• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
बुधबार, असार १७, २०८३
☰
    • समाचार
    • राजनीति
    • नारायणी
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U
    • English

भर्खरै

मोरक्कोले नेदरल्यान्ड्सलाई हराउँदै विश्वकपको अन्तिम १६ मा प्रवेश

नेकपा चितवनको जिल्ला सदस्य लम्सालले गरे पार्टी परित्याग, रास्वपामा प्रवेश

रास्वपा चितवनको प्रथम जिल्ला अधिवेशन भोलि,सह-सचिवको दौडमा पार्वती पाण्डे

भाषा, साहित्य र संस्कृति हाम्रो मौलिक पहिचान हुन् : राष्ट्रपति रामचन्द्र पौडेल

दुग्धजन्य पदार्थ बिक्रीबाट छ करोड सङ्कलन

देशभरका फेन्सी व्यवसायीहरूको राष्ट्रिय भेला जेठ २३ र २४ गते चितवनमा हुँदै

माइलस्टोन इन्टरनेशनलको बम्पर अफर : भाषा अध्ययनमा शतप्रतिशत छात्रवृत्ति, भर्ना हुने पहिलो ५० विद्यार्थीलाई निःशुल्क कक्षा

गैँडाकोटका मेयरद्वारा पत्रकार क्षेत्रीमाथि दुर्व्यवहार, पत्रकार महासंघले जनायो आपत्ती

उद्यमशीलता विकासमा ‘नाफल ५.०’ को योगदान : नारायणगढ जेसीजको पहलमा सफलतापूर्वक सम्पन्न

लोकप्रिय समाचार

  • १. मोरक्कोले नेदरल्यान्ड्सलाई हराउँदै विश्वकपको अन्तिम १६ मा प्रवेश

  • २. नेकपा चितवनको जिल्ला सदस्य लम्सालले गरे पार्टी परित्याग, रास्वपामा प्रवेश

पाकिस्तानको अर्थतन्त्र धरापमा आखिर के भयो ? र किन भयो?



  •   आइतबार, पुष ०४, २०७८
  • A
  • A+
  • A++

काठमाडौं। पाकिस्तानको वित्तिय मामिलाको जाँच एजेन्सी फेडरल बोर्ड अफ रेभेन्यु अर्थात एफबीआरका पूर्व अध्यक्ष सैयद शब्बद जैदीले यदि हालको चालु खाता र राजकोषीय घाटालाई हेर्ने हो भने यी मुद्दाहरु पाकिस्तान टाट पल्टिएकोसँग सम्बन्धित मुद्दा भएको बताएका छन् । उनले भने ‘सरकारको यो दावी कि सबै कुरा ठिक छ र चीजहरु राम्रा भइरहेका छन् । यी सबै कुरा झुट हुन् ।’ शब्बर जैदीले यो कुरा हालै हमदर्द युनिभर्सिटीमा एक भाषणको क्रममा भनेका थिए ।

अहिले शब्बर जैदीले ट्वीटरमा यस विषयमा सफाइ दिएका छन् । उनका अनुसार उनको भाषणको तीन मिनेटको क्लिपबारे मात्रै कुरा भइरहेको छ । जैदीका अनुसार उनले समाधानको कुरा पनि भनेका थिए । जैदीले भने ‘कसले ऋण लिएको थियो यो विषयमा कसैलाई गाली गर्दैमा केही हुँदैन । यो पाकिस्तानको ऋण हो ब्याज दरमा निर्णय तार्किक तरिकाले हुनुपर्छ । विश्वको कुनै पनि देशको उन्नति निर्यातको दममा हुन्छ । हामीले निर्यातलाई ठिक बनाउनुपर्छ ।’

उनले अगाडि भने ‘ऋण लिने धारणाबाट बाहिर निस्किनुपर्छ । यसबाट देश चल्दैन । हामीले काम गर्ने जनशक्ति निर्यात गर्ने होइन सेवा निर्वात गर्नुपर्छ । अफगानिस्तानमा जबसम्म समावेशी सरकार आउँदैन तबसम्म पाकिस्तान फसिरहनेछ । पाकिस्तानको निर्यात २० अर्ब डलरको छ र हाम्रो खरिददार कोही छ भने पश्चिम हो । हामीले निर्यात बढाउनु छ भने अमेरिकासँग मित्रता गर्नुपर्छ ।’

