा पुगे रूद्रकली र खगेन्द्रप्रसाद

मन्त्री घिसिङको चेतावनी: अलपत्र घुमाउने पुलको ठेक्का एक महिनाभित्र काम नगरे तोडिने

ट्रेन्डिङ

सबै

भजनमा रमाउँदै चितवनका युवाः मन्दिरदेखि समाजसेवासम्म फैलिँदै एमआरआर अभियान

नेपाली बजारमा प्रवेशसँगै VIDA ले थाल्यो अन्तर्राष्ट्रिय यात्रा

नारायणी लिफ्टको १३ किलोमिटर नहर अतिक्रमणमा

विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

नेपाली बजारमा प्रवेशसँगै VIDA ले थाल्यो अन्तर्राष्ट्रिय यात्रा

भजनमा रमाउँदै चितवनका युवाः मन्दिरदेखि समाजसेवासम्म फैलिँदै एमआरआर अभियान

सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

आकर्षक वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ

चार लाख भारतीय रकमसहित पक्राउ

सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

श्रीमानको कुटाइबाट श्रीमतीको मृत्यु

उनन्चालिस लाख ठगीको अभियोगमा पक्राउ

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
प्रेस काउन्सिल दर्ता नं.
१९६३/०७६-०९-१६

सम्पर्क

विज्ञापन
9806752475

ई–मेल
narayanidainik@gmail.com

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2026 Narayani Dainik | All rights Reserved.