‘मैले त आजसम्म सीपीइसी बुझोको छैन । यसमा पारदर्शिता ल्याउनु पर्छ । यसबाट हाम्रो अर्थव्यवस्था बर्बाद भइरहेको छ । भारतसँग व्यापारिक सम्बन्ध राख्दैन भनेर जुन नाटक भइरहेको छ यो बन्द हुनुपर्छ । हरेक प्राथमिक स्कुलमा अंग्रेजी हुनुपर्छ । जो बच्चाले अंग्रेजी पढ्दैन ऊ दोस्रो दर्जाको नागरिक बन्छ । तमाम धार्मिक शिक्षा ग्रयाजुएसनपछि मात्र हुनुपर्छ ।’ शब्बर जैदी इमरान खानको सरकारमा १० मे २०१९ देखि ८ अप्रिल २०२० सम्म एफबीआरका अध्यक्ष थिए ।

पाकिस्तान टाट पल्टिएको कुराले चर्चा पाएपछि शब्बद जैदीले ट्वीट गरेर भने ‘हमदर्द युनिभर्सिटीमा मेरो भाषणको गलत व्याख्या भइरहेको छ । त्यहाँ आधा घण्टाको प्रस्तुतीकरण थियो । यसबाट केवल ३ मिनेटको क्लिपका बारेमा कुरा भइरहेको छ।

त्यहाँ आधा घण्टाको प्रस्तुतीकरण थियो । यसबाट केवल ३ मिनेटको क्लिपका बारेमा कुरा भइरहेको छ । हो मैले चालु खाता र राजश्व घाटाको कुरा उठाएको थिएँ र यो टाट पल्टिएको मुद्दा हो जुन चिन्ताजनक छ । हामीले समाधानतर्फ हेर्नुपर्छ । मैले आफ्नो कुरा पूर्ण विश्वासका साथ भनेको छु ।’

शब्बर जैदीले शनिबार पनि ट्वीट गरेर यो विषयमा आफ्नो पक्ष राखे । उनले ट्वीट गरे ‘मैले किन भनें कि वर्तमान केन्द्रीय वित्तिय ढाँचा अलाभकारी र टाट पल्टिएको छ । केन्द्रीय राजश्व ६५०० अर्बको छ । प्रान्तहरुलाई केन्द्रले ३५०० अर्ब दिन्छ । बाँकी रह्यो ३००० अर्ब । केन्द्रको ऋण सेवाः मन्त्रालय २८०० अर्ब, रक्षा १५०० अर्ब, प्रशासन ३०० अर्ब, एसओइ ५०० अर्ब । मैले राजश्वलाई यहाँ उच्च स्तरमा राखेको छु र खर्चलाई तल ।’

त्यसपछि अर्को ट्वीटमा जैदीले भने ‘मैले लगातार भनिरहेको छु कि म आफ्नो एउटा पनि शब्दबाट पछि हटेको छैन । मैले हेर्नको लागि तथ्य दिइरहेको छु । हामीले केन्द्रीय वित्तिय ढाँचालाई फेरि बनाउनु आवश्यक छ । कुनै पनि किसिमले यसले वर्तमान आकारमा काम गर्न सक्दैन । हामीले जबसम्म यसको लागि काम गर्दैनौं तबसम्म यसले काम गर्ने छैन ।’

शब्बर जैदीको तर्कपछि यो कुरालाई लिएर बहस तीब्र भएको छ कि के पाकिस्तान टाट पल्टिने संघारमा छ वा टाट पल्टिएको छ ? यो बहसका बीच पाकिस्तानका स्तम्भकार फर्रुख सलीमले ट्वीट गरेर भनेका छन् कि टाट पल्टिनु एक लामो प्रक्रिया हो । सलीमले ट्वीटमा लेखेका छन् ‘के पाकिस्तान टाट पल्टिएको हो ?

१. टाट पल्टिनु एक कानुनी प्रक्रिया हो जो ऋणदाताले सुरु गर्छ ।

२. यो अदालतको आदेशबाट लागू हुन्छ ।

३. जो कुनै ऋण तिर्न असमर्थ हुन्छ ।

४. कुनै पनि ऋणदाताले पाकिस्तानविरुद्ध कानुनी प्रक्रिया सुरु गरेका छैनन् ।

५. कुनै अदालतको आदेश छैन ।

६. पाकिस्तानले आफ्ना सबै ऋण तिर्दै आएको छ ।

एक रिपोर्टका अनुसार पाकिस्तानमाथि अहिले ५०.५ लाख करोड पाकिस्तानी रुपैयाँ बराबर ऋण र तिर्नुपर्ने दायित्व छ । योमध्ये २०.७ लाख करोडपाकिस्तानी रुपैयाँको ऋण केवल वर्तमान सरकारमाथि छ । यही रिपोर्टका अनुसार इमरान खान सरकार बनेपछि पाकिस्तानको सार्वजनिक ऋण निकै बढेको छ । एक्सप्रेस ट्रिब्युन अखबारका अनुसार सेप्टेम्बर २०२१ मा स्टेट बै.क अफ पाकिस्तानले ऋणको तथ्यांक जारी गरेको थियो । यसको एक दिन पहिले इमरान खानले बढ्दो ऋणलाई राष्ट्रिय सुरक्षाको मुद्दा भनेका थिए ।

रिपोर्टका अनुसार विगत ३९ महिनामा पाकिस्तानको ऋण २०.७ लाख करोड पाकिस्तानी रुपैयाँ बढेको छ । यो देशको कूल ऋणमा ७० प्रतिशतको वृद्धि हो । एक्सप्रेस ट्रिब्युनको रिपोर्टअनुसार अन्तर्राष्ट्रिय मुद्रा कोषले पाकिस्तानको ऋण लिने निवेदनलाई रद्द गरिदिएको थियो किनकि आइएमएफ स्टेट बैंक अफ पाकिस्तानको ऋण लिने शर्तहरुमा सहमत थिएन ।

के पाकिस्तान टाट पल्टिन लागेको हो ?

कुनै देशलाई टाट पल्टिएको घोषणा गर्न एकसाथ कैयौं आर्थिक शक्तिहरुले काम गर्छन् । कुनै देशलाई टाट पल्टिएको घोषणा गर्नु कुनै कम्पनीलाई टाट पल्टिएको घोषणा गर्नुजस्तो होइन तर एक देशको मौद्रिक नीतिको स्थिति अन्य कारकहरुभन्दा माथि हुन्छन् जसले कुनै देशको हैसियतलाई देखाउँछन् । यसका साथै लगानीकर्ताहरुको विश्वासले पनि कुनै देशको टाट पल्टिने हैसियतलाई बताउँछन् जसमा मुडीज जस्ता कम्पनीको क्रेडिट रेटिङले पनि ठूलो भूमिका निभाउँछ ।

मिच रेटिङ्सले हालै पाकिस्तानको अर्थव्यवस्थामा सुधारको सम्भावनाको आधारमा आफ्नो रेटिङमा सुधार गर्ने कुरा दोहोर्याएको थियो । यही वर्ष मेमा पाकिस्तानलाई ऋण दिने जोखिममा उसलाई ‘बी’ रेटिङ दिइएको थियो । यो रेटिङ एजेन्सीहरुले एक देशको वित्तिय जिम्मेवारीको इतिहास, उनीहरुको पछिल्लो तिर्नुपर्ने दायित्वमा चुक र आइएमएफको वर्तमान ऋण तिर्ने योजनाहरु हेरेर क्रेडिट दिन्छन् ।

अन्तर्रष्ट्रिय बोन्ड मार्केटबाट ऋण लिनु पनि कैयौं देशहरुलाई महंगो पर्ने गरेको छ किनकि उनीहरु लगानीकर्तालाई धेरै लाभको विश्वस दिलाउँछन् तर त्यो दिन सक्दैनन् । जब कुनै देशले आफ्नो ऋणदातालाई यी ऋणहरु समयमा तिर्न सक्दैन त्यसपछि उसलाई टाट पल्टिएको भनिन्छ । तर, कुनै देश टाट पल्टिएको घोषणा कुनै कम्पनी टाट पल्टिएको जस्तो हुँदैन ।

कुनै देशले यी ऋणहरु तिर्न नसकेपछि उसले आफ्नो ऋणको पुनर्गठन गर्छ र नीतिहरुमा परिवर्तन गर्छ । उसले आफ्नो बोन्डको वर्तमान मूल्यमा पनि परिवर्तन गर्छ जसबाट लगानीकर्तालाई आफ्नो पूरै रकम जाने डर नहोस् । जब सबै प्रयासहरुपछि पनि अथृव्यवस्था सम्हालिन सक्दैन र देश ऋण तिर्न असमर्थ रहन्छ भने उसले आफैंलाई टाट पल्टिएको घोषणा गर्छ । जस्तो कि २००१ मा अर्जेन्टिनाले गरेको थियो ।

अर्जेन्टिना त्यतिबेला भारी ऋणमा थियो र दंगाकारीहरु सडकमा घुमिरहेका थिए । अर्जेन्टिनाका आर्थिक समस्याहरु धेरै पहिले सुरु भइसकेका थिए । उसले आफ्नो मुद्रा पेसोलाई अमेरिकी डलरको बराबरी बनाइदियो । अमेरिकाको अर्थव्यवस्था बढ्दै गयो तर अर्जेन्टिनाले आफ्नो मुद्रा पेसोको मूल्य घटाएन र उसले नयाँ नोट छाप्दै गयो जसबाट लगानीहताृहरुमा डर बढ्यो र उनीहरु भागे ।

त्यसपछि अर्जेन्टिनाले आफ्नो ऋण नतिर्ने घोषणा गर्यो । यो घोषणापछि अर्जेन्टिनालाई नयाँ ऋण दिन ऋणदाताहरुले अस्वीकार गरे र उसको अर्थव्यवस्था ढल्यो । पाकिस्तानमाथि ऋण लगातार बढिरहेको छ तर रेटिङ एजेन्सीहरुले उसको अर्थव्यवस्थामा आशा पनि जगाएका छन् । फिच रेटिङ एजेन्सीका अनुसार कोरोना महामारीपछि पाकिस्तानको अर्थव्यवस्था फेरि सही ट्रयाकमा फर्किरहेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

अर्धबेहोस अवस्थामा जहाजबाट दोहा पुगे रूद्रकली र खगेन्द्रप्रसाद

दिल्लीमा पुटिनको अडान: ‘डोनबास जुनसुकै हालतमा कब्जा गर्छौं’

दक्षिण र दक्षिणपूर्वी एसियामा आएको भारी वर्षा र बाढी–पहिरोले विगत साताभित्र ठूलो विनाश मच्चायाे

ट्रेन्डिङ

सबै

मोरक्कोले नेदरल्यान्ड्सलाई हराउँदै विश्वकपको अन्तिम १६ मा प्रवेश

नेकपा चितवनको जिल्ला सदस्य लम्सालले गरे पार्टी परित्याग, रास्वपामा प्रवेश

रास्वपा चितवनको प्रथम जिल्ला अधिवेशन भोलि,सह-सचिवको दौडमा पार्वती पाण्डे

भाषा, साहित्य र संस्कृति हाम्रो मौलिक पहिचान हुन् : राष्ट्रपति रामचन्द्र पौडेल

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

मोरक्कोले नेदरल्यान्ड्सलाई हराउँदै विश्वकपको अन्तिम १६ मा प्रवेश

नेकपा चितवनको जिल्ला सदस्य लम्सालले गरे पार्टी परित्याग, रास्वपामा प्रवेश

माइलस्टोन इन्टरनेशनलको बम्पर अफर : भाषा अध्ययनमा शतप्रतिशत छात्रवृत्ति, भर्ना हुने पहिलो ५० विद्यार्थीलाई निःशुल्क कक्षा

दुग्धजन्य पदार्थ बिक्रीबाट छ करोड सङ्कलन

रास्वपा चितवनको प्रथम जिल्ला अधिवेशन भोलि,सह-सचिवको दौडमा पार्वती पाण्डे

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
प्रेस काउन्सिल दर्ता नं.
१९६३/०७६-०९-१६

सम्पर्क

विज्ञापन
9806752475

ई–मेल
narayanidainik@gmail.com

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2026 Narayani Dainik | All rights Reserved